
काठमाडौँ :
भारत सरकारले आर्थिक वर्ष २०२६/०२७ का लागि नेपाललाई ८ अर्ब भारतीय रुपैयाँ अनुदान दिने घोषणा गरेको छ । आइतबार भारतीय संसद्मा अर्थमन्त्री निर्मला सीतारमणले वार्षिक बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएकी हुन् ।
बजेट अनुसार, नेपाललाई गत वर्षसरह नै सहयोग रकम उपलब्ध गराइनेछ । चालु अर्थिक वर्षमा भने भारतले संशोधित अनुमान अनुसार ८ अर्ब ३० करोड रुपैयाँ अनुदान दिएको थियो ।
छिमेकी मुलुकहरुमध्ये भारतले सबैभन्दा बढी सहयोग भुटानलाई दिने जनाएको छ । भुटानलाई २ खर्ब २२८ करोड रुपैयाँ अनुदान दिइनेछ । त्यस्तै, माल्दिभ्स, म्यानमार, श्रीलंका, अफगानिस्तान, बंगलादेश, अफ्रिकी देशहरु र मंगोलियालाई पनि विभिन्न रकम सहयोगका रुपमा विनियोजन गरिएको छ ।
नेपाललाई प्रदान गरिने यो अनुदान भारतीय बजेटमार्फत विनियोजन गरिएको हो ।
Leave a Reply