
आज सरस्वती पूजा । बिद्या, शब्द, कला, अनि बिचारकी धनी सरस्वतीलाई सम्झने दिन । आज बिहानै देखी देशभर सरस्वतीको पूजा आरधना गरी सरस्वती पूजा मनाइँदैछ । आज बिद्यालयहरुमा निकै रमाइलोको साथ सरस्वती पूजा गरिन्छ । साना बालबालिकाई आजको दिन अक्षराम्भ गराएमा सुभ हुने धार्मिक बिश्वास छ । त्यसैले आजको दिन नयाँ भर्ना गर्नको लागि बिद्यालयहरुमा निकै भिडभाड हुन्छ ।
आजको दिनबाट क्रमश बसन्त ऋतु सुरुवात हुने मान्नेता छ । तसर्थ आजको दिनलाई बसन्त पञ्चमी पनि भनिन्छ । काठमान्डौँका लाजिम्पाट, नील सरस्वती, नीरवाही लगाएतका सरस्वती मन्दिरहरुमा आज बिषेश मेला लाग्दछ ।
चन्द्रमा जस्तो गोरो बर्ण भएकी तथा हातमा बिणा लिएकी बिद्या र सृजनाकी देबी सरस्वतीको रुपमा कलम, कापी आदीलाइ पनि पूजा गरिन्छ । आज बिहानै उठेर नुहाएर पबित्र भई चन्दन, अक्षता, सेतो र पहेँलो फूल आदीले सरस्वतीको पूजा गर्ने चलन छ ।
पूजाको साथै बुद्धि, ज्ञान र सफलता प्राप्ति होस् भनि प्राथना गरिन्छ । पूजा सकिए पछि प्रसाद खाने र नाचगान गरी रमाइलोको साथ सरस्वती पूजा सफल पारिन्छ ।

Leave a Reply