दाङमा प्रहरी जवानको मृत्यु, अनुसन्धान जारी

दाङ :
दाङ — जिल्ला प्रहरी कार्यलयकमा कार्यरत एक जना प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् । केही दिनदेखि सम्पर्कविहीन रहेका हरी जिसी घोराही–१८ स्थित जंगल क्षेत्रमा झुन्डिएको अवस्थामा भेटिएका हुन् ।

ड्युटी सकेर घर निस्किएपछि बेपत्ता भएका उनको खोजीका क्रममा शव फेला परेको प्रहरीले जनाएको छ । प्रारम्भिक जानकारीअनुसार उनी परिवारिक समस्याका कारण तनावमा रहेका बुझिएको छ ।

पोस्टमार्टम सम्पन्न भइसकेको र घटना वास्तविक कारण पत्ता लगाउन मोबाइल विवरण जाचँ भइरहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts