षडयन्त्रपूर्वक मेरो सरकार ढालियो, अराजकता फैलाउनेहरुको भविष्य छैनः केपी ओली

काठमाडौँ ।:
नेपाल कम्यूनिष्ट पार्टि (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा अस्थिर पैदा गर्ने नियतका साथ आफ्नो नेतृत्वको सरकारलाई षडयन्त्रपूर्वक हटाइएको दाबी गर्नुभएको छ ।

बिहिबार काठमाडौँमा आयोजित ४२ औँ पिस्कर सहिद स्मृति दिवस तथा सरेस नेपालको पुस्तक ‘जेलभित्रका सङ्घर्ष’ लोकर्पण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देशलाई संकटमा धकेल्ने प्रयास भइरहेको बताउनुभयो ।

पछिल्लो समय समाजमा अराजकता मच्चाउने र संरचनाहरु जलाउने कार्य भइरहेको भन्दै उहाँले कडा आक्रोश पोखनुभयो । “सरकार ढाल्नेदेखि मुलुक जलाउने खेल भयो,” आलीले भन्नेभयो, “अहिले देश बिगार्नेहरुकै आवज ठूलो सुनिन थालेको छ ।”
ओलीले आफ्नो निर्वाचन क्षेत्रमा केहि व्यत्तिहरु ‘अदृश्य स्रोत’ को पैसा बोकेर आफूविरुद्ध चुनाव लड्न आएको भन्दै उहाँले त्यस्तो धनको स्रोतमाथि प्रश्न उठाउनुभयो । ओलीले एमाले कुनै शत्तिको कृपाले नभई जनताको सङ्घर्ष र बलिदानले स्थापित भएको स्पष्ट पार्नुभयो ।

इतिहासलाई आफनो नजरले मात्र ननाप्न चेतावनी दिदैँ पूर्वप्रधानमन्त्री ओलीले युवाहरुलाई गहन सन्देश दिनुभयो । उहाँले भन्नुभयो, “युवाहरुले विश्वविधालयको डिग्री मात्र लिएर पुग्दैन, देशको माटो र इतिहासलाई पनि बुझन जरुरी छ । इतिहास निकै लामो छ, यसलाई हल्का रुपमा नलिनुहोस् ।”

नकारात्मक क्रियाकलाप गर्नेहरु प्रति ध्यानआकर्षण गर्दै ओलीले कडा उल्लेख गर्नु भयो । ‘लुसिफरहरुले धेरै धाक नलगाए हुन्छ’ उहाँले भन्नुभयो, ‘ती जलाएका संरचनाहरु जलाउनेहरुले पुन बनाउनु पर्दैन?’

नेपाली कांग्रेसभित्र देखिएको पछिल्लो आन्तरिक कलहप्रति टिप्पणी गर्दै ओलीले यसमा ‘अदृश्य शक्ति’ को हात रहेको औँल्याउनुभयो । एमाले विभाजनको समयमा पनि यस्तै खेलहरु भएको स्मरण गराउँदै उहाँले नेपाली समाजलाई विकृत बनाउन खोज्ने तत्वहरुलाई नियन्त्रण गर्नु पर्ने जोड दिनुभयो ।

परिवर्तन संस्थागत हुदैँ गएको र एमाले देशको रक्षाका लागि सधैँ अडिग रहने उहाँको प्रतिवद्धता थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts