मध्यपूर्वमा तनाब बढ्दै : दुबई अन्तराष्ट्रिय विमानस्थल अस्थायी रुपमा बन्द ।

अमेरिका–इजराइल र इरानबीचको युद्धले मध्यपूर्वमा तनाब बढ्दै गएको छ । यात्रु र कर्मचारीहरुको सुरक्षाको सुनिश्चितताका लागि दुबई अन्तराष्ट्रिय विमानस्थलबाट हुने उडानहरु अस्थायी रुपमा बन्द गरिएको अधिकारीहरुले बताएका छन् ।

दुबईको सञ्चार माध्यमहरुका अनुसार सोमबार भएको ड्रोन आक्रमणमा विमानस्थलबाट नजिकै रहेको इन्धन ट्याङकीमा आगलागी भएको थियो । अहिले त्यस आगो नियन्त्रण ल्याउने काम भईरहेको छ ।

यस युद्धले तिब्र रुप लिएसँगै खाडी क्षेत्रका विभिन्न ठाउँहरुमा मिसाइल तथा ड्रोन आक्रमण धेरै भइरहेको छ । प्रेब्रुअरी २८ देखि सुरु भएको यस युद्ध कहिले सकिने हो भन्नेबारे केहि निर्णय आएको छैन् ।

खाडी क्षेत्रका विभिन्न देशहरुले करिब दुई हजारभन्दा बढी मिसाइल र ड्रोन आक्रमणको सामाना गरिसकेका छन् । यस आक्रमणबाट अमेरिकी सैन्य अड्डामा माात्र नभएर तेल पूर्वधार, बन्दरगाह, विमानस्थल, होटल र कार्यलय भवनहरुमा समेत क्षेति पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts