
काठमाडौं महानगरपालिका–७ मित्रपार्कको ओरालोमा रहेको माथिल्लो सडकको भित्तातिरको सडकमा गम्भीर घाइते अवस्थामा भेटिएका युवकको मृत्यु भएको छ ।
आइतबार राति ११ :३० बजेतिर घाइते अवस्थामा भेटिएका युवकलाई प्रहरीले तत्काल उद्धार गरी मैत्रीनगरस्थित नेपाल–भारतमैत्री अस्पतालमा पुर्याइएको थियो। अस्पताल लगेको केही बेरमानै उनको मृत्यु भएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीका अनुसार अन्दाजी २२ वर्षका मृतक युवकको परिचय अहिलेसम्म खुलेको छैन।
मित्रपार्क आसपासमा बस्ने युवकहरूको बीचमा गएराति झगडा भएको थियो । स्थानीयले प्रहरीलाई खबर गरेपछि उक्त युवकलाई घाइते अवस्थामा भेटाइएको हो ।
मृतक युवकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । झगडा गर्ने ३९ वर्षीय रुद्रबहादुर केसी र २८ वर्षका सुरेश दर्नाललाई प्रहरीले पक्राउ गरेको छ ।

Leave a Reply