युक्रेनमा भयो भारतीय विद्यार्थीको मृत्यु

मंगलबार बिहान युक्रेनको खर्किभ सहरमा रुसी फौजले गरेको गोलीबारीमा परि भारतीय विद्यार्थीको मृत्यु भएको छ ।

मृतक बिद्यार्थी कर्नाटकका नवीन शेखरप्पा रहेको मुख्यमन्त्री बासवराज बोम्मईले पुष्टि गरेका छन् ।

नवीन एमबीबीएस चौथो वर्षका विद्यार्थी रहेको बेंगलुरु सेन्ट्रलबाट प्रतिनिधित्व गर्ने बीजेपी सांसद पीसी मोहनले जनाएका छन् ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले भारतीय नागरिक र विद्यार्थीलाई युक्रेनको राजधानी छाड्ने वाताबरण सिर्जना गर्न युक्रेनका दूतसँग कुरा गरिरहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts