
काठमाडौँ ।
नेपाली कांग्रेसका माहामन्त्री गगनकुमार थापाले पार्टि र निर्वाचन प्रणालीमा सुधारका लागि विभिन्न प्रस्ताव अघि सारेका छन् ।
भृकुटीमण्डपमा जारी विशेष माहाधिवेशनको बन्द सत्रमा प्रस्तुत प्रतिवेदनमार्फत उनले कार्यमूलक लोकतन्त्र र समावेशी प्रणाली सुदृढ गर्ने विषमा जोड दिएका हुन् ।
थापाले दलीय सुधार अन्तरर्गत सामानुपातिक निर्वाचन प्रणालीबाट एक व्यक्ति एकपटक मात्र उम्मेदवार बन्न पाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् । साथै तहको निर्वाचनका लागि सदस्यतामा आधारित प्राईमरी निर्वाचन प्रणाली लागु गरी त्यसमार्फत महिलासहित बढि मत ल्याउने तीन जनामध्येबाट उम्मेदवार छनोट गर्ने व्यवस्था अघि सारिएको छ ।
प्रतिवेदनमा समावेशितालाई प्रभावकारी बनाउन आरक्षित निर्वाचन क्षेत्रको अवधारणामाथि पुनः छलफल गर्नुपर्ने उल्लेख छ । ‘सिंगल रोटेसन रिजभ्र्ड निर्वाचन क्षेत्र’ जस्ता अभ्यास कार्यान्वयनका लागि पहल गरिने पनि प्रस्तावमा समेटिएको छ ।
त्यसैगरी पार्टिभित्र लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउन केन्द्रीय तहदेखि वडा तहसम्मका पदाधिकारी अनिर्वाय रुपमा तल्लो तहबाट निर्वाचित भएर आउनुपर्ने व्यवस्था गर्नुपर्ने थापाको प्रस्ताव छ । पार्टिका भ्रातृ तथा सुभेच्छुक संस्थाको आन्तरिक निर्वाचन समयमै र निष्पक्ष रुपमा सम्पन्न गर्नुपर्नेमा पनि जोड दिएको छ ।
निर्णय प्रक्रियामा महिला, मधेसी, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, युवा तथा अल्पसंख्यक समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न संस्थागत बहस र अन्तरक्रिको प्रणाली विकास गरिने उल्लेख छ ।
निर्वाचन प्रणाली सुधारतर्फ मतदातालाई ‘नो–भोट’ अर्थात् उम्मेदवार अस्वीकार गर्ने अधिकार दिने, विदेशमा रहेका नेपालीलाई मतदानको सुविधा दिने तथा निर्वाचन खर्च पारदर्शी बनाउने प्रस्ताप पनि प्रतिवेदनमा समावेश गरिएको छ । साथै दलको आर्थिक गतिविधिमा कडा वित्तिय अनुशासन कायम गर्दै मतभारका आधारमा राज्यकोषबाट अनुदान दिने व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारिएको छ ।
