बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकी नेपाल आइपुगे

काठमाडौं ।

बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकी नेपाल आइपुगेका छन् ।

फिल्म ‘शाम्बाला’को प्रिमियरमा सहभागी हुन उनी शनिबार दिउँसो काठमाडौँ आइपुगेका हुन्।

मीनबहादुर भामको निर्देशनमा बनेको यो फिल्मको नेपाल प्रिमियर भदौ २३ मा काठमाडौँमा हुँदैछ । 

चलचित्र टोलीका अनुसार निर्देशक भाम र नवाजुद्दीनको पहिलो भेट बर्लिन फिल्म फेस्टिभलमा भएको थियो । त्यहाँ नवाजुद्दिनले ‘शाम्बाला’ हेर्ने इच्छा व्यक्त गरेका थिए। 

‘शम्बाला’ बर्लिन फिल्म फेस्टिभलको प्रमुख प्रतिस्पर्धामा छनोट हुने पहिलो नेपाली फिल्म बनेको थियो। हालै, यस फिल्मकी प्रमुख अभिनेत्री थिन्ले ल्हामोले लोकार्नो फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनयका लागि ‘बोक्कालिनो डिओर’ अवार्ड जितेकी छन्। फिल्म नेपालमा भदौ २८ देखि प्रदर्शनमा आउँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *