
काठमाडौँ :
गोरखा–१ बाट उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका सुदन गुरुङले सुरक्षा खतरा बढेको भन्दै पीएसओ मागेका छन् ।
गुरुङका अनुसार पुराना दलका कार्यकर्ताहरुले समर्थकलाई धम्क्याइरहेका छन् र हतियारधारी व्यक्तिहरु देखिएका छन् ।
तर प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले भने, “अहिलेसम्म कुनै वास्तविक खतरा छैन, आवस्यक परे सुरक्षाको व्यवस्था मिलाइन्छ ।”
चुनावी प्रचारको क्रममा गुरुङले आफ्ना एजेन्डाहरु बुढीगण्डकी आयोजना, सडक विस्तार, स्याउखेती र बजारिकरण जस्ता jjjjjjhयोजनामा मुद्दा उठाउँदै भोट मागिरहेका छन् । उनले भोटरहरुलाई परिवर्तन चाहिन्छ भन्दै आफू सहजै चुनाव जित्ने दाबी गरेका छन् ।
Leave a Reply