Author: admin

  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ, ८ मङ्सिरः नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैङ्कले सार्वजनिक गरेको विवरणअनुसार शुक्रबारको तुलनामा आज अमेरिकी डलर, युरो, स्टर्लिङ पाउन्ड, क्यानेडियन डलर, चिनियाँ युआन लगायतको मूल्य घटेको छ । कुवेती दिनार, थाईभाटलगायतको भने मूल्य बढेको छ ।

    आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३५  रुपैयाँ ४२ पैसा निर्धारण भएको छ । यस्तै, युरो एकको खरिददर एक सय ४० रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ १४ पैसा कायम भएको छ ।

    केन्द्रीय बैङ्कका अनुसार पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ६८ रुपैयाँ ८६ पैसा तथा बिक्रीदर एक सय ६९ रुपैयाँ ६१ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कले स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ७५  पैसा तथा बिक्रीदर एक सय ५२ रुपैयाँ ४२ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६३ बिक्रीदर ८८ रुपैयाँ ०२ पैसा निर्धारण भएको जनाएको छ ।

    आजका लागि क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३७ पैसा तथा बिक्री दर ९६ रुपैयाँ ८० पैसा तथा सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ०४ पैसा तथा बिक्रीदर एक सय रुपैयाँ ४९ पैसा कायम गरिएको छ ।

    यस्तै जापानी येन १० को खरिददर आठ रुपैयाँ ७३  पैसा तथा बिक्रीदर आठ रुपैयाँ ७७ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६१ पैसा तथा बिक्रीदर १८ रुपैयाँ ६९ पैसा, साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ९१ पैसा तथा बिक्रीदर ३६ रुपैयाँ ०७ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९७ पैसा तथा बिक्रीदर ३७ रुपैयाँ १३ पैसा तय भएको केन्द्रीय बैङ्कले जनाएको छ ।

    यस्तै, थाईभाट एकको खरिददर तीन रुपैयाँ ९१ पैसा, तथा बिक्रीदर तीन रुपैयाँ ९२ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ७१ पैसा तथा बिक्रीदर ३६ रुपैयाँ ८७ पैसा निर्धारण भएको छ ।

    मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ १८ पैसा तथा बिक्रीदर ३० रुपैयाँ ३१ पैसा, दक्षिण कोरियाली वन एक सयको खरिददर नौ रुपैयाँ ५९ पैसा तथा बिक्रीदर नौ रुपैयाँ ६३ पैसा निर्धारण भएको छ ।

    स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ १७ पैसा तथा बिक्रीदर १२ रुपैयाँ २२ पैसा, डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ८४ पैसा तथा बिक्रीदर १८ रुपैयाँ ९३ पैसा र हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३२ पैसा तथा बिक्रीदर १७ रुपैयाँ ४० पैसा तय गरेको छ ।

    कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ तथा बिक्रीदर चार सय ३९ रुपैयाँ ९५ पैसा र बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ६८ पैसा तथा बिक्रीदर तीन सय ५९ रुपैयाँ २८ पैसा निर्धारण गरिएको केन्द्रीय बैङ्कले जनाएको छ ।

    ओमानी रियाल एकको खरिददर तीन सय ५० रुपैयाँ २० पैसा र बिक्री दर तीन सय ५१ रुपैयाँ ७५ पैसा निर्धारण भएको छ । केन्द्रीय बैङ्कले आजदेखि ओमानी रियालको खरिद बिक्री सुरु भएको जनाएको छ ।

  • उपनिर्वाचनमा कांग्रेसलाई मतदान गर्न नेता शर्माको आग्रह

    उपनिर्वाचनमा कांग्रेसलाई मतदान गर्न नेता शर्माको आग्रह

    जलेश्वर (महोत्तरी), ८ मङ्सिरः नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका–२ मा हुन गइरहेको उपनिर्वाचनमा नेपाली कांग्रेसलाई मतदान गर्न आग्रह गर्नुभएको छ । 

    नेपाली कांग्रेसका उम्मेदवार जनिफ खानसँगै जनताको घरदैलोमा भोट माग्दै हिँड्नुभएका महामन्त्री शर्माले नेपाली कांग्रेस आमजनताको विश्वास जितेको पार्टी भएकाले रामगोपालपुर–२ का जनतालाई वडाको उपनिर्वाचनमा कांग्रेसलाई जिताउन आग्रह गर्नुभयो ।

    उहाँले तराई, पहाड, हिमाल सबै स्थानमा बसोबास गर्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई एकसाथ लिएर बढ्ने, सबैको सहभागिता गराउने र सबैलाई अवसर दिने एक मात्र पार्टी नेपाली कांग्रेस रहेको भन्दै आफ्नो स्थान र अधिकार सुरक्षित गर्न कांग्रेसको उम्मेदवारलाई भोट दिन आग्रह गर्नुभयो ।

    नेता शर्माले यो उपनिर्वाचनले आगामी निर्वाचनको आधार तयार गर्ने भएकाले पनि कांग्रेस विजयी हुनुपर्ने भन्दै नेता तथा कार्यकर्ताले जनता केन्द्रित कार्यसम्पादन गर्नुपर्नेमा जोड दिनुभयो । रामगोपालपुर– २ को वडाध्यक्ष पदमा राजनीतिक दलका सात र ११ स्वतन्त्रसहित १८ जना चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । यहाँ दुई हजार एक सय ४१ जना मतदाता छन् ।  

  • लेबनानमा आक्रमणमा परेर २२६ स्वास्थ्यकर्मीको मृत्यु

    लेबनानमा आक्रमणमा परेर २२६ स्वास्थ्यकर्मीको मृत्यु

    लेबनानमा तेह्र महिनादेखि भइरहेको आक्रमणबाट दुई सय २६ जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ । गएको वर्ष अक्टोबर ७ तारिखमा गाजामा इजरायली आक्रमण शुरू भएयता लेबनानमा मृत्यु हुने स्वास्थ्यकर्मीको सङ्ख्या उच्च रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले जनाएको छ ।

    गाजा द्वन्द्वलाई लिएर इजरायल र हिजबुल्लाहबीच तेह्र महिनाभन्दा लामो समयदेखि भइरहेको सीमापार गोलीबारीमा लेबनानमा स्वास्थ्य सेवामा एक सय ८७ वटा आक्रमणका घटना भएको संयुक्त राष्ट्रसङ्घीय निकायले जनाएको छ ।

    प्राप्त तथ्याङअनुसार सन् २०२३ अक्टोबर ७ देखि यस वर्षको नोभेम्बर १८ तारिखसम्ममा दुई सय २६ स्वास्थ्यकर्मीको मृत्यु भएको र एक सय ९९ जना घाइते भएका समाचार संस्था एएफपीले जनाएको छ ।

    हालैका घटनापछि गम्भीर सङ्कटबाट गुज्रिरहेको लेबनानको समग्र स्वास्थ्य सेवामा ठूलो धक्का पुर्‍याएको छ । डब्लूएचओले लेबनानका एक सय ५३ अस्पतालमध्ये १५ वटा बन्द भएको वा आंशिक रूपमा मात्र सञ्चालनमा रहेको जनाएको छ ।

    पूर्वी क्षेत्रका लागि डब्लूएचओका क्षेत्रीय निर्देशक हनान बाल्खीले स्वास्थ्य सेवामा हुने आक्रमणबाट स्वास्थ्यकर्मीले ज्यानै गुमाउनुपर्ने र त्योसँगै उनीहरु माथि गरिएको लगानी पनि गुम्ने अवस्था चिन्ताजनक रहेको बताएका छन् ।

  • सुनको मूल्य विहीबार कति?

    सुनको मूल्य विहीबार कति?

    काठमाडौं । विहीबार नेपाली बजारमा सुनको भाउ एक हजार रुपैयाँले बढेको छ ।

    सुनको भाउ एक हजार रुपैयाँले बढेर ताेलाकाे एक लाख ६४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    बुधवार सुनको भाउ तोलाको एक लाख ६३ हजार रुपैयाँ रहेको थियो । पछिल्लो तीन दिनयता सुनको भाउ लगातार बढिरहेको छ ।

    त्यस्तै चाँदीको भाउमा भने घटबढ भएको छैन । चाँदीको भाउ वुधवार जस्तै तोलाको एक हजार नौ सय ५० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

  • सरकार परिवर्तन हल्लामात्रै हो : लेखक

    सरकार परिवर्तन हल्लामात्रै हो : लेखक

    गृहमन्त्री रमेश लेखकले मन्त्री परिबर्तन हुने कुरा हल्ला मात्र रहेकाे बताएका छन्। उनले आजका मिति सम्म मन्त्री हेरफेर हुने कुरामा कुनै छलफल नभएकाे  बताए ।

     आज धनगढीमा प्रेस युनियनले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले प्रधानमन्त्रीय पद्दतीमा प्रधानमन्त्रीले आवश्यकता अनुसार मन्त्री हेरफेर गर्न सक्ने बताए   । उनले भने – दुईदलकाे सरकार भएकाले मन्त्री हेरफेर गर्दा दुईदलमा छलफल गरेर मात्र हुन्छ तर अहिले सम्म त्यस्ताे छलफल भएकाे छैन । उनले २०८४ सम्म याे गठबन्धन कायम रहने बताउँदै अबकाे १ बर्ष ८ महिना पछि बर्तमान प्रधानमन्त्री परिबर्तन भई नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा प्रधननमन्त्री बन्ने उल्लेखगरे ।

    प्रधानमन्त्रीकाे चिन भ्रमणकाे बिषयलाई लिएर दुई दल बिच खटपट भएकाे छ नि भन्ने संचारकर्मीकाे जिज्ञासामा गृहमन्त्री लेखकले सामान्य छलफलकाे बिषयलाई लिएर वेकामकाे हल्ला चलाईएकाे बताए । उनले भने – एमाले र काँग्रेस बिच कुनै पनि बिषयमा कुनै पनि असमझदारी छैन, दुई दल मुख्य प्रतिस्पर्धी भएपनि मिलेर सरकार चलाईरहेका छाै, २०८४ काे निर्वाचन सम्म सहज मिलेर जान्छाै ।

    नयाँ प्रधानमन्त्री नियुक्त लगत्तै बिदेश भ्रमणमा जानू परम्परा रहेकाे बताउँदै गृहमन्त्री लेखकले भारत वा चिन कुन देश अगाढी जानू भयाे भन्ने बिषय सामान्य रहेकाे उल्लेखगरे । उनले भने – प्रधानमन्त्रीकाे चिन भ्रमणकाे मिति तय भैषकेकाे छ, चिन भ्रमण लगत्तै भारत भ्रमण गर्नुहुन्छ । सुरक्षा गाेष्ठीमा सहभागी हुन धनगढी आएका गृहमन्त्री लेखकले गाेष्ठीमा प्रदेश सुरक्षाकाे समीक्षा गरिएकाे बताए । उनले अब नयाँ कार्ययाेजना सहित शान्त्ती सुरक्षा कायम हुने बताए ।

  • मौसम कस्तो छ ?

    मौसम कस्तो छ ?

    काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    यस्तै आज राती देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

  • यस्तो छ विदेशी मुद्राको विनिमयदर

    यस्तो छ विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ, ६ मङ्सिर : नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार बुधबारको तुलनामा बिहीबार अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढेको छ । 

    बिहीबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३७ पैसा निर्धारण भएको छ । बिहीबार युरो एकको खरिददर एक सय ४२ रुपैयाँ १५ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ७८ पैसा कायम भएको छ । 

    केन्द्रीय बैंकका अनुसार पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ५४ पैसा तथा बिक्रीदर एक सय ७१ रुपैयाँ ३० पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकले स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ १८ पैसा तथा बिक्रीदर एक सय ५२ रुपैयाँ ८६ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६३ पैसा, बिक्रीदर ८८ रुपैयाँ ०२ पैसा निर्धारण भएको जनाएको छ ।

    आजका लागि क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३० पैसा तथा बिक्री दर ९६ रुपैयाँ ७२ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ३४ पैसा तथा बिक्रीदर एक सय रुपैयाँ ७९ पैसा कायम भएको छ । 

    यस्तै जापानी येन १० को खरिददर आठ रुपैयाँ ६५ पैसा तथा बिक्रीदर आठ रुपैयाँ ६९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६० पैसा तथा बिक्रीदर १८ रुपैयाँ ६८ पैसा, साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ९० पैसा तथा बिक्रीदर ३६ रुपैयाँ ०६ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९६ पैसा तथा बिक्रीदर ३७ रुपैयाँ १३ पैसा तय भएको केन्द्रीय बैंकले जनाएको छ ।

    यस्तै थाईभाट एकको खरिददर तीन रुपैयाँ ८८ पैसा, तथा बिक्रीदर तीन रुपैयाँ ९० पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६९ पैसा तथा बिक्रीदर ३६ रुपैयाँ ८६ पैसा निर्धारण भएको छ ।

    मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ १४ पैसा तथा बिक्रीदर ३० रुपैयाँ २७ पैसा, दक्षिण कोरियाली वन १०० को खरिददर नौ रुपैयाँ ६५ पैसा तथा बिक्रीदर नौ रुपैयाँ ६९ पैसा निर्धारण भएको छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २५ पैसा तथा बिक्रीदर १२ रुपैयाँ ३० पैसा, डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ०६ पैसा तथा बिक्रीदर १९ रुपैयाँ १४ पैसा र हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३१ पैसा तथा बिक्रीदर १७ रुपैयाँ ३९ पैसा तय गरेको छ ।

    यस्तै कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ १३ पैसा तथा बिक्रीदर चार सय ४० रुपैयाँ ०८ पैसा र बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ५३ पैसा तथा बिक्रीदर तीन सय ५९ रुपैयाँ १२ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

  • इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण

    इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण


    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्यालेस्टाइनमाथि इजरायलले गरिरहेको हमलाविरुद्ध प्रस्तुत हुनुपर्ने माग गर्दै विभिन्न राजनीतिक दल र नागरिक संस्थाले आज ध्यानाकर्षण पत्र बुझाएका छन् ।

    नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसहित विभिन्न दल र नागरिक संस्थाका प्रतिनिधिले आज प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर इजरायलले प्यालेस्टाइन र लेबनानमाथि लगातार र बलपूर्वक हमला गरेकाले त्यसको विपक्षमा नेपाल सरकार अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुनुपर्ने आग्रह गरेका हुन् ।

    ज्ञापनपत्रमा नेपालको तटस्थ परराष्ट्र नीतिको मान्यतामा परिवर्तन गर्न र अन्यायमा परेकाको पक्षमा स्पष्टरुपमा संयुक्त राष्ट्रसङ्घजस्ता मञ्चमा मत जाहेर गर्न माग गरिएको छ ।

    ज्ञापनपत्रमा हमासको नियन्त्रणमा रहेका नेपाली विपिन जोशी र इजरायलमा रहेका हजारौँ नेपाली युवाहरुको जीवन रक्षाका लागि युद्धकालभरी नेपाल ल्याउने कार्य गर्न पनि माग गरिएको छ ।

    प्रधानमन्त्री ओलीले नेपाल विश्व शान्ति, मानव अधिकार र अन्यायका पक्षमा रहने स्पष्ट गर्दै तटस्थता भनेको बलियाले कुटिरहने र कमजोरले सही रहने भन्ने नभएको बताउँदै ध्यानाकर्षणमा उठाइएका विषयको विपरीत सरकार नजाने स्पष्ट गरे । “हामी विश्व शान्तिका पक्षमा छौँ । कुनै शक्तिविरुद्ध आफै लड्न जाँदैनौँ । कुनै पनि सैन्य गठबन्धनमा रहँदैनौँ तर अन्याय सहेर बस्दैनौँ ।’’, प्रधानमन्त्री ओलीले भने, “हामी विश्वमा निरीह शान्ति होइन, न्यायपूर्ण शान्ति र मानवअधिकारको रक्षामा हुनेछौँ ।’’
    भेटका अवसरमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, राष्ट्रिय जनमोर्चाका नेत्री दुर्गा पौडेल, नेकपा (एकीकृत समाजवादी) का सचिव शेरबहादुर कुँवर, क्रान्तिकारी कम्युनिष्ट पार्टीका वरिष्ठ नेता सिपी गजुरेल, जनता समाजवादी पार्टी नेपालका विदेश विभाग प्रमुख अर्जुन थापा, प्रगतिशील रुपान्तरण आन्दोलनका अभियन्ता श्याम श्रेष्ठलगायत सहभागी थिए ।

  • एनपिएल : सुदूरपश्चिम टोलीलाई नेपाल टेलिकमद्वारा प्रायोजन

    एनपिएल : सुदूरपश्चिम टोलीलाई नेपाल टेलिकमद्वारा प्रायोजन


    काठमाडौँ, ५ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा सहभागी टोली सुदूरपश्चिम रोयल्सलाई नेपाल टेलिकमले प्रायोजन गरेको छ । यही मङ्सिर १५ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुने उक्त प्रतियोगितामा सहभागी टोली सुदूरपश्चिम रोयल्सलाई नेपाल टेलिकमले सहयोग गर्ने विषयमा एक कार्यक्रमबीच प्रायोजनसम्बन्धी समझदारीपत्र आदान–प्रदान भयो ।

    नेपाल टेलिकम, केन्द्रीय कार्यालयमा सुदूरपश्चिम रोयल्स टिमको टेलिकम पार्टनरका रुपमा नेपाल टेलिकम रहनेछ । उक्त समझदारीपत्रमा नेपाल टेलिकमका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्याल तथा सुदूरपश्चिम रोयल्सका तर्फबाट टिमका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले हस्ताक्षर गर्नुभयो ।
    
    कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक अर्यालले नेपालको खेलकुद क्षेत्रको बृहत्तर विकासका लागि नेपाल टेलिकमले सदैव योगदान दिँदै आएको र नेपाली क्रिकेटसँग पनि लामो समयदेखि जोडिरहेको सन्दर्भ उल्लेख गर्दै सुदूरपश्चिम रोयल्समार्फत एनपिएलमा जोडिन पाउँदा खुसी लागेको बताउनुभयो ।
    
     उहाँले एनपिएलमार्फत नेपाली क्रिकेटले नयाँ उचाइ प्राप्त गर्ने र यो प्रतियोगिता नेपाली खेलकुद विकासक्रमकै महत्वपूर्ण कोसेढुङ्गाका रुपमा स्थापित हुने बताउँदै सुदूरपश्चिमाञ्चल रोयल्स टिमलाई सहकार्यका लागि हार्दिक आभारका साथै प्रतियोगितामा सफलताका लागि शुभकामना पनि व्यक्त गर्नुभयो । 
    
    सुदूरपश्चिमको मार्की खेलाडीमा दीपेन्द्रसिंह ऐरी छन् । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जगत टमाटा रहेका छन् । सुदूरपश्चिम रोयल्सको टोलीमा ऐरीसहित, आरिफ शेख, अभिनाश बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, ब्रान्डन मक्मलेन, सेफ अली जेब, स्कट कुगेलेइन, रोहन मुस्तफा, भोजराज भट्ट, नरेन साउद  र अमित श्रेष्ठ छन् ।
  • अक्षरा स्कुलमा `जीवनको उत्पत्ति र क्रम विकासमा वेदान्त-विज्ञानबीच संवाद´ विषयक अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

    अक्षरा स्कुलमा `जीवनको उत्पत्ति र क्रम विकासमा वेदान्त-विज्ञानबीच संवाद´ विषयक अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

    काठमाडाैं । कागेश्वरी मनोहरा नगरपालिका-९, काँडाघारी स्थित अक्षरा स्कुलमा २०८१ मङ्सिर ८-९, मा हुने वेदान्त र विज्ञानबीचको जीवन र विकासको उत्पत्तिबारेको पहिलो अन्तर्रा्ष्ट्रिय सम्मेलन हुने भएकाे छ । श्री चैतन्य सारस्वत संस्थान, नृसिंहपल्ली, नवद्वीप धाम, WB, भारत, भक्तिवेदान्त संस्थान, प्रिन्सटन, प्रिन्सटन, NJ, USA, श्री चैतन्य सारस्वत सभा, काठमाडाैं-नेपाल, सनातन अध्ययन प्रतिस्ठान नेपालको आयोजना र अक्षरा स्कूल, काठमाडाैंकाे सहआयोजनामा उक्त सम्मेलन हुने भएकाे हाे ।

    उक्त सम्मेलनमा नेपाल, भारत, संयुक्त राज्य अमेरिका र अन्य राष्ट्रका प्रतिष्ठित विद्वानहरुको सहभागिता रहेको छ । आधुनिक विज्ञानको कथित रूपमा यूरोसेन्ट्रिक परिप्रेक्ष्यलाई बढावा दिने, पश्चिमी सांस्कृतिक मूल्यहरूलाई प्राथमिकता दिने र अरूलाई सीमान्तकृत गरेकोमा आलोचना गरिएको छ । डार्विनको विकासको सिद्धान्त जस्ता अवधारणाहरू प्रस्तुत गरिएको छ, जसले जीवनको उत्पत्ति र विकासको बारेमा पूर्वाग्रही अध्ययनलाई बलियो बनाउँछ, जसले वैज्ञानिक प्रगतिको नाममा गैर-पश्चिमी संस्कृतिहरूलाई व्यवस्थित रूपमा कम मूल्याङ्कन गर्छ । यस सम्मेलनले जीवनको उत्पत्ति र विकासको सन्दर्भमा भौतिक सिद्धान्तहरूको वैज्ञानिक कमजोरीहरूलाई प्रकाश पार्न खोज्छ, जबकि वेदान्तिक ज्ञानले आधुनिक विज्ञानलाई यी चुनौतिहरूको सामना गर्न कसरी परिष्कृत तर्कसंगतता र विश्वव्यापी एकताप्रति प्रतिबद्धताका साथ सूचित गर्न सक्छ भन्ने प्रदर्शन गर्दछ ।

    संस्कृति तथा पर्यटन मन्त्रालय, नेपाल सरकार, डीएभी, काठमाडौं र त्रिभुवन विश्वविद्यालयको सहयोगमा भएको सम्मेलनको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बद्री पाण्डेले औपचारिक उद्घाटन गर्नेछन् । उद्घाटन दिन बिहान ९ बजेदेखि १२ बजेसम्म उद्घाटन सत्र र मुख्य भाषण हुनेछ, त्यसपछि बेलुका ६ बजेसम्म तीनवटा प्राविधिक सत्रमा कार्यपत्र प्रस्तुत गरिनेछ । दोस्रो दिन बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म पाँचवटा प्राविधिक सत्र हुनेछ, जसको समापन सत्र हुनेछ ।

    श्रीलभक्त माधव पुरी महाराज, पीएच.डी., श्रील भक्ति निस्कम शान्त महाराजा, पीएच.डी. सहित विद्वानहरूको प्रतिष्ठित भेला तथा श्रीलभक्तिविज्ञान मुनि महाराज, पीएच.डी., संहिताशास्त्र अर्जुन बास्तोला, श्री चैतन्य कृष्ण प्रभु, वरिष्ठ न्यूरोलोजिस्ट डा. जे.पी. अग्रवाल, प्राध्यापक डा. मोहनप्रसाद खरेल, प्राध्यापक डा. रजनी मल्ल, प्राध्यापक डा. अच्युत तिवारी, प्राध्यापक डा. रामेश्वर अधिकारी, प्राध्यापक मोहन राव, प्राध्यापक एम.वी. जगन्नाधाम, डा गर्ग चटर्जी, डा कुमार भान्का, सहप्राध्यापक डा गोपीचन्दर काफ्ले, सहप्राध्यापक डा निर्मलमणि अधिकारी, सहप्राध्यापक डा चित्रबहादुर बानियाँ, सहप्राध्यापक डा. दीपेन्द्र पराजुली र उपप्राध्यापक गोपीचन्द्र पराजुली, उपप्राध्यापक डा. कार्यक्रममा भरत गिरी, डा. भुवनेश्वरी राव र श्रीपाद कृष्ण केशव प्रभु, डा. सुमंगलादेवी दासी र अन्य धेरैले आफ्नो अनुसन्धानको निष्कर्षलाई पेपर प्रस्तुतीकरण मार्फत साझा गर्नेछन् ।

    सम्मेलनपछि प्रमुख वक्ताहरूले काठमाडौं विश्वविद्यालय र पोखरा विश्वविद्यालयका बारेमा पनि आफ्नो अन्तर्दृष्टि साझा गर्नेछन् । साथै, भारतको पश्चिम बंगालस्थित श्री चैतन्य सारस्वत मठका आचार्य श्रीलभक्ति निस्कम शान्त महाराज, पीएच.डी., सेवात वर्तमान आचार्यले काठमाडौंको दक्षिणकालीको बसानिमहलमा रहेको बामनदेव मन्दिरको शिलान्यास गर्ने कार्यक्रम छ ।