Author: Dwarika Pokhrel

  • दुधकोशी हाइड्रोपावरमा पाइप पड्किदा दुई इन्जिनियरको मृत्यु

    दुधकोशी हाइड्रोपावरमा पाइप पड्किदा दुई इन्जिनियरको मृत्यु

    सोलुखुम्बुमा निर्माण भई रहेको ८६ मेगावाट क्षमताको सोलुखोला दुधकोसी जलविधुत आयोजनामा पानी परीक्षण गर्ने क्रममा दुई जना इन्जिनियरको मृत्यु भएको छ।

    आइतबार दिउँसो ३ बजेतिर फलामको पाइपमा पानी हालेर परीक्षण गर्ने क्रममा पाइप पड्किएर दुईजनाको ज्यान गएको प्रहरीले जनाएको छ। परिक्षणका क्रममा अर्का एकजना भने घाइते भएका छन्।

    ज्यान गुमाउनेहरुमा हाइड्रोपावरमा इन्जिनियरका रुपमा काम गर्ने अछामका २६ वर्षीय सुवास राज रेग्मी र काभ्रेका २९ वर्षीय अर्जुन थापा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पुष्टि गरेको छ ।

    उक्त घटनामा सिराहा औरही गाउँपालिका २ का २९ वर्षीय महमद जाबेतर राइन भने घाइते भएको कार्यालयले जानकारी दिएको छ। हेलिकोप्टरमार्फत काठमाडौं लगिएका घाइते राइनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

    घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

  • सेन्ट्रल जोन भलिबलमा नेपाली महिला टिमको दोस्रो जित

    सेन्ट्रल जोन भलिबलमा नेपाली महिला टिमको दोस्रो जित

    एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरूष भलिबल च्याम्पियनसिपमा नेपाली महिला टिमले लगातार दोस्रो खेलमा जित हासिल गरेको छ।

    बङ्गलादेशको राजधानि ढाकामा शुक्रबार भएको आफ्नो दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गराएको छ।

    पहिलो सेट २५(११ ले सहज रुपमा जितेको नेपालले दोस्रो सेट पनि २५-९ ले सहजै जित्यो। तेस्रो सेटमा २५(५ ले जित्दै नेपाल विजयी भएको हो।

    यसअघि नेपालले बिहीबार श्रीलंकालाई ३(२ को सेटमा पराजित गरेको थियो।

  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाडाँमा

    माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाडाँमा

    नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरू भएको छ।

    सञ्चालित बैठकमा पार्टि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठलगायत स्थायी कमिटी सदस्यहरू सहभागी छन्।

    राष्ट्रिय सम्मेलन तयारीलगायत विषय र समसामयिक राजनीतिक घटनाक्रमबारे आज स्थायी कमिटी बैठकमा छलफल हुने बताइएको छ।

    माओवादीले यही पुस ११ र १२ मा काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्दैछ।

  • आजबाट सुर्खेत विमानस्थल सञ्चालनमा

    आजबाट सुर्खेत विमानस्थल सञ्चालनमा

    एक महिनादेखि बन्द रहेको सुर्खेत विमानस्थल मर्मत पछि आजबाट सञ्चालनमा आएको छ।

    धावनमार्ग मर्मतका लागि मंसिर १० गतेबाट सुर्खेत विमानस्थल बन्द गरिएको थियो ।

    बन्द रहेको एक महिनाको अवधिमा हेलिकप्टर उडान र अवतरण भने रोकिएको थिएन ।

    आज बाट खुलाउने निर्णय भएको विमानस्थलको लागि हवाई जहाजको टिकट भने सोमबार देखि वायु सेवा कम्पनिहरुले वितरण सुरु गरेको थियो ।

  • भारतमा ओमिक्रोनको बढ्दो संक्रमण

    भारतमा ओमिक्रोनको बढ्दो संक्रमण

    छिमेकि देश भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट संक्रमित हुनेको संख्या १ सय ४५ पुगेको छ । भारतको सबै भन्दा बढी महाराष्ट्रमा ४८ जनामा ओमिक्रोनको संक्रमण देखिएको छ ।

    दिल्लीमा २२ र तेलंगानामा २० जनामा ओमिक्रोनको संक्रमण देखिएको हो । राजस्थानमा १७, कर्नाटकमा १४, केरलामा ११, गुजरातमा ७, यूपीमा २ र आन्ध्र प्रदेश, चंडीगढ, तमिलनाडु र पश्चिम बंगालमा १र १ जनामा ओमिक्रोनको संक्रमण देखिएको हो ।

    डब्लूएचओले विश्वका ८९ देशमा ओमिक्रोन फैलिसकेको तथ्याङ सार्वजनिक गरेको छ। दक्षिण अफ्रिकाबाट सुरु भएको ओमिक्रोन भाइरस हाल सम्म बेलायत, जर्मनी, अमेरिका, भारत ,चीन लगायत ८९ मुलुकमा फैलिसकेको छ।

  • आजबाट मोर्डना खोपको दोश्रो मात्रा दिइदै

    आजबाट मोर्डना खोपको दोश्रो मात्रा दिइदै

    नेपाल सरकारले यहि आइतबारदेखि देशका ५७ वटा जिल्लामा कोरोना भाइरस विरुद्धको मोडर्ना खोप लगाउन सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ देखि १७ वर्ष उमेर समूहका करिब १८ लाख बालबालिकालाई मोडर्ना खोप लगाउने लक्ष्य लिएको छ ।

    यसअघि फाइजर खोप संचालन भएका काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुली, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुषा, चितवन, काभ्रे, कास्की, बागलुङ, रुपन्देही, दाङ, बाँके, सुर्खेत, कैलाली र डडेलधुराबाहेकका जिल्लामा मोडर्ना खोप अभियान संचालन हुनेछ।

    स्वास्थ्य मन्त्रालयका अनुसार आजबाट सुरु हुने मोडर्ना खोप अभियान १४ गतेसम्म चल्ने छ । पहिलो मात्रा खोप लगाएका सम्पुर्ण बालबालिकाहरुले माघ २ देखि १२ गतेसम्म दोस्रो मात्रा लगाउन पाउने मन्त्रालयले जनाएको छ।

  • देउवा- प्रचण्ड बिच भेटवार्ता

    देउवा- प्रचण्ड बिच भेटवार्ता

    नेपाली कांग्रेस सभापति प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच भेट वार्ता भएको छ । भेटका क्रममा देउवा र दाहालबीच पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको छ ।

    दुई नेता बीच नेकपा एमालेले गरेको संसद् अवरुद्ध र त्यसको निकासबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बालुवाटारमा भएको भेटमा अध्यक्ष दाहाले महाधिवेशनबाट सभापतिमा पुनः निर्वाचित भएकोमा देउवालाई बधाइ समेत दिएका थिए।

    उनीहरुबीच राजदूत नियुक्तिको विषयमा पनि छलफल भएको बताइएको छ।

  • चार वर्षपछि १७ हजार शिक्षकको विज्ञापन खुल्दै

    चार वर्षपछि १७ हजार शिक्षकको विज्ञापन खुल्दै

    शिक्षक सेवा आयोगले चार बर्ष पछि सामुदायिक विद्यालयका लागि १७ हजार २ सय ३२ स्थायी शिक्षक नियुक्तिको विज्ञापन खुलाउन लागेको छ ।

    आयोगले बुधबार माध्यमिक तहमा १ हजार ५ सय ४७ जना शिक्षक लिन विज्ञापन प्रकाशन गर्दै छ । अर्को सातासम्म क्रमशः निम्न माध्यमिक र प्राथमिक तहको पनि विज्ञापन खुलाइने बताइएको छ ।

    आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले पहिलो पटक अनलाइनबाट दरखास्त दिन सकिने व्यवस्था गरिएको बताएका छन् । यसअघि साविकको जिल्ला शिक्षा कार्यालयमा आवेदन लिइन्थ्यो ।

    आयोगले वार्षिक कार्ययोजना बनाएर मंसिरभित्र विज्ञापन आह्वान गर्ने कार्यतालिका बनाएको थियो । आगामी असोज र कात्तिकसम्म शिक्षक नियुक्तिका लागि सिफारिस गरिसक्ने लक्ष्य लिइएको छ ।

    दरबन्दी मिलान सुझाव कार्यदलले दुई वर्षअघि नै सामुदायिक विद्यालयमा ५८ हजार शिक्षक दरबन्दी अपुग रहेको प्रतिवेदन सरकारलाई बुझाएको थियो ।

    यसअघि २०७४ र ७५ मा विज्ञापन खुलेको थियो । त्यतिबेला करिब १२ हजार शिक्षक आयोगको परीक्षा पास गरेर स्थायी भएका थिए ।

  • आज दिउँसोबाट कांग्रेस पदाधिकारीहरुको मतगणना सुरू हुने

    आज दिउँसोबाट कांग्रेस पदाधिकारीहरुको मतगणना सुरू हुने

    नेपाली कांग्रेसको सभापति पदको टुंगो लागेसँगै अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको मतगणना आज दिउँसोबाट सुरू हुने भएको छ।

    निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार १ तहको मतगणना आज दिउँसोबाट सुरू हुने छ।

    सभापतिका लागि प्रधानमन्त्री एवं वर्तमान सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यद्वय डा शेखर कोइराला र कल्याणकुमार गुरुङ चुनावी प्रतिस्पर्धामा थिए।

    निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार सभापतिमा विजयी देउवाले २ हजार ७ सय ३३ मत प्राप्त गरेका थिए। सभापतिका प्रत्यासी डा. शेखर कोइरालाले भने १ हजार ८५५ मत प्राप्त गरेका थिए।

    दोस्रो चरणको निर्वाचनमा कूल ४ हजार ६ सय २३ मत खसेको थियो। जसमध्ये ३५ मत बदर भएको थियो।

    मतदानका लागि राष्ट्रियसभागृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको थियो।

  • बुधबारदेखि अस्ट्रेलियाको भिसा खुल्दै

    बुधबारदेखि अस्ट्रेलियाको भिसा खुल्दै

    अस्ट्रेलियाले यहि बुधबारदेखि विद्यार्थी भिसा तथा भिसावाहक विदेशी नागरिकका लागि सीमा खुल्ला गर्ने निर्णय गरेको छ ।

    दुई साताअघि सीमा खोल्ने निर्णय गरेको भए पनि ओमिक्रोन भाइरसको संक्रमण देखिएसँगै अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनलले उक्त निर्णयलाई दुई साताका लागि स्थगित गरेका थिए ।

    सोमबार प्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीले डिसेम्बर १५ बुधबारदेखि अन्तर्राष्ट्रिय सीमा खोल्ने निर्णयलाई निरन्तरता दिने बताएका हुन् ।

    बुधबारदेखि विद्यार्थीका साथै टीआर भिसामा रहेका विदेशी नागरिकका साथै उनीहरुका अभिभावक, दक्ष कामदार भिसा भएका नागरिकले अस्ट्रेलिया प्रवेश पाउनेछन् ।