८ जनाको उम्मेदवारी रास्वपाको महामन्त्री पदमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को महामन्त्री पदमा ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

चितवनमा जारी प्रथम महाधिवेशन अन्तरगतको दोस्रो चरणको पदाधिकारी निर्वाचनको अन्तिम नामावली सार्वजनिक हुँदा महामन्त्रीमा प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्यले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *