मुआब्जा विवादले रेल्वेको काम रोकियो

महोत्तरी । बर्दिबास नगरपालिका क्षेत्रमा १४जनाको मुआब्जा विवादले गर्दा पूर्व पश्चिम रेल्वेको काम रोकिएको छ ।। काम रोकिएको हो ।

भारत सरकारको सहयोगमा भारतको जयनगरदेखि महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिकास्थित रेल्वे स्टेशनसम्म भारत सरकारको सहयोगमा रेल सुचारु भईरहेको छ । तर मुआब्जा नदिँदा भङ्गहादेखि बर्दिबाससम्मको काम बन्द भएको छ ।

१४ जनालाई रु ७–८ करोड मुआब्जा तिर्न बाँकी छ । विभागले बजेट सरकम निकासका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग अनुरोध गरेको बताएको छ ।


बर्दिबासका पीडितहरुले मुआब्जाका लागि पटकपटक रेल विभागमा धाइराखे पनि मुआब्जा नपाउँदा उनीहरुले यसअघि धेरै पटक काम रोक्ने चेतावनी दिए पनि रेल्वेले सुनुवाई नगरेपछि अन्ततः पीडितहरुले बर्दिबासमा रेल्वे मार्गको निर्माण कार्य रोकेका छन् । रासस

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts