काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना कार्यकर्ता र समर्थकहरूलाई सामाजिक सञ्जालमा संयमित र जिम्मेवार हुन निर्देशन दिएका छन्। ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै लामिछानेले पार्टी समर्थकहरूमाथि लाग्ने गरेको ुअराजकु र ुअसहिष्णुु भन्ने आरोपलाई चिर्नुपर्ने बताए।
उनले विजयी हुनुको अर्थ विपक्षीलाई गाली गर्ने अधिकार पाउनु नभएको प्रष्ट पारे। ूरास्वपालाई छुनै हुँदैन, गाली गरिहाल्छन् भन्ने जुन छवि बनेको छ, अब त्यसबाट बाहिर निस्कनुपर्छ,ू लामिछानेले भने।
स्थापनाको छोटो समयमै विभिन्न चुनौती र आक्रमण झेल्नु परेकाले कार्यकर्तालाई पर्याप्त प्रशिक्षण दिन नसकिएको स्वीकार गर्दै उनले अबदेखि सार्वजनिक मञ्च र सामाजिक सञ्जालमा सभ्य भएर प्रस्तुत हुन सबैलाई अपिल गरेका छन्।

Leave a Reply