मध्यपूर्वमा तनावः ११ देशमा श्रम स्वीकृत बन्द, तर फागुनमा ५२ हजार नेपाली बाहिरिए

काठमाडौँ । मध्यपूर्वमा जारी तनावका कारण सरकारले इजरायल, टर्की लगाएत ११ देशमा वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृत तत्कालका लागि स्थगित गरेको छ । इजरायल–अमेरिका र इरानबीचको युद्धको कारण नेपाली श्रमिकहरुको सुरक्षालाई मध्यनजर गर्दै सरकाले यस्तो निर्णय लिएको हो

फागुन १७ गते मन्त्रीस्तरीय निर्णयमार्फत साउदी अरब, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्कि र इजरायलमा श्रम स्वीकृत तथा नवीकरण प्रक्रिया अर्को सुचना जारी नभएसम्मका लागि बन्द गरिएको छ ।

सरकारले प्रतिबन्ध लगाए पनि फागुन महिनामा मात्रै ५२ हजार ९४४ जना नेपाली रोजगारीका लागि विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार यसमा ४६ हजार ४५२ पुरुष र ६ हजार ३९२ महिला रहेका छन् । फागुनको दोस्रो सातासम्म श्रम स्वीकृत खुल्ला रहेकाले यो संख्या उच्च देखिएको हो ।

तथ्यांक अनुसार फागुनमा सबैभन्दा धेरै बढी मलेसियामा १२ हजार ६०१ जना, यूएईमा ११ हजार ४९२ जना, कतारमा ६ हजार ७७५ जना र साउदी अरबमा ६ हजार ७७५ जना र साउदी अरबमा ६ हाजार २२५ जना रोजगारीका लागि गएका छन् । पछिल्लो महिनाहरुको तुलनामा यो संख्यामा केही कमी आएको विभागको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts