आली पक्राउको विरोधमा एमालेको प्रर्दशन तीव्रः देशभरका प्रशासन कार्यलयमा विरोध पत्र बुझाउँदै

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा आलीको गिरफ्तारको विरोधमा एमाले निकट जनवर्गीय संगठनहरुले आज पनि राजधानीसहित देशभर प्रर्दशन जारी राखेका छन् । शनिबारदेखि सुरु भएको यो आन्दोलन आइतबार पनि काठमाडौँको माइतीघर र बबरमहल क्षेत्रमा केन्द्रित देखिएको छ ।

एमालेका कार्यकर्ताहरुले काठमाडौँमा सडक प्रदर्शन मात्र गरेको छैनन, देशका जिल्ला प्रशासन कार्यलयहमार्फत सरकारलाई विरोध पत्र बुझाउने कार्यक्रम समेत तय गरेका छन् । आलीको रिहाइको माग गर्दैै विभिन्न जिल्लाहरुमा कार्यकर्ताहरुले सरकारी कदमको विरोधमा चर्को नाराबाजी गरिएका छन् ।

गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलनका क्रममा भएको दमन र घटनाहरुको अनुसन्धानका सिलसिलामा पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त आन्दोलनको समयमा ओली प्रधानमन्त्री र लेखक गृहमन्त्रीको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts