प्रतिनिधि सभाका जेष्ठ सदस्य अर्जुननरसिंह केसीले लिए शपथ, भोलि अन्य सांसदको पालो

काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ गराएका हुन्।

​नेपाली कांग्रेसको तर्फबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित ७८ वर्षीय केसी प्रतिनिधि सभाका सबैभन्दा ज्येष्ठ सदस्य हुन्। संवैधानिक व्यवस्था अनुसार, नयाँ सभामुख चयन नभएसम्म केसीले नै प्रतिनिधि सभाको बैठकको अध्यक्षता गर्नेछन्।

​राष्ट्रपतिबाट शपथ लिएसँगै केसीले भोलि (बिहीबार) चैत १२ गते प्रतिनिधि सभाका अन्य २७४ सदस्यहरूलाई शपथ गराउने कार्यक्रम तय भएको छ। गत फागुन २१ गते सम्पन्न निर्वाचनबाट प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ सदस्यहरू निर्वाचित भएका थिए। नयाँ संसदको पहिलो बैठकको नेतृत्व पनि ज्येष्ठ सदस्य केसीले नै गर्नेछन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts