
नेपालमा सरकारी वकिलको व्यवस्था भएको आज (पुस ८ गते) ७० वर्ष पूरा भएछ। २००८ साल, आजकै दिन कालिप्रसाद उपाध्यायलाई नेपालको पहिलो महान्यायाधिवक्ता नियुक्त गरिएपछि सरकारी वकिलको विधिवत् शुभारम्भ भएको थियो। ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ को दफा २(क) अनुसार ज्येष्ठ नागरिक भन्नाले ६० वर्ष उमेर पूरा भएकोलाई जनाउँछ।सरकारी वकिलको व्यवस्था भएको ७० वर्षको लामो इतिहासलाई हेर्दा यो ज्येष्ठ मात्रै रहेन, प्राकृतिक व्यक्ति हुँदो हो त सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै गरेको उमेर हदमा पुगेको छ। ७० को संयोग नै मान्नुपर्छ, महान्यायाधिवक्ताको कार्यालयको पछिल्लो आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन अनुसार सरकारवादी मुद्दामा नेपाल सरकारले ७० प्रतिशत सफलता हासिल गरेको देखिन्छ।

Leave a Reply