Author: admin

  • यता फर्किए पनि तिमी देख्छु

    यता फर्किए पनि तिमी देख्छु

    यता फर्किए पनि तिमी देख्छु
    उता फर्किए पनि तिमी देख्छु
    सिरक भित्र लुकेर निदाउन खोज्छु
    सिरक भित्र तिमी नै सल्बलाएको भेट्छु
    निदाउन नसकेर आँखा बन्द गर्न खोज्छु
    मष्तिस्कको पर्दामा पनि तिमीलाई देख्छु

    हरेक सास र मुटुको घड्कनमा तिमी भेट्छु
    सायद मेरो नशामा तिमी सल्बलाउदा मेरो मुटु धड्कन्छ,
    भनन अब म के गरु, न बाच्न सक्छु न हास्न सक्छु
    तिमी बिना बाचु भने, जीउदो लास पो हुन्छु

    पिउन खोज्छु पानी जब पानीमा नि तिमी भेट्रछु
    तारा हेर्छु आकाशमा, तारामा नि तिमी देख्छु
    भनन अब म के गरु, न बाच्न सक्छु न हास्न सक्छु
    तिमी बिना बाचु भने, जीउदो लास पो हुन्छु

    कुमार भट्टराई

  • प्रधानन्यायाधीशले डाके पूर्ण बैठक

    प्रधानन्यायाधीशले डाके पूर्ण बैठक

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पूर्ण बैठक बोलाएका छन् । मन्त्री परिषदमा कोटा खोजेको विषय बाहिर आएपछि प्रधानन्यायाधीश जबराले पूर्ण बैठक डाकेका हुन् । बैठक १ बजे बस्ने सर्वोच्च अदालतले जनाएको छ ।

  • Fumio Kishida: Japan’s new prime minister takes office

    Fumio Kishida: Japan’s new prime minister takes office

    Japan's ruling Liberal Democratic Party's leader Fumio Kishida arrives at the party's headquarters in Tokyo Monday, Oct. 4, 2021. Japan's Cabinet and leader Yoshihide Suga resigned Monday, paving the way for Parliament to elect Kishida as the new prime minister, tasked with quickly tackling the pandemic and security challenges before an imminent national election. Fumio Kishida has formally taken office as Japan's new prime minister, succeeding Yoshihide Suga who resigned after just one year in office. Fumio Kishida won the race to lead Japan's ruling Liberal Democratic Party (LDP) last week. 

  • मुडलाई ब्यालेन्स राख्न अब गर्नुहोस् व्यायाम

    मुडलाई ब्यालेन्स राख्न अब गर्नुहोस् व्यायाम

    अहिले मानिसको जीवनशैली एकदमै व्यस्त छ । त्यसैले प्रायले व्यायाम गरेको पाइँदैन । यसले सबैभन्दा ठुलो असर निन्द्रामा पार्छ ।

    हामी दिनभर काम गर्दा मस्तिष्क थाकिरहेको हुन्छ । यस्तो अवस्थामा कुनै शारीरिक क्रियाकलाप नगर्दा स्टोमेनिया स्लिप डिसअर्डर लगायतका समस्या निम्तिन्छ । व्यायामको अर्को महत्वपूर्ण काम भनेको मुडमा परिवर्तन हो । व्यायामले मुडलाई ब्यालेन्स गर्ने काम गर्छ, जसले मानिसमा हुने तनाव कम गर्न भुमिका खेल्छ ।

    योजना बनाई नियमित व्यायाम गर्दा मानिस खुसी हुन पनि सहयोग पुग्छ ।

    व्यायामले सेन्स अफ कन्ट्रोलमा ठुलो भूमिका निर्वाह गर्छ । यसले शरीर र सेन्स दुवैलाई नियन्त्रणमा राख्ने काम गर्छ ।
    व्यायामले निर्णय लिने क्षमतामा पनि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ , जसलाई हामी कोपिङ भन्छौँ । यसले हरेक परिस्थितिसँग जुध्ने क्षमता पनि प्रदान गर्छ ।

    मानिसले कुनै न कुनै लक्ष्यप्राप्तीका लागि काम गरिरहेको हुन्छ । नियमित व्यायामले लक्ष्यप्राप्तिमा पनि अहं भूमिका खेल्छ । खासगरी अस्वस्थकर जीवनशैली ,अल्छीपना, ढिलो सुत्ने÷उठ्ने खालको दैनिक भएका मानिस र नियमित व्यायाम गर्ने मानिसको सोचाइमै फरक पर्न जान्छ । कतिपय मानिसमा अत्यन्तै क्षमता भए पनि सामाजिक हुन भने सकिरहेका हुँदैनन् ।

    जसले जुनकुनै पेसामा पनि असर पु¥याउन सक्छ । खासगरी एरोबिक जिम डान्स वा जेसुकै गर्दा होस् यसले मानिसलाई बिस्तारै सामाजिक रुपमा घुलमेल हुन सहायोग पु¥याउँछ । व्यायामले मसल्समा भएका टेन्सनलाई रिड्युस गरेर रिल्याक्स बनाउन सघाउ पु¥याउँछ ,जसले गर्दा एक्सरसाइजले सकारात्मक सोचाइको विकास हुन्छ ।

  • गुगल हेरेर आफ्नो उपचार आफैं गर्छन् ७० प्रतिशत मानिसले

    गुगल हेरेर आफ्नो उपचार आफैं गर्छन् ७० प्रतिशत मानिसले

    गुगल सर्च इन्जिन पछिल्लो समयमा जनस्वास्थ्यका लागि समेत निकै महत्वपूर्ण तथा फलदायी बनिरहेको अध्ययनले देखाएको छ ।

    बेलायतमा गरिएको एक अध्ययन अनुसार तिन चौथाई बेलायतीहरुले गुगल हेरेरै आफ्नो जिउमा हुने साना तिना स्वास्थ्य समस्याको उपचार आफै पहिल्याउने गरेका छन् ।

    शोधकर्ताहरुका अनुसार रोगका लक्षणहरु तथा उपचारका लागि प्रयोग हुने विधि र औषधि इत्यादिको बारेमा इन्टरनेटमा गुगल सर्चमार्फत खोजी गरी सामान्य रोगमा आफ्नो उपचार आफै गर्ने बेलायतीहरु हरेक दश जनामा ७ जना रहेका छन् ।

    सामान्य स्वास्थ्य समस्याका लागि समेत डाक्टरकोमा गएर चेकअप तथा उपचार गराउने जम्मा ३० प्रतिशत मात्र रहेका छन् ।

    औषतमा सबै बेलायतीहरु अहिले दुई तिहाइ जिवाणु तथा रोगविमारहरुको उपचार कुनै व्यवसायिक चिकित्सा उपचार विना आफै गर्नसक्ने विश्वास राख्दछन् ।

    फ्युचर यू नामक संस्थाले गरेको अध्ययन अनुसार धेरै मानिसहरु इन्टरनेटमा विभिन्न खाले रोगहरुका बारेमा जानकारी लिने, अध्ययन गर्ने गरी स्वास्थ्यका विषयमा जागरुक हुने गरेका छन् ।

    त्यस्तै विगतमा ७५ प्रतिशत बेलायतीले घरायासी विधिबाट रोगको रोकथाम गर्ने गरेको पनि अध्ययनले देखाएको छ ।

    ७० प्रतिशत मानिसहरु आफ्नो खानपानमा एक वा केही पटक परिवर्तन गर्दा आफ्नो स्वास्थ्या सुधार आएको विश्वास गर्दछन् र खानपान परिवर्तनको कौशल सिकनका लागि पनि इन्टरनेटको सहारा लिन्छन् ।

    शोधले के देखाएको छ भने गुगलमा खोजेर आफ्नो रोग आफै पत्ता लगाउने मध्ये एक तिहाइले मात्र आफुले आफुलाई देखिएको रोगका लक्षणहरुको बारेमा यसअघि नै इन्टरनेटमा खोजतलास गरिसकेको कुरा डाक्टरलाई बताउँछन् ।

  • Damauli Hospital: Oxygen plant starts production

    Damauli Hospital: Oxygen plant starts production

    Oxygen production has been started at Damauli Hospital in Tanahu district headquarters. Oxygen production has been started from the completed plant in the hospital.  “The work of installing the oxygen plant at the hospital had started eight months ago. As the installation has finished, oxygen production has started,” said Damauli Hospital Management Committee Chairperson Pradipraj Adhikari, adding that installation of the oxygen plant was possible with the assistance of the province government. The bed is connected through an oxygen pipeline produced by the plant. “The pipeline has been extended so that oxygen can reach every bed,” he said. According to hospital medical superintendent Dr Sunil Poudel, the plant was installed at a cost of around 5.3 million rupees.

  • एमाले महाधिवेशन पत्रकारलाई हलमै प्रवेश अनुमति

    एमाले महाधिवेशन पत्रकारलाई हलमै प्रवेश अनुमति

    १७ असोज,  आइतबार, काठमाडौं । विधान महाधिवेशनको हलमा आज पत्रकारहरुलाई पनि प्रवेश गर्न दिइने नेकपा एमालेले जनाएको छ ।‘आइतबार ११ बजेदेखि पत्रकारहरुलाई महाधिवेशन हलमा प्रवेश दिने निर्णय भएको छ’, महाधिवेशन मुल व्यवस्थापन समितिका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

  • ललितपुरलाई पोखराले ९ विकेटले हरायो

    ललितपुरलाई पोखराले ९ विकेटले हरायो

    १३ असोज, काठमाडौं । साविक विजेता ललितपुर प्याट्रिओट्सले बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा दोस्रो हार बेहोरेको छ । बजाज पल्सर एभरेष्ट प्रिमयर लिग (ईपीएल) अन्तर्गत बुधबारको पहिलो खेलमा पोखरा राइनोजले ललितपुर प्याट्रियट्सलाई ९ विकेटले विकेटले हरायो।

  • सुमधुर स्वरकि धनि नव गायिका सुमिना लोसंगको कुराकानी

    लिलाखबर सहकर्मी
    सुबु लामीछाने

    तपाईको सांगितिक यात्राबाट सुरु गरौ । कहिले देखि लाग्नु भयो यस क्षेत्रमा ?
    खास भन्ने हो भने म यस क्षेत्रमा संगित सिक्ने क्रममा २०६७ साल देखि लागे पनि २०६९ मा पहिलो गित रेर्कड गरेकी हु । यसैलाई भन्नु पर्छ सायद मेरो संगित क्षेत्रकोे सुरुवाती ।

    पहिलो गित रेर्कड २०६९ मा गरे त भन्नु भयो तर कुन भाषामा गर्नु भयो ?
    पहिलो स्वर त मैले थारु भाषाको गितमा दिए । त्यो गित म्युजिक नेपाल ले निकालेको थियो । म तामाङ भएर पनि त्यो गित गाउनु नै मेरो लागि ठुलो अवसर थियो । त्यो अवसरलाई मैले राम्ररी नै दर्शक माझ प्रस्तुत गरे । त्यसपछि लगत्तै मैले तिज गितमा पनि स्वर दिए । तिजको गित पनि स्रोता र दर्शकले मन पराइदिनु भयो । तिजको एल्वम् आउ नाचौं छमछम भन्ने तिजको गितमा स्वरमा दिएकी थिए ।

    यसपालिको तिज गितमा स्वर दिनु भएको छ नि ?
    मैले यसपालि तिज गितमा स्वर त दिएकी छैन् । बाकि नै छ तिज आउन तिज आउनु भन्दा अगाडि अवसर पाए पछि गाउछु ।

    तपाई कस्तो गित गाउन पाए हुन्थ्यो सोच्नु हुन्छ ?
    गायिका भएपछि जुन सुकै गितपनि गाउन सक्नु पर्छ भन्ने मेरो विचार छ । गायिका भएपछि आफुलाई दखल छु भन्न देखाउन पनि स्वर दिन सक्नु पर्छ भन्ने लाग्छ ।

    अहिले सम्म कस्ता कस्ता गित गाउनु भयो ?
    मैले तिज गित, आधुनिक गित चार पाँच वटामा स्वर दिइसके त्यसै गरि फिल्मका गितहरुमा पनि स्वर दिएकी छु ।

    आफुलाई सुनिमा लो भनेर चिनाएको गित कुन मान्नु भएको छ ?
    मलाई आधुनिक गितले भन्दा पनि फिल्मकै गितले चिनाएको छ । राज्जारानि फिल्ममा भएको गित चिपक चिपकले मलाई दर्शकले मन पराउनुका साथै चिन्नु भएको हो ।

    सांगितिक क्षेत्रमा सिकेर भन्दा नसिकेर आउनेको जमात छ तपाई के भन्नु हुन्छ ?
    सांगितिक क्षेत्रमा आउनु भन्दा अगाडि संगित सिकेर आउनु राम्रो हुन्छ किनकि ति गायक गायिका दिगो सम्म टिक्छन् जस्तो लाग्छ ।

    संगितमा लागेर जिउन सजिलो छ कि गाहे के छ ?
    सजिलो त संगितमा छैन तर सहज बनाएर लाग्नु पर्छ भन्ने मेरो भनाई हो । यस क्षेत्रमा कमाई खासै त्यस्तो छैन भोको भने रहदैन ।

    सांगितिक क्षेत्र लागेर तपाई कति सन्तुष्टि हुनुहुन्छ ?
    सन्तुष्टि त मानिस कहिलै हुदैन् । म पनि त्यति सन्तुष्टि छैन नै भन्नु पर्छ तर पनि सांगितिक क्षेत्रलाई नै म आफ्नो क्षेत्र बनाउने कुरा त पक्का हो । यो मेरो सानै देखिको इच्छा हो ।

    गित संगित सुन्ने कुरा हो तर अहिले भिडियो बनाउनु पर्छ भन्ने मान्यतामा तपाई के भन्नु हुन्छ ?
    अहिले भिडियो अनिवार्य नै छ । किनकि अहिलेको आधुनिक समाजले मागेको माग हो जस्तो मलाई लाग्छ ।

    तपाइलाई नृत्य नि आउँछ मोडेलिङ तिर जाने विचार छ कि छैन ?
    हा हा हा मोडेलिङ त सोचेकै छैन । पछि खै के हुन्छ थाहा छैन ।

    अन्त्यमा तपाईको अबको योजना के छ ?
    रामा् राम्रा गित निकाल्ने योजना छ । अगाडि नै यो गर्छु त्यो गर्छु त के भन्नु पछिको सोच भनेकै मेरो स्रोताले मागेका आधारमा गित निकाल्छु भन्ने छ ।

    हवस् तपाईले आफ्ना कुरा हामी,हाम्रा स्रोता र पाठक सम्म राख्न हाम्रो स्टुडियो सम्म आइदिनु भयो
    तपाईलाई पनि धन्यवाद मेरा कुरा राख्ने मौका दिनु भयो । त्यसको लागि भ्वईस अफ युथ र लिला खबर अनलाइनलाई म धेरै धन्यवाद दिन चाहन्छु ।

  • जिन्दगीको भोगाईहरुलाई समेटेर नरहरि प्रेमीसंगको कुराकानी

    लिलाखबर सहकर्मी
    सुबु लामीछाने

    नेपाली सांगितिक क्षेत्रमा दुई दशक देखि अनवरत रुपमा योगदान पु-याइरहनु भएका गायक तथा संगितकार नरहरि प्रेमीसंगको कुराकानी । उहाँले संगित विद्यालय पनि संचालन गरिरहनु भएको छ । श्रुति विद्यालयको चेयर म्यान समेत रहनु भएका गायकसंग उहाँका जिन्दगीको भोगाईहरुलाई समेटेर कुराकानी गरेका छौ ।

    तपाईलाई स्वागत छ ?
    धन्यवाद लिलाखबरसंगै तपाईलाई पनि ।

    तपाई सांगितिक क्षेत्रमा लागेको लगभग दुई दशक भई सक्यो दिनहरु कसरी बितिरहनु भएको छ ?
    नयाँ नयाँ गितहरु निकाल्ने र संगित दिने अनि श्रुति विद्यालयमा सिकाउने र सिक्ने काम भईरहेको छ । संगित कहिले नसकिने कुरा हो यसैमा निरन्तरता दिइरहेको छु ।

    गीत पनि गाउनु हुन्छ संगित पनि भर्नु हुन्छ तपाईलाई गाउन सजिलो या संगित भर्न ?
    तपाईले एकदमै राम्रो प्रश्न सोध्नु भयो । मलाई गीत गाउदा एकदमै मज्जा लाग्छ भनौ कि सहज हुन्छ । संगित भर्न गाहे हुन्छ किनकि संगित भनेको अर्काको मनै जाचेर गर्ने कुरा हो ।

    तपाईले धेरै गीत गाउनु भएको छ तर पनि पहिलो गीत कहिले गाउनु भएको थियो ?
    मैले पहिलो गीत २०५२ सालमा भोजपुरी गीत गाएको थिए, सो गित काठमाण्डौं आएर रेर्कड गरेको थिए । त्यो गीतले मलाई सांगितिक क्षेत्रमा र गायन तिर लग्यो । मलाई उखु बारीले नरहरी प्रेम भनेर चिनायो । म विशेष गरेर समुदाय र परिस्थिती हरेर गीत गाउने गर्छु । मेरो उखुबारी पनि त्यहीमा आधारित भएर लेखेको गीत हो ।

    अहिले सम्म थुप्रै गीत गर्नुभयो पुराना र नयाँ कलाकारसंग कामको हिसावले नयाँसंग सहज कि पुरानासंग ?
    गीत गाउन सहज त पुराना कलाकारसंगै हुन्छ यदि म नयाँ हुन्थे भने पुराना कलाकारसंग गाह्रो हुन्थ्यो । पुराना कलाकारलाई सबै ज्ञान हुन्छ । उहाँहरुलाई ताल सुर र लय सबै थाहा हुन्छ र उनीहरुसंग काम गर्न सजिलो हुन्छ ।

    तपाईलाई सांगितिक क्षेत्रमा नाम र काम विकाउन कतिको गाह्रो भयो ?
    गाह्रो भयो तर म गाह्रोमा पनि रमाइ रहेको थिए । जस्तै एउटा प्रसव पिडामा भइरहेको महिलामा लुकेको खुसी जस्तै म पनि सिक्दा अफ्ठारोमा भए पनि म रमाइरहेको थिए किनकि भोली म पनि अरु जस्तै राम्रो गायक बन्छु भन्ने लागिरहेको थिए ।

    यो क्षेत्रमा लागेर तपाई कतिको सन्तुष्ट हुन्छ ?
    म सन्तुष्ट नै छु जुन बेला काठमाण्डौै बस्दा कोठाको भाडा दिन समेत पैसा नभएको अवस्थामा पनि मैले सांगितिक क्षेत्रलाई अगालिरहे अहिले भने म सन्तुष्ट नभएको भए यहाँसम्म पुग्दैन थिए ।

    तपाईले संगितको धेरै विधामा हात हाल्नु भएको छ , भजनको कुरा गरौ तपाई कतिको आध्यात्मिक हुनु हुन्छ ?
    वास्तविक संगित भनेकै भजन हो । कतिले राग सिकिरहेका हुन्छन् तर त्यसलाई बुझिरहेका हुदैनन् । संगित भनेको आध्यात्मिक हुन्छ । साहित्य वा संगितमा नौ रस हुन्छ त्यसलाई बुझ्नु पर्छ । भजनको कुरा गर्दा मलाई एकदमै मन पर्ने विधा हो । भजनबाट प्रभावित भएरै म संगित क्षेत्रमा लागेको मान्छे हु ।

    तपाईले फिल्मको गीतमा पनि आफ्नो स्वर दिनु भएको छ र त्यसबाट पनि अझ आफुलाई नरहरि प्रमी भनेर चिनाउन सफल हुनु भएको छ । के हो तपाईको यो राज हामीलाई पनि सुनाई दिनुस्न ?
    किनकि मेरो सांगितिक क्षेत्र पृथक किसिमको होस भन्ने लाग्छ । मैले गाएको राज्जारानी मुभिको गीत चिपक चिपक अरु मुभिको गीत भन्दा पृथक नै छ र त्यो गीतलाई स्रोता दर्शकहरुले एकदमै मन पराएका छन् अनि मलाई नरहरि प्रेमी भनेर चिने । मैले बिशेष गरी सामाजिक परिवेश अनुसार आफुलाई प्रस्तुत गर्दछु । समाजमा जस्तो छ म त्यही परिवेशमा आधारित भएर गाउने गर्दछु ।

    सफलताको मन्त्र के हो ?
    असल बन्न सक्नु नै सफलताको सुत्र हो । आफु प्रसन्न हुने हो भने सफलता पक्कै हुनु हुन्छ । अरुको खुशीमा रमाई दिने हो भने सफल बन्न सकिन्छ ।