सुरक्षित इन्टरनेट दिवस

आजको युग सुचना प्रविधिले फड्को मारेको युग हो । सुचना प्रबिधिको कारण आज बिश्व गाउँ भएको छ । इन्टरनेट मानवले गरेको सबैभन्दा ठूलो आबिष्कार हो । बिगत केही बर्ष यता कोरोना महामारीको कारण इन्टरनेटको प्रयोग अत्याधिक बढ्दै गएको छ ।

इन्टरनेटको राम्रो बिकास र अत्याधिक प्रयागले गर्दा नै आजको समाज सूचना समाजमा परिणत भएको हो । इन्टरनेको सुरक्षित प्रयोग र प्रवर्धन गर्ने उदेश्यले हरेक बर्ष इन्टरनेट दिवस मनाउन थालिएको हो ।

सुरक्षित इन्टरनेट दिवसले साइबर बुलिङ्ग, अनलाइन यौन दुव्र्यवहार, फिसिङ्ग जस्ता गम्भीर जोखिम प्रति संवेदनशील हुनुपर्छ भनि युवा वर्ग, शिक्षक, अविभाबक, बिद्यार्थी लगाएत आम नागरिकलाई सचेत गराउँछ । नेपालमा चाइल्डसेफनेटले सन् २०१९ देखि नेपालमा सुरक्षित इन्टरनेट दिवसलाई प्रवर्धन गर्दैआएको पाइन्छ ।

बिश्वका १७० भन्दा बढी देशहरुमा आज इन्टरनेटको सुरक्षित प्रयोग बारे चेतना अभिवृद्धि गर्ने खालका बिभिन्न कार्यक्रम गरी सुरक्षित इन्टरनेट दिवस माइन्छ ।
सामाजिक संस्थाहरु बल तथा युवा क्लव तथा बिद्यालयहरुले देशका बिभिन्न जिल्लामा सुचना प्रबिधि सम्बन्धी बिभिन्न चेतनामुलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

यस दिवसले साइबर अपराध नियन्त्रण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ साथै प्रविधिको सकारात्मक प्रयोग र सुरक्षित अनलाइन समुदाय निर्माण गर्न सहयोग गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts