Author: admin

  • बेदुराम भुसाल महासचिवमा नेकपा एसको

    बेदुराम भुसाल महासचिवमा नेकपा एसको

    एकीकृत समाजवादी पार्टीका माधव नेपाल अध्यक्ष  रहेको नेकपा को महासचिव डा. बेदुराम भुसाल बनाउने निश्चित भएका छ । बिहीबार बिहान बसेको सचिवालयको बैठकमा  डा.बेदुराम भुसाल महासचिव बनाउने सहमति भएको  केन्द्रीय कमिटी बैठक एक नेताले जानकारी दिएका छन् ।

  • खाानपिनमा ध्यान नदिए बनिएला टाइफाइटको सिकार

    खाानपिनमा ध्यान नदिए बनिएला टाइफाइटको सिकार

    काठमाडौँ । गर्मी यामसँगै अहिले हावाहुरी तथा वर्षाको समय छ । यस्तो समयमा खानेपानी लगायत वातावरण नै प्रदुषणबाट ग्रषित छ । अझै भनौँ, यस्तो समयमा विशेष ध्यान नपुर्‍याउनाले मानव शरिरमा विभिन्न संक्रमण हुन जान्छ । मानव मात्र नभई अन्य पशुपक्षी, जिवजन्तुलगायतमा पनि संक्रमण देखा पर्न सक्दछन् । गर्मी याममा खास गरि टाइफाइड, रुघाखोकी लगायतको बढि नै संक्रमण हुन्छ । यहाँ हामीले टाइफाइड र यसका लक्षण तथा यसबाट बच्ने उपायहरुबारे चर्चा गरेका छौँ ।

    टाइफाइड

    अङ्ग्रेजीमा टाइफाइड शब्दको अर्थ ‘टाइफसजस्तै लाग्ने’ भन्ने हुन्छ। यो रोग लागेको बेलामा टाइफस रोगको लक्षणहरू जस्तै लक्षणहरू देखापर्ने भएकोले यसलाई टाइफाइड नामाकरण गरिएको हो । टाइफाइडलाई म्यादी ज्वरो तथा आन्तरिक ज्वरोको नामले पनि चिनिन्छ । यो ज्वरो साल्मोनेला टाइफी ९मुख्य० र पाराटाइफी ‘ए’, ‘बी’ तथा ‘सी’ प्रजातिका ब्याक्टेरियाको सङ्क्रमणका कारणले आउने गर्दछ । तुलनात्मकरूपमा एशियामा टाइफाइडका बिरामी बढी हुने गर्छन् । त्यसपछि अफ्रीकी मुलुकहरू दोस्रो नम्बरमा आउँछन् । एशियन मुलुकहरू जस्तै बंगलादेश, चीन, नेपाल, इन्डिया, इंडोनेशिया, लाओस, भियतनाम आदिले ८०५ रोग ओगट्छन् । असार, साउन र भदौ अर्थात् वर्षायाममा यो रोगको सङ्क्रमण बढ्दछ । दूषित पानी, खानाका माध्यमबाट सर्ने यो रोग मानिसको व्यक्तिगत सरसफाइ तथा वातावरणीय सरसफाइसँग प्रत्यक्षरूपमा सम्बन्धित छ । त्यसैले विकासोन्मुख देशहरूमा यो रोग एउटा स्वास्थ्य चुनौती पनि हो।

    लक्षण

    -शरीरमा हनहनी ज्वरो आउने
    -रिंगटा लाग्ने, वाकवाकी लाग्ने, बान्ता हुने
    -कसैलाई कब्जियत हुन्छ भने कसैलाई डायरिया हुने
    -शरीर गल्ने र खान मन नलाग्ने
    -औषधि सेवन गरेपनि तुरुन्तै ज्वरो नघट्ने


    टाइफाइड भएमा के गर्ने
    रगत परीक्षण गराएर रोगको किटान गर्न सकिन्छ । रगत परिक्षणबाट टाइफाइड भएको पक्का भएपछि यसको घरेलु उपचार गर्न सकिन्छ । बिरामीलाई हनहनी ज्वरो आउन थाल्यो भने पानीपट्टी लगाउनुपर्छ । त्यसपछि हलुका लुगा लगाइदिएर विरामीलाई खुल्ला ठाउँमा राख्नुपर्छ ।

    कतिपय व्यक्ति ज्वरो आएमा बाक्लो लुगा लगाउने, मुख छोपेर बाक्लो लुगा ओढ्ने गर्छन् तर यसो गर्नुहुँदैन । यसो गर्दा ज्वरो झन बढ्न जान्छ । चिकित्सकको सल्लाहबमोजिम नियमित औषधि सेवन गर्नुपर्छ ।

    सरसफाईमा विशेष ध्यान

    टाइफाइड जस्ता रोगहरुबाट बच्नका लागि सरसफाईमा विशेष ध्यान दिनु आवश्यक छ । खुला ठाउँमा दिसा पिसाप गर्नुहुँदैन । शौच गरिसकेपछि साबुन पानीले राम्रोसँग हात धुनुपर्छ । खाना खानुभन्दा अगाडी साबुन पानीले हात धुनुपर्छ । पिउने पानी उमालेर मात्र खानुपर्छ । घर, सुत्ने कोठा सफा राख्नुपर्छ । बिरामीले लगाउने लुगा र प्रयोग गर्ने बेडको सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।

    बिरामीले के खाने

    टाइफाइडले आन्द्रामा संक्रमण गर्छ । त्यसकारण टाइफाइडका बिरामीले झोलिलो वा नरम खाना खानुपर्छ । प्रशस्त मात्रामा पानी वा झोलिलो पदार्थको सेवन गर्नुपर्छ । यो रोगका बिरामीका लागि जावलो सबैभन्दा उत्तम खाना मानिन्छ ।

    के नखाने

    टाइफाइडका बिरामीले अमिलो, पीरो र कडा खालको खाना खानुहुँदैन । फोहोर एवं दुषित पानी पिउनु हुँदैन । नरम खालका फलफूल सेवन गर्न सकिन्छ । माछा, मासु र चिल्लोजन्य पदार्थबाट टाढा रहनुपर्छ । यदि कसैलाई टाइफाइड भएको छ भने उसले पूर्णरुपमा संचो नभएसम्म भान्साका काममा लाग्नुहुँदैन ।

  • कांग्रेसको पदाधिकारी बैठक बस्दै

    कांग्रेसको पदाधिकारी बैठक बस्दै

    आज ६ असोज बुधबार दिउँसो ३ बजे नेपाली कांग्रेसको पदाधिकारी बैठक देउवाको निजी निवास बूढानीलकण्ठमा  बस्न लागेको छ । पदाधिकारी बैठकमा सरकारमा सहभागी हुने बाँकी मन्त्री छनोट र महाधिवेशनको मिति सार्नेबारे छलफल हुने बताइएको छ ।

  • One of the common problems of  developing Nation

    One of the common problems of developing Nation

    One of the common problems of developing nation is lack of good governance and the system. Department of transport management is one such area which has been very crowded and lack proper management. Whenever youths reach the department of transport management, the energy and patience level takes a giant fall and they question why to stay in Nepal. While western nation are providing great facilities for their residents, the basic services like these is a huge problem in Nepal. An applicant when applying for driving license can feel the lack of system and well organization process in Nepal and do nothing but regret for deciding to stay in Nepal.

    Even if the process has been digitalized the problem is not less. Once the form is filled the date of written exam and trial is uncertain. The candidate has to wait long time to get a call and message from the department informing him/her about the date. After waiting for months finally the date of trial was been informed.

    Unfortunately, I fell ill that day and missed my trial. As I couldn’t attempt trial that day, the reason of the disappointed applied online form. The day when phone call came from the department of the transport management Ms. Suprima was in hospital. She could not entertain her phone, when she made call to the department of transport management the officer replied she has to re feel the form and wait for next call says MBA graduate of Kathmandu University, Ms. Suprima Poudel who lives in Mid-Baneshwor.

    Similar story was share by another applicant who has completed BIT (Bachelor in Information Technology) and currently stay in Bansbari, Prabisha Gautam. She says, I had completed all the process of trial. When I came to give trial I did not found my name in the trial name list. I went for the inquire; the officer here said there is no information record in the data status so I should again pay the amount of retrial and give the trial. At that point, I got very disappointed that even if I have studied BIT I will not be able to utilize my potential to the fullest. If I stay here because the system had been corrupt.

    After reaching trial center, there were many disappointed face of youths. Day by day the youths of our country like Ms. Suprima MBA student and Ms. Prabisha BIT student has the feeling of leaving our country just because of lack of good governance and miner problem system in our country.

  • भेलाको उपस्थितिले पार्टीमा उर्जा थप्यो : महानगर अध्यक्ष थापा

    भेलाको उपस्थितिले पार्टीमा उर्जा थप्यो : महानगर अध्यक्ष थापा

    विराटनगर, १९ भदौ । नेकपा एमाले विराटनगर महानगर कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलाले कार्यकर्ताहरुमा उर्जा भरेको महानगर अध्यक्ष सागर थापाले बताएका छन् । विगतको तुलनामा एमाले अवस्था अझ सुधार भएको भन्दै उनले कार्यकर्ताहरुमा उत्साह बढेको दावी गरे । आजको भेलाले पार्टी फुटका विरुद्ध आम कार्यकर्ता रहेको प्रमाणित गरेको उनले बताए । उल्लेख्य रुपमा कार्यकर्ताको उपस्थिति भएपछि नेतृत्वलाई समेत उर्जा थपेको छ । कार्यकर्ताको सहभागिताले उत्साहित बनेका अध्यक्ष थापाले देश र जनताको पक्षमा पार्टीले सरकारमा हुँदा गरेको विकास र राष्ट्रीयताको पक्षमा नेतृत्वले लिएको चट्टानी अडानले गर्दा एमालेको जनाधार झनै बढेको दावी गरे ।

    विगतमा एमालेमै बसेर एमालेलाई नै घात गर्नेहरु बाहिरिएको कारण पार्टी सङ्लिएको हुँदा समेत कार्यकर्तामा उत्साह बढेको थापाको भनाई छ । उनले तल्लो तहका कार्यकर्तामा बढेको यो उत्साहले स्थानीय तह, प्रदेश तथा संघीय निर्वाचनमा समेत एमालेलाई पहिलो पार्टी बन्न कसैले रोक्न नसक्ने बताए । महानगर स्तरिय कार्यकर्ता भेलामा पूर्वमन्त्री लालबाबु पण्डित, सांसद तथा पूर्वमन्त्री भानुभक्त ढकाल, पूर्वमन्त्री तथा सांसद शिवमाया तुम्बाहाम्फे, प्रदेश १ का पूर्व समाजिक विकास मन्त्री जीवन घिमिरे लगायतकाले सम्बोधन गरेका थिए । एमालेले अहिले देशभर स्थानीय तह र जिल्लास्तरमा अगुवा कार्यकर्ता भेलाको आयोजना गरिहेको छ ।

  • उद्योगी व्यवसायीहरुको समस्याप्रति प्रदेश सरकार गम्भीर : मुख्यमन्त्रीआचार्य

    उद्योगी व्यवसायीहरुको समस्याप्रति प्रदेश सरकार गम्भीर : मुख्यमन्त्रीआचार्य

    विराटनगर, १९ भदौ । कोभिड १९ को कारण उद्योगी व्यवसायीहरुले भोग्नु परेको समस्याप्रति प्रदेश सरकार गम्भीर भएको मुख्यमन्त्री भीम आचार्यले बताएका छन् । बन्दाबन्दी र निषेधाज्ञाको कारण देखिएको यस्तो समस्या समाधान गर्न प्रदेश सरकारले नयाँ कार्यक्रम ल्याउनेसमेत बताए । आज सुनसरीको धरानमा उद्योग बाणिज्य संघ सुनसरीले आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रममा राजनीतिक प्रतिकुलता रहेको भन्दै अनुकुलता आउनसाथ सरकारले प्रदेश १ को आर्थिक क्षेत्रको लागि उपयुक्त योजनाहरु अघि बढाउने जानकारी दिएका हुन् ।

    मन्त्रिपरिषदको पहिलो बैठकबाट यातायात व्यवास्था कार्यालय, मालपोत कार्यालयहरुबाट अनलाइन सेवा सञ्चालन गर्न निर्णय गरेको उनले बताए । कोभिड प्रभाव न्यूनिकरणका लागि १० करोड बजेट विनियोजन गरि प्रदेश सरकारले काम सुरु गरिसकेको उनले बताए । प्रदेशको विकास र सम्वृद्धिका लागि उद्योगी व्यवसायीहरुसँग हातेमालो गरेर अगाडी बढ्ने सरकारको नीति रहेको भन्दै उनलाई प्रदेश सरकारसँग हातेमालो गर्न समेत उद्योगीहरुलाई आग्रह गरे । कार्यक्रममा प्रदेश सभामुख प्रदिपकुमार भण्डारीले प्रदेशको आर्थिक सम्वृद्धिका लागि उद्योगी र व्यवसायीको भूमिका महत्वपूर्ण भएको बताए । कार्यक्रममा सुनसरी उद्योग बाणिज्य संघ अध्यक्ष गिरीधारी सापकोटा, पूर्वअध्यक्ष मोहनकाजी शाक्य, प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठलगायतले व्यवसायी र उद्योगीहरुको तत्कालका समस्याका विषयमा जानकारी दिएका छन् ।

  • प्रदेश १ मा ८ जनाको मृत्यु, ४३९ जनामा कोरोना संक्रमण

    प्रदेश १ मा ८ जनाको मृत्यु, ४३९ जनामा कोरोना संक्रमण

    विराटनगर, २१ भदौ । गएको २४ घण्टामा प्रदेश १ मा कोरोना संक्रमणको कारण ८ जनाको मृत्यु भएको छ । यस्तै यही अवधिमा ४ सय ३९ जनामा कोरोना संक्रमित थपिए । गएको२४ घण्टामा १ हजार ३५ जनाको पीसीआर परीक्षण गरिएको थियो । जसमा २ सय ५५मा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यस्तै ८ सय जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ८४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १ सय ३६, मोरङमा ६२, सुनसरीमा ३८, धनकुटामा ७, इलाममा ५, ताप्लेजुङ, भोजपुर, उदयपुर र तेहृथुममा १–१ जना कोरोना संक्रमित थपिएका हुन् । थपिएका मध्ये ३ जना भने प्रदेश १ बाहिरका छन् । प्रदेश १ मा आज ४ सय १० जना कोरोना संक्रमणमुक्त भए । १ जना ९८ महिला र २ सय १२ जना पुरुषले कोरोना भाइरसलाई परास्त गरेका हुन् । २४ घण्टामा मृत्यु भएकामध्ये ३ जना महिला छन् ।

  • सोमबारदेखि देशभरिकै मौसम पुनः प्रभावित भई झरी पर्ने सम्भावना

    सोमबारदेखि देशभरिकै मौसम पुनः प्रभावित भई झरी पर्ने सम्भावना

    काठमाडौं -पश्चिमी वायुको प्रभावले आइतबार देशको अधिकांश भूभागमा आंशिक बदली भई पूर्वी र पश्चिमी क्षेत्रका केही स्थानमा अपरान्ह्पछि मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आइतबार मौसममा केही सुधार भई घाम लागे पनि भोलि सोमबारबाट देशभरिकै मौसम पुनः प्रभावित भई झरी पर्ने मौसमविद् मञ्जु बासीले बताए । उनका अनुसार पश्चिमी वायुको नयाँ प्रणाली सोमबार बिहानबाट भित्रिंदैछ । यसले गर्दा देशका अधिकांश भू–भागमा मध्यमदेखि हल्का वर्षा र हिमपातको गतिविधि पुनःदोहोरिने मौसमविद् बासीले बताए ।

    राति देशभर मौसम सामान्यतया सफा रही पश्चिमी पहाडी भेगका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    त्यस्तै भोलि सोमबार पश्चिमी भूभागलगायत पूर्वी तथा पहाडी क्षेत्रमा आंशिक बदली रही देशको पश्चिमी पहाडी भूभागका केही स्थानहरुमा र पूर्वी पहाडी भेगका एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    मंगलबार देशको पश्चिमी भेगमा सामान्य बदली रही पश्चिमी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आइतबार काठमाडौंका अधिकतम तापक्रम २०।३ डिग्री र न्यूनतम तापक्रम ४।६ डिग्री सेल्सियस रहेको छ ।

    त्यस्तै जुम्लाको तापक्रम माइनस एकमा झरेको छ । सबैभन्दा बढी विराटनगरको न्यूनतम तापक्रम २७ डिग्री सेल्सियस रहेको छ ।

  • नेपालीको जिनमै अलौकिक शक्ति

    नेपालीको जिनमै अलौकिक शक्ति

    विश्वभरि पाईने विभिन्न प्रकारका हावापानी मध्य ५ थरि नेपालमा पाइन्छ । देशको भौगोलिक सीमांकन खासै ठूलो नभएतापनि तराइँ , पहाड र हिमाल समेटेको हुनाले पनि यहाँको हावा पानी स्वास्थ्यकर छ । हिमाल , पहाड नदिनालावाट आउने पानी आफैमा स्वास्थ्यकर छदै छ । यस वाहेक यहाँ विभिन्न प्रकारका जडिवुटि , वनस्पति , जीव जनावरहरु पनि पाईन्छ । सनातन सभ्यता रहेको यस धर्तीमा विभिन्न परम्परा सस्कृति आज सम्म पनि यथावत छ । यस्तै विविध प्राकृतिक सौन्दर्यता र रहस्यले पनि होला नेपालमा मानिसहरु प्राय घरभित्र भन्दा घरबाहिर बस्न बढी रुचाउछन् ।
    हिमालमा वस्ने मानिस जाडो मौषममा तराइँ वा पहाडमा सरछन् भने धेरै गर्मी हुदा तराइँ पहाडका मानिस पनि उच्च भुभाग तिर जान रमाउदछन् । यहाँ नयाँ उपकरण ए सि जस्ता प्रविधि भन्दा देशको प्राकृतिक विविधताको महत्व अतुलनीय छ । जाडोमा काम्दै हिँड्ने , गर्मीमा पसिना बगाउँदै हिँड्ने तथा बर्षामा भिज्दै हिँड्ने हुरी चल्दा पनि हुरीसँगै हिँड्ने धुलो धुँवालाई सहेर पचाउने लगायतको नेपालीहरुको बानी छ ।
    नेपालको कुल परिप्रक्ष्य हेर्ने हो भने, मानिसहरु अस्पतालको औषधि भन्दा प्राकृतिक घरेलु औषधि बढी मात्रामा प्रयोग गर्द थिए । प्राकृतिक घरेलु उपचार यस्तो विधी हो, जो घरमा सजिलै उपलब्ध हुने बस्तुबाट तयार हुन्छ । जस्तो कि, अदुवा, लसुन, घिउकुमारी, प्याज, गोलभेडा, बेसार, नुन, मरिज, ल्वाँग, सुकँमेल, टिमुर, जिरा, ज्वानो, मह, दुध आदि यी यस्ता चिज हुन् , जो हाम्रो भान्सामा जहिले पनि उपलब्ध हुन्छ । पहाडमा तापक्रम बढी भएको कारण त्यहाँ बसोबास गर्ने मानिसहरुले टिमुर ज्यादा प्रयोग गर्दाछन् । टिमुरले शरीरको तापक्रम बढाउनुको साथै तागत दिन पनि मदत पुराउँछ । तराइँका मानिसहरुले प्याजको प्रयोग धेरै गर्दाछन किनभने तराइ एकदम गर्मी हुने ठाउँ हो, प्याजले शरीरलाई ठन्डा राख्दछ । रुघाखोकी लागेको बेला हामीहरुले आराम गर्ने चलन छैन न त उपचार गर्ने । रुघाखोकी लागेको बेला हामीहरुले आराम गर्ने चलन छैन न त उपचार गर्ने । हामीले घरेलु उपचारको रुपमा ज्वानो, बेसार, अदुवा, मरिच, ल्वांग, सुकमेल, कागती पानी पकाएर खान्छौं । कागतीक बोक्रा चपाउने गर्छौं, बोझो चुस्छौँ  । यस्तै धेरै आहार, तथा ब्यबहारको कारण नेपालीसंग इम्युनिटी पावर धेरै हुन्छ ।
    यस कारण कोरोना संक्रमण फैलिएको खण्डमा नेपालीको मृत्यु एकदम कम हुन्छ । हाम्रो जिनमै अलौकिक शक्ति छ । हाम्रा हरेक घर प्राकृतिक अस्पताल हुन् ।

  • लोक तथा दोहोरी गायिका मन्जु गौतमसंगको तिज बिशेष भलाकुसारी

    लिलाखबर सहकर्मी

    सुबु लामिछाने

    लोक तथा दोहोरी गायिका मन्जु गौतम विगत एक दशक देखि लोक तथा दाहोरीको क्षेत्रमा निरन्तर लागि रहनु भएको छ । उहासंग लिलाखबर सहकर्मि सुबु लामिछानेले गर्नु भएकोे तिज बिशेष भलाकुसारी ।

    लिलाखबर अनलाइनमा तपाईलाई स्वागत छ ?
    धन्यवाद लिलाखवर र बिशेष गरी तपाईलाई ।

    तिज नजिकिदाका दिनहरु कसरी वितिरहेका छन् तपाईका ?
    तिजको माहोलहरु एकदमै आइरहेको छ दर खाने प्रोग्राम र विशेष गरी स्टेज प्रोगाममा बढि व्यस्त छु । यस्तै बितिरहेका छन् मेरा तिजका दिनहरु नयाँ गीतहरु निकाल्ने र स्वर दिने गरिरहेकी छु ।

    तपाई कहिले देखि लाग्नु भयो यो लोकदोहोरी क्षेत्रमा ?
    सानै देखि गाउँघरमा गीत गाउने वनपाखामा स्कुलमा गाउने गर्थे र सर म्यामहरुले एकदमै राम्रो छ स्वर भन्नु हुन्थ्यो । पछि म काठमाण्डौं आए र यहाँ गीत संगितको त शहर नै रहेछ भन्ने थाहा भयो । यता दोहोरी साझ हुन्थ्यो । मन्दिरबाट ठ्लो अवसर पाए गीत संगित सिक्ने । म २०६५ देखि यस क्षेत्रमा निरन्तर लागि नै रहेकी छु ।

    पहिलो पटक काठमाण्डौं आएर गित गाउदा कस्तो लागेको थियो ?
    पहिलो पटक यता आएर गीत गाउदा यहाँको र गाउमा धेरै नै फरक थियो । म गाउँमा हुर्केकी अनि गाउले लय आउथ्यो अलि अफ्ठारो नै भएको थियो । दोहोरी साझमा जादा कल्चर डे्स समेत लगाउन नआउने तर म भन्दा अग्रज दिदिहरुले लगाई दिनु हुन्थ्यो । मैले माइक समातेर गाउघर तिर गाएकी थिइन । पहिलो चोटी माइक समातेर गाउदा के हुन्छ लागेको थियो । तर म त्यती डराइन जति आफुलाई डर भइ रहेको थियो ।

    तपाईले यो क्षेत्रमा आउन कतिको संघर्ष गर्नु भयो ?
    मैले एकदमै संघर्ष गरे यस क्षेत्रमा आउन । पहिले त के भन्छन् होला गाउँ घरले भन्ने लाग्यो । फेरि काठमाण्डौं आउदा गाउ भन्दा एकदमै फरक पाए । मैले यता आएर झन बढी सर्घष गर्नु प-यो । जो कि मेरो लागि बिरानो थियो ।

    तपाईको पहिलो एल्वम् कहिले निकाल्नु भयो ?

    मेरो गीतको पहिलो एल्वम् २०६५सालमा निकाले । त्यति खेर दोयट गाउनु पर्ने थियो । मैले पहिलो निकालेको एल्वम्मा मेरो मन परेको फुल खसेको तिमीलाई मैले नपाउनु रैछ र यति धेरै माया बसेको मलाई यस गीतले मन्जु गौतम भनेर त्यती खेर चिनाएको थियो । यो गीतको एकदमै राम्रो रेस्पोन्स पनि आएको थियो ।

    औपचारिक रुपमा तपाईले संगित सिक्नु भयो कि भएन ?
    मैले औपचारीक रुपमा डेढ दुई बर्ष जति सिके संगित तर अहिले पनि म संगितलाई घरमा निरन्तरता दिई रहेकी छु । संगित जो निरन्तरता दिन्छ उ सफल संगित क्षत्रमा अगाडि बढ्छ ।

    तपाईले अहिले सम्म कति एल्वम् निकाल्नु भयो ?
    मैले एल्वम् तिर निरन्तरता दिइन् म धेरै जसो स्टेज प्रोगाममा नै बढी जान्थे । त्यै पनि लगभग दर्जनौ भन्दा बढी एल्वम् निकालेकी छु र मेरा गीतहरु प्राय सबै स्रोता दर्शकले मन पराई दिनु भएको छ । मेरो स्टेज प्रोगामको लागि एकदमै माग गर्छन् दर्शकहरु त्यसैमा म खुसी छु ।

    तपाईले तिज गीतमा पनि स्वर दिनु भएको छ कस्ता किसिमका गीत गाउनु भएको छ र कति सम्म गाउनु भएको छ ?
    मेलै गीत गाएकी छु र आठ नौ वटामा आफ्नै स्वर र आफैले निकालेकी छु भने अन्यका शब्दमा पनि स्वर दिएकी छु । यस पाली पनि झुमझुम झुमकाना बज्यो कानैको भन्ने गीत आएको छ मेरो गित ।

    तिज गीत कहिले देखि गाउन थाल्नु भयो ?
    २०६५ को दुई बर्ष पछि लगभग म कन्टिन्यु नै तिज गीतमा लागि रहेकी छु । म बर्ष बर्ष आफ्नो तिज गीत सार्वजनिक गरिरहेकी हुन्छु ।

    तपाईले तिज गीत र लोक तथा दोहोरी गितमा कतिको फरक पाउनु भएको छ ?तिज गीत र लोक तथा दोहोरी गीतमा फरक छ ।

    तिज गीत बिशेष गरी महिलाहरुको पर्वलाई फोकस गरेर निकाल्ने गरेको छ भने लोक दाहोरी लोक भाकालाई जहिले र जतिखेर नि निकाल्ने गर्छन् । तिज गीतमा महिला वेदना लुकेका हुन्छन् ।

    पछिल्लो समयमा तिज मनाउने चलन र परम्परा विकृतिहरु बढी रहेको छ यसमा तपाई के भन्नु हुन्छ ?
    मेरो व्यक्तिगत हिसाबमा भन्नु पर्दा आफ्नो लगानी हो आफ्नो स्टाइलमा चल्नु पर्छ भन्ने सोच हुन्छ त्यै भएर हो जस्तो लाग्छ विकृति निम्तिएको । तर गित अहिले मागेको जस्तै चल्नु पर्छ भन्ने त्यो गलत हो । मौलिकतामा हुनु पर्छ सबै माझ बसेर हेर्न मिल्ने हुुनु पर्छ ।

    तिजको अवसर पारेर स्टेज प्रोगाममा विदेश तिर पनि जानु हुन्छ कि यसपालि के छ विचार ?
    बाहिरी देश जाने नि कुरा भइरहेको छ तर फिक्स छैन । नेपालका विभिन्न क्षेत्रमा स्टेज प्रोगाम जानेछु गइरहेकी छु । अहिले पनि स्टेज प्रोग्रामबाट नै आइरहेकी छु ।

    तपाईले परिवारबाट कतिको सर्पोट पाउनु भएको छ ?
    मरो बाबा हुनुहुन्न । आमा र हामी दिदिबहिनी र भाई छौ । मेरो दिदिहरु र आमाले एकदमै सर्पोट गनर्् भएको छ । मलाई आर्थिक सहयोग समेत गर्नु हुन्छ दिदिहरुले सजिलो भएको छ यस क्षेत्रमा ।

    तपाई गित संगित बाहेक अरु के गर्नु हुन्छ कि यसैमा व्यस्त हुनु हुन्छ ?
    म गीत बाहेक विजनेस पनि गर्छु । मेरो बुटिकको विजनेस छ । र यसले गर्दा मलाई गीत संगितमा सजिलो भएको छ ।

    तपाईसंग भलाकुसारी गर्न पाउदा खुसी लाग्यो अन्तिमा के भन्न चाहानु हुन्छ ?

    सर्व प्रथम तपाईलाई धेरै धेरै धन्यवाद मलाई मेरा कुरा अनलाइन मार्फत देशविदेशसम्म राख्न पाउने मौका दिनु भयो । निरन्तरता दिने मान्छे कहिले पछि पर्दैन । र मेरा गीतहरुलाई यसरी नै माया गरेर सुन्नु होला र आफ्नो मौलिकतालाई कहिले नभुल्नु होला भन्न चाहान्छु ।