
तराई मधेस द्रुत मार्गमा पर्ने सुरुङ मार्गको निर्माण कार्य सुरु भएको छ ।
उक्त सुरुङको निर्माण व्यवस्थापनको जिम्मा नेपाली सेनाले पाएको हो । द्रुत मार्गमा तीनवटा सुरुङ बन्ने डिजाइन गरिएको छ ।
हाल तराई मधेस द्रुत मार्गमा पर्ने सुरुङ मार्गको निर्माण सुरु भएको तथा अबको तीन वर्षभित्र सुरुङ मार्गको निर्माण सम्पन्न हुने सैनिक प्रवक्ता नारायण सिलवालले जानकारी दिए ।
द्रुत मार्गको सडक खण्डमा ८८ प्रतिशत खन्ने र पुर्ने काम सम्पन्न भइसकेको छ ।
द्रुत मार्गमा कम्तिमा ६५ देखि १२० किलोमिटर प्रतिघण्टाको गतिमा सवारी साधन चलाउन सकिने गरी निर्माण गर्ने भएको छ ।

Leave a Reply