काठमाडौँमा राइड सेयरिङ चालकहरूको प्रदर्शनस् भाडा समायोजनको माग

​काठमाडौँ । बढ्दो महँगी र इन्धनको मूल्यवृद्धिको अनुपातमा भाडादर समायोजन नभएको भन्दै राइड सेयरिङ चालकहरू आइतबार आन्दोलित भएका छन्।स्वतन्त्र चालक फाउन्डेसनको नेतृत्वमा भेला भएका चालकहरूले माइतीघर मण्डलामा आफ्ना सवारीसाधन राखेर शान्तिपूर्ण विरोध प्रदर्शन गरेका हुन्।

​सम्बन्धित कम्पनीहरूले चालकहरूको श्रम शोषण गरेको र एकलौटी रूपमा कमिसन तोकेर मनोमानी गरेको उनीहरूको आरोप छ। पेट्रोलको भाउ आकाशिए पनि लामो समयदेखि सेवा शुल्क परिमार्जन नहुँदा गुजारा चलाउनै मुस्किल परेको भन्दै चालकहरू सडकमा उत्रिएका हुन्। माइतीघरको धर्नापछि काठमाडौँका विभिन्न स्थानमा विरोधस्वरुप मोटरसाइकल र्‍याली निकाल्ने तयारी समेत गरिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts