एमालेले टुंग्यायो विराटनगर महानगरका लागि प्रमुख र उपप्रमुख उम्मेदवार

प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकाको प्रमुख पदमा नेकपा एमालेले सागर थापालाई उम्मेदवार बनाउने भएको छ ।

संघीय सांसद घनश्याम खतिवडाले पार्टीको तर्फबाट थापा उम्मेदवार बन्ने टुङ्गो लागेको बताएका छन् ।

थापा एमाले विराटनगर महानगरपालिका कमिटीका अध्यक्ष हुन् । उनि मोरङ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सभापतिसमेत भइसकेका छन् ।

सुनसरीको इटहरी उपमहानगरपालिकाको प्रमुख पदको उम्मेदवार भने यम सुब्बा हुने भएका छन् । पुख्र्यौली घर ताप्लेजुङ भएका उनी पनि लामो समयदेखि इटहरी रहेर एमाले राजनीतिमा सक्रिय छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts