
चितवन । भरतपुर महानगरपालिकाको फोहोर प्रशोधन केन्द्र निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको छ। महानगरले वडा नं। ११ स्थित राष्ट्रिय वन क्षेत्रको करिब १६ बिगाहा जग्गा भोगाधिकार लिन आवश्यक ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो।
महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीका अनुसार जग्गा प्राप्ति र रुख कटानका लागि आवश्यक प्रक्रिया र बजेट सुनिश्चित भइसकेको छ। मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत हुनासाथ काम अघि बढ्नेछ।
यसअघि नै जग्गा भोगाधिकार र वृक्षरोपणका लागि ५ करोड १९ लाखभन्दा बढी रकम भुक्तान गरिसकेको महानगरले अहिले थप रकम विनियोजन गरेको हो। हाल महानगरमा दैनिक ८० टनभन्दा बढी फोहोर सङ्कलन हुने गरेको छ, जसलाई हाल आँपटारी नजिकैको खोल्सामा व्यवस्थापन गरिँदै आएको छ।
Leave a Reply