नेपाल प्रहरीको रासन १० प्रतिशतले वृद्धि

काठमाडौँ :
चार वर्षपछि नेपाल प्रहरीको दैनिक रासन रकम १० प्रतिशतले बढाइएको छ । अब प्रहरी कर्मचारीले फागुन १ देखि दैनिक २२१ रुपैयाँ ९२ पैसा रासन पाउने भएका छन् ।

यसअघि प्रहरीलाई दैनिक २०१ रुपैयाँ २५ पैसा उपलब्ध गराइँदै आएको थियो । नयाँ निर्णयबाट करिब ८० हजार प्रहरी लाभान्वित हुनेछन् ।

रासनमा अब अन्डा, मासु र हाई इनर्जी बिस्कुट पनि समावेश गरिएको छ । साथै, चामलको मात्र बढाएर ७२० ग्राम पुर्‍याइएको छ ।

सरकारले यो निर्णयले प्रहरीको स्वास्थ्य र मनोबलमा सकारात्मक प्रभाव पर्ने जनाएको छ । प्रहरी महानिरीक्षकले पनि लामो सपयदेखि उठ्दै आएको माग पुरा भएको बताएका छन् ।

सरकारको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts