विलासिताका लागि प्रयोग हुने सम्पुर्ण वस्तु आयातमा बन्देज

नेपाल सरकारले १० प्रकारका वस्तुको आयातमा बन्देज लगाएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेर कुरकुरे, मदिरा, टिभी, मोबाइल, मोटरसाइकल‍लगायत १० वस्तुको आयातमा रोक लगाएको हो ।

विलासीताका लागि उपभोग्य हुने वस्तु असार मसान्तसम्म आयातमा बन्देज लगाइएको छ ।

आयात बन्देज लगाइएको वस्तुहरुमा कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादन, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु (कच्चा प्रदार्थबाहेक) छन् ।

त्यस्तै, हिरा (औद्योगिक कच्चा प्रदार्थबाहेक), मोबाइल सेट, रंगिन टेलिभिजन (३२ इन्चभन्दा माथि), जिप, कार र भ्यान, २५० सीसीभन्दा माथिल्लो क्षमताका मोटरसाइकल, सबै प्रकारका खेलौना र तास आयातमा बन्देज लगाइएको छ ।

नेपाल सरकारद्धारा प्रकाशित राजपत्र अनुसार २०७९ वैशाख १३ गतेभन्दा अगाडि बुकिङ माध्यमबाट आयातको प्रक्रिया भएको हकमा यो व्यवस्था लागू हुँदैन ।

त्यस्तै, नेपालस्थित कूटनीतिक नियोगले आफ्नो प्रयोजनका लागि यी वस्तुहरु आयात गर्न सक्ने जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts