माधव नेपाल र वामदेव गौतम बीच साउन २ गते पार्टी एकता गर्ने सहमति

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान बीच यही साउन २ गते पार्टी एकता गर्ने सहमति भएको छ ।

अध्यक्ष नेपाल र गौतमले आज पार्टी एकता गर्ने सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिपत्रमा राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यदिशामा एकरूपता रहेको र नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने आजको ऐतिहासिक आवश्यकतालाई ध्यानमा राख्दै एकताबद्ध हुने सहमति गरिएको उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts