सत्ता साझेदार गठबन्धनका साझा उम्मेदवारलाई पछि पार्दै धरानको मेयरमा राई विजय

जेठ ०८,२०७९

धरान ः धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित भएका छन् । राईले सत्ता साझेदार गठबन्धनका साझा उम्मेदवार कांग्रेसका किशोर राईलाई भारी मतले पछि पार्दै मेयरमा निर्वाचित भएका हुन् । उनी ५ हजार बढी मतान्तरले विजयी भएका हुन् भने मत परिणाम घोषणा गर्न मात्र बाँकी रहेको छ ।

उपमेयरमा गठबन्धनबाट माओवादी केन्द्रका इन्द्रबिक्रम बेघा निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी एमालेका पदम इस्बो लिम्बूलाई पराजित गर्दै उपमेयरमा निर्वाचित भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts