
काठमाडौं ।
सरकारले स्थानीय तहको उपनिर्वाचन १६ मंसिरमा गर्ने भएको छ ।
आइतबार (आज) बसेको मन्त्रिपरिषद बैठकले १६ मंसिरमा उपचुनाव गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
निर्वाचन आयोगका अनुसार तीन पालिका प्रमुखसहित ३९ पद रिक्त छ ।
काठमाडौंको कीर्तिपुर नगपालिका तथा मोरङको ग्रामनाथ र दैलेखको महाबु गाउँपालिकाको प्रमुख पद रिक्त छ ।
दोलखाका गौरीशंगर, कालीकोटको नलगाड र डोल्पाको त्रिपुरासुन्दरी गाउँपालिकाको उपप्रमुख पद पनि रित्त छ ।
Leave a Reply