श्री कालिका आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान

काठमाडौँ – बेलायतमा मुख्यालय रहेको कम्पनी जेनेस सलुशनले लियो क्लब अफ काठमाडौँ बिशाल बजारसंग सहकार्य गरी नुवाकोटस्थित श्री कालिका आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरेको छ।

जेनेस सलुशनको काठमाडौँ कार्यालयमा कार्यरत कर्मचारीहरुले उठाएको रकमबाट कापी, कलम, पेंसिल, इरेजर लगायतका शैक्षिक सामग्री किनेर कालिका आधारभूत विद्यालयमा कक्षा १ देखि ६ मा अध्ययनरत ६० जना विद्यार्थीहरुलाई प्रदान गरिएको छ। लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ एलका उपाध्यक्ष सुलभ थकालीले विद्यालयसम्म शैक्षिक सामग्री पुराउन सहयोग गरेका थिए।

उक्त विद्यालयका प्रधानाध्यापक मधुसूदन पौडेलले शैक्षिक सहयोगका लागि हार्दिक धन्यवाद ज्ञापन गरे। उनले विद्यार्थीहरुलाई जाडोमा लगाउन न्यानो कपडा आवश्यक रहेकाले अन्य दाताहरुलाई सहयोगका लागि आग्रह पनि गरे।

जेनेस सलुशनले सामुदायिक विद्यालयका विद्यार्थीहरुको शैक्षिक उन्नयनमा सघाउने आफ्ना कर्मचारीहरु तथा लियो क्लब अफ काठमाडौँ बिशालबजारलाई हार्दिक धन्यवाद दिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts