बालेन शाहले गरे पाथीभरा मन्दिरको दर्शन

ताप्लेजुङ :
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरा मन्दिरको दर्शन गरेका छन्। पूर्वी नेपाल केन्द्रित चुनावी अभियानका क्रममा उनले आज बिहान पाथीभरा माताको पूजाअर्चना गरेका हुन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका शाह यतिबेला पूर्वी नेपालका विभिन्न जिल्लामा पुगेर चुनावी गतिविधि तीव्र बनाइरहेका छन्। झापा–५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सिधा प्रतिस्पर्धा हुने भएपछि यो निर्वाचनलाई विशेष चासोका साथ हेरिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts