निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्तिका लागि आवेदन खुल्ला

नेपाल सरकारले निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्ति प्रदान गर्न आवेदन आह्वान गरेको छ ।

निजामती कर्मचारी (प्रदेश र स्थानीय तहसमेत), नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा तीन तहकै सरकारका सार्वजनिक पदमा स्थायी नियुक्ति भएकाहरूका सन्ततिले उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति पाउने भएका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सार्वजनिक सूचना जारी गरेर १५ दिनभित्र शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन समितिको सचिवालयमा आवेदन दिन अनुरोध गरेकोछ ।

प्लस टूमा कम्तिमा सी प्लस वा जिपिए २.४ ल्याएका, स्वदेशी विश्वविद्यालय वा आंगिक, सम्बन्धन प्राप्त स्वदेशी शिक्षण संस्थामा भर्ना भएर स्‍नातक वा सो सरह तहको प्रथम वर्ष वा पहिलो वा दोस्रो सेमेस्टरमा भर्ना भइ अध्ययन गरिरहेकाले दरखास्त दिन पाउनेछन् ।

दरखास्त दिनका लागि २५ वर्ष उमेर ननाघेको हुनुपर्नेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts