सञ्चालनमा आयो पाल्ही आयुर्वेदालय

पाल्हीनन्दनका स्थानीयले चन्दा सङ्कलन गरी पाल्ही आयुर्वेद औषधालय स्थापना गरेका छन् । बर्दघाट सुस्तापश्चिम नवलपरासी पाल्हीनन्दन गाउँपालिका–४ मा रु ४० लाख लागतमा स्थानीयको सहयोगमा आयुर्वेद औषधालय सञ्चालनमा ल्याइएको हो ।

करिब दुई कट्ठा जग्गा पाल्ही आयुर्वेदालयका नाममा पास भएपछि बिहीबारदेखि पाल्ही आयुर्वेदालय सञ्चालनमा आएको हो । पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष फातुमा खातुन अन्सारीले पाल्हीमा आयोजित कार्यक्रममा आयुर्वेदालयलाई थप व्यवस्थित बनाउन गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो ।

पाल्हीमा आयुर्वेद औषधालय भवन निर्माणका लागि ४७ जना स्थानीयले रु तीन लाख ११ हजार ५९३ सहयोग गरेका छन् भने एक जानले एक कट्ठा जग्गा दान गर्नुभएको पाल्हीनन्दन गाउँपालिकाका आयुर्वेद शाखा प्रमुख रामएकवाल रायले बताउनुभयो ।

उहाँका अनुसार पाल्ही आयुर्वेद औषधालयमा ओपिडी, पञ्चकर्मको, पूर्वकर्म, स्नेहन, स्वयदन, ज्येष्ठ नागरिकको स्वास्थ्य प्रवर्द्धनका लागि रासायन औषधि तथा जडीबुटी वितरण गरिनेछ । 

पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताले निरन्तर सेवाग्राहीलाई  सेवा दिनेगरी सञ्चालनमा ल्याइन आयुर्वेदालयलाई आगामी दिनमा गाउँपालिकाले निरन्तर सहयोग गर्ने विश्वास दिलाउनुभयो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts