काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुदको राहदानी दुरुपयोग सम्बन्धी मुद्दा आज सर्वोच्च अदालतको पेशीमा चढेको छ । लामो समयदेखि चर्चामा रहेको यो मुद्दा आज न्यायाधीश कुमार रेग्मी र मेघराज पोखरेलके संयुक्त इजलासमा सुनुवाइ हुने तय भएको छ ।
अमेरिकी र नेपाली दुवै राहदानी एकैसाथ प्रयोग गरेको आरोप लगाउँदै युवराज पौडेल (सफल) ले दुई वर्षअघि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । यसअघि महान्यायाधिवक्ताको कार्यलयले लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचलाउने निर्णय गरेको थियो । उक्त निर्णय कानुनविपरीत रहेको भन्दै रिट निवेदकले त्यसलाई बदर गर्न माग गरेका छन् ।
यसअघि चार पटकसम्म ‘हेर्न नभ्याइने’ सुचीमा परेको यो मुद्दा आज १२ औँ नम्बरमा रहेको छ । २०७९ चैत २२ गते सर्वोच्चले यस विषयमा कारण देखाऊ आदेश जारी गर्दै महान्यायाधिवक्ता कार्यलयसँग फाइल मगाएको थियो । सबै आवश्यक कागजात प्राप्त भएपछि आज यो सुनुवाई हुन लागेको हो ।

Leave a Reply