रुपन्देहीबाट प्रतिनिधिसभामा ७ जना समानुपातिक सांसद सिफारिस

बुटवल । प्रतिनिधिसभाको समानुपातिकतर्फ रुपन्देही जिल्लाबाट ७ जनाको नाम सिफारिस भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टि (राप्रपा) ले आ–आफ्नो कोटाबाट उम्मेदवारहरुको नाम टुङगो लगाएका छन् ।


रास्वपाले श्रद्धा कुँवर, मन्जु भुसाल, ज्ञानु पौडेल, अमृता विक र पुनम कुमारी अग्रवाल गरी ५ जनालाई सिफारिस गरेको छ । यीमध्ये कुँवर, भुसाल र पौडेल खस–आर्यबा, विक दलितबाट र अग्रवाल मधेसी कोटाबाट सिफारिस भएका छन् ।

राप्रपाले मुस्लिम कोटाबाट ताहिर अलीलाई र नेपाली कांग्रसले गंगा शाहीलाई समानुपातिक सांसदमा सिफारिस गरेको छ ।

यसअघि नेकपा एमालेले एजाज आलमलाई उम्मेदवार बनाएको भए पनि अन्तिम समयमा मुस्लिम कोटाबाट दाङकी साजिदा सिद्धिकीलाई सिफारिस गरेको छ । नेकपाको सुचीमा आदिवासी जनजाति कोटाबाट चेत बहादुर पुन उम्मेदवार थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts