मुडलाई ब्यालेन्स राख्न अब गर्नुहोस् व्यायाम

अहिले मानिसको जीवनशैली एकदमै व्यस्त छ । त्यसैले प्रायले व्यायाम गरेको पाइँदैन । यसले सबैभन्दा ठुलो असर निन्द्रामा पार्छ ।

हामी दिनभर काम गर्दा मस्तिष्क थाकिरहेको हुन्छ । यस्तो अवस्थामा कुनै शारीरिक क्रियाकलाप नगर्दा स्टोमेनिया स्लिप डिसअर्डर लगायतका समस्या निम्तिन्छ । व्यायामको अर्को महत्वपूर्ण काम भनेको मुडमा परिवर्तन हो । व्यायामले मुडलाई ब्यालेन्स गर्ने काम गर्छ, जसले मानिसमा हुने तनाव कम गर्न भुमिका खेल्छ ।

योजना बनाई नियमित व्यायाम गर्दा मानिस खुसी हुन पनि सहयोग पुग्छ ।

व्यायामले सेन्स अफ कन्ट्रोलमा ठुलो भूमिका निर्वाह गर्छ । यसले शरीर र सेन्स दुवैलाई नियन्त्रणमा राख्ने काम गर्छ ।
व्यायामले निर्णय लिने क्षमतामा पनि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ , जसलाई हामी कोपिङ भन्छौँ । यसले हरेक परिस्थितिसँग जुध्ने क्षमता पनि प्रदान गर्छ ।

मानिसले कुनै न कुनै लक्ष्यप्राप्तीका लागि काम गरिरहेको हुन्छ । नियमित व्यायामले लक्ष्यप्राप्तिमा पनि अहं भूमिका खेल्छ । खासगरी अस्वस्थकर जीवनशैली ,अल्छीपना, ढिलो सुत्ने÷उठ्ने खालको दैनिक भएका मानिस र नियमित व्यायाम गर्ने मानिसको सोचाइमै फरक पर्न जान्छ । कतिपय मानिसमा अत्यन्तै क्षमता भए पनि सामाजिक हुन भने सकिरहेका हुँदैनन् ।

जसले जुनकुनै पेसामा पनि असर पु¥याउन सक्छ । खासगरी एरोबिक जिम डान्स वा जेसुकै गर्दा होस् यसले मानिसलाई बिस्तारै सामाजिक रुपमा घुलमेल हुन सहायोग पु¥याउँछ । व्यायामले मसल्समा भएका टेन्सनलाई रिड्युस गरेर रिल्याक्स बनाउन सघाउ पु¥याउँछ ,जसले गर्दा एक्सरसाइजले सकारात्मक सोचाइको विकास हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *