कुलमान घिसिङको चुनाव खर्च विवरण सार्वजानिक

काठमाडौँ । काठमाडौँ क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार कुलमान घिसिङ उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष घिसिङले आज निर्वाचनमा भएको खर्च विवरण सार्वजनिक गरेका छन्। उनको चुनाबी खर्च १४ लाख १० हजार आएको छ ।

घिसिङले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम निर्वाचन खर्च विवरण प्रस्तुत गरेको उनले जनाएका छन् ।

काठमाडौं–३ बाट उम्मेदवार भएका घिसिङ रास्वपाका उम्मेदवार राजु पाण्डेसँग पराजित भएका थिए। उनले चुनावमा १४ लाख १० हजार ८० रुपैयाँ खर्च गरेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts