प्रतिनिधिसभा बैठक बस्दै, चार मन्त्रीले सांसदहरूको जवाफ दिइने

काठमाडौँ, ६ भदौ । प्रतिनिधिसभाको बैठक बस्दैँछ । सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजेबाट सुरु हुनेछ ।

आजको बैठकमा गृह, श्रम, खेलकुद र बन मन्त्रालयसँग सम्बन्धित प्रश्नको सबन्धित मन्त्रीहरूले उत्तर दिनेछन् भने कृषि, सहकारी, प्राकृतिक स्रोत समितिको सभापति कुसुमदेवी थापाले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२ पेस गर्नेछिन् ।

कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सक परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ माथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ लाई दफावार छलफलका लागि सबन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

साथै, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२ दफावार छलफलका लागि सबन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 

र, उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले ‘अर्थ समितिको प्रतिवेदन सहित वैकल्पिक वित्त परिचालन विधेयक, २०८ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने सो विधेयक पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ । 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts