आजबाट फिफा विश्वकप फुटबल सुरु

काठमाडौं । फुटबलको महाकुम्भ सुरु । फिफा विश्वकप २०२६ बिहीबार नेपाली समयअनुसार मध्यराति १२ः४५ बजे मेक्सिको र दक्षिण अफ्रिकाबीचको खेलमा रेफ्रीले ह्विस्सल बजाएसँगै हुनेछ । ४८ टोली, १०४ खेल र ३९ दिनको रोमाञ्चक यात्रापछि विश्व फुटबलले नयाँ च्याम्पियन पाउनेछ ।

मेक्सिको सिटीदेखि टोरन्टो र लस एन्जलससम्म फैलिएको यो प्रतियोगिता विश्वकपको नयाँ युगको सुरुआत पनि हो । किनकी यो विश्वकपको इतिहासमा पहिलोपटक ४८ टोली सहभागी हुँदैछन् । योअघि ३२ टोली खेल्ने प्रतियोगितामा अब थप १६ राष्ट्रहरुले विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा आफ्नो उपस्थिति जनाउने अवसर पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *