बन्चरेडाँडामा फोहोर फाल्न अवरोध गर्दा हवाइफायर

नुवाकोट : काठमाडौंबाट फोहोर लिएर बन्चरेडाँडा पुगेका ट्रकलाई स्थानीयले रोकेका छन् ।

फोहोर लाने क्रममा स्थानीयले ढुंगामुढा गरेपछि प्रहरीले हवाइ फायर गरेको छ ।

स्थिति नियन्त्रणमा लिन ५ राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।

बञ्चरेडाँडामा प्रहरीले मकैबारी र धानखेतमा रहेको आन्दोलनकारीलाई लखेटेपछि डाँडामा रहेका स्थानीयले ढुंगा लडाएका हुन् । त्यसपछि प्रहरीले हवाई फायर गरेको हो ।

झडपपछि फोहोर विसर्जनको काम रोकिएको छ ।

स्थितिलाई नियन्त्रणमा लिएर फोहोर बिसर्जन सुचारु गराइने एसपी मैनालीले बताए । सो क्षेत्रमा नुवाकोट र काठमाडौंका प्रहरी खटिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts