Author: Dwarika Pokhrel

  • कोषको अभावमा दक्षिण सुडानमा १९ लाख विस्थापितहरूको जीवन जोखिममा : संयुक्त राष्ट्रसङ्घ

    कोषको अभावमा दक्षिण सुडानमा १९ लाख विस्थापितहरूको जीवन जोखिममा : संयुक्त राष्ट्रसङ्घ

    दक्षिण सुडानमा सहायता कोषको अभावका कारण १९ लाखभन्दा बढी विस्थापितहरूको जीवन जोखिममा परेको संयुक्त राष्ट्रुङ्घको आप्रवासीमामिला हेर्ने निकायले बुधबार बताएको छ ।

    अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) ले विश्वको सबैभन्दा बढी विस्थापन प्रभावित देशमध्ये एकमा दक्षिण सुडानमा मानवीय आवश्यकताहरू नाटकीय रूपमा स्रोतभन्दा बढी भइरहेको बताएको छ ।

    “महत्वपूर्ण आर्थिक अभावले दक्षिण सुडानमा १९ लाखभन्दा बढी विस्थापित व्यक्तिको जीवन जोखिममा पारिरहेको छ,” आइओएमले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ।

    विश्वको नयाँ सार्वभौम देश दक्षिण सुडान सन् २०११ मा स्थापना भएदेखि नै गृहयुद्ध, गरिबी र व्यापक भ्रष्टाचारको चपेटामा छ ।

    वर्षौंको द्वन्द्व, बाढी र अस्थिरताका कारण आफ्नै विस्थापनको सामना गरिरहेको दक्षिण सुडान छिमेकी सुडानमा द्वन्द्वबाट भागेर नयाँ आउनेहरूको व्यवस्थापन समस्यासँग पनि जुधिरहेको आइओएमले जनाएको छ ।

    आइओएमले भनेको छ, “सन् २०२३ अप्रिलमा सुडानमा युद्ध सुरु भएदेखि १३ लाखभन्दा बढी मानिसहरू दक्षिण सुडानमा प्रवेश गरेका थिए ।

    आइओएमले यसले सीमावर्ती समुदायहरू, देशको अत्यधिक सेवा र कमजोर पूर्वाधारमा ‘ठूलो दबाब’ सिर्जना गरेको बताएको छ।

    “दक्षिण सुडानले असाधारण बोझ बोकेको छ र कोषको कमीले लाखौँको लागि दिगो समाधानको प्रगतिलाई कमजोर पार्ने जोखिम छ,“ आइओएम परियोजनाका उपमहानिर्देशक उगोची डेनियलले भन्नुभयो ।

    उहाँले भन्नुभयो, “विस्थापित परिवार र पाहुना समुदायहरूले आफ्नो जीवन पुनर्निर्माण गर्न कोशिस गरिरहेका छन्, तर यहाँ वास्तविक तनाव छ।

    निरन्तर सहयोग र शान्तितर्फको प्रगतिबिना यी समुदायहरूले नयाँ अस्थिरता र विस्थापनको सामना गर्न सक्छन्।”

    आइओएमले सन् २०२६ को प्रतिकार्य योजनाका लागि व्यवस्था गरिएको २९ लाख अमेरिकी डलर सहयोगका लागि निकै कम भएको बताएको छ ।

    संयुक्त राष्ट्रसङ्घमा सबैभन्दा ठूलो योगदानकर्ता रहँदै आएको संयुक्त राज्य अमेरिकाले सन् २०२५ जनवरीमा राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा फर्केपछिे आफ्नो वैदेशिक सहायता कोष कटौती गरेको छ । अन्य देशहरूले पनि आफ्नो सहयोगको राशीको सीमा कडा गरेका छन् ।

    संयुक्त राष्ट्र संघका अनुसार दक्षिण सुडानका राष्ट्रपति साल्भा कीर र उहाँका लामो समयदेखिका प्रतिद्वन्द्वी रिक माचरका समर्थकहरूबीच हालैका हप्ताहरूमा हिंसा बढेको छ – यसको अधिकांश भाग जोङलेई राज्यमा केन्द्रित छ जहाँ कम्तिमा दुई लाख ८० हजार मानिसहरू विस्थापित भएका छन् ।

    द्वन्द्वले दुई ठूला जातीय समूहहरूलाई एक अर्का बिरूद्ध उक्साएको छ । डिन्का समुदायलाई प्रायः कीरसँग निकट रहेको छ भने नुएर प्रायः माचरसँग सहकार्य गरेको छ ।

  • एपस्टीनसँग सम्बन्ध रहेको तर कुनै अपराधमा नरहेको बिल गेट्सको दावी

    एपस्टीनसँग सम्बन्ध रहेको तर कुनै अपराधमा नरहेको बिल गेट्सको दावी

    बिल गेट्सले जेफ्री एपस्टिनसँग सम्बन्ध गरेर ‘ठूलो गल्ती’ गरेको स्वीकार गर्नुभएको छ।

    उहाँले आफ्नो ‘परोपकारी सङ्गठन’ कर्मचारीहरूसँग भन्नुभएको छ, “उहाँको दुई रूसी महिलाहरूसँग सम्बन्ध रहेको भएपनि उहाँ ती बदनाम वित्तकर्मीको अपराधमा संलग्न हुनुभएको थिएन।” 

    दोषी यौन अपराधी एपस्टीनसँग घनिष्ठ मित्रता, अवैध वित्तीय लेनदेन र निजी फोटो भेटिएका माइक्रोसफ्टका सह–संस्थापक अमेरिकी न्याय विभागले जारी गरेको कागजातहरूमा देखा परेका प्रमुख नामहरूको सूचीमध्ये एक हुनुहुन्छ ।

    मङ्गलबार गेट्स फाउन्डेसनका कर्मचारीहरूसँग टाउन हलमा गेट्सले एपस्टीनसँगको उहाँको सम्बन्धले उहाँको परोपकारी सङ्गठनको कामलाई असर पारेकोमा खेद व्यक्त गर्नुभएको वाल स्ट्रिट जर्नलले पुष्टि गरेको छ।

    “एपस्टीनसँग ‘समय बिताउनु ठूलो गल्ती’ थियो र गेट्स फाउन्डेशनका अधिकारीहरूलाई एपस्टीनसँग बैठकमा ल्याउनु पनि ठूलो गल्ती थियो,” उहाँले भन्नुभयो ।

    “मैले गरेको गल्तीको कारण यसमा तानिएका अन्य व्यक्तिहरूसँग म माफी माग्छु,” उहाँले भन्नुभयो ।

    न्याय विभागले जारी गरेको कागजातमध्ये एक मस्यौदा इमेलमा एपस्टीनले गेट्सलाई विवाहेत्तर सम्बन्धमा संलग्न भएको आरोप लगाउनुभएको छ र जसमा भनिएको छ, “गेट्ससँगको उहाँको सम्बन्ध ‘बिललाई ड्रग्स प्राप्त गर्न मद्दत गर्ने, रूसी केटीहरूसँग यौन सम्बन्धको परिणामको सामना गर्न, विवाहित महिलाहरूसँग उहाँको अवैध प्रयासलाई सहज बनाउनसम्म’ थियो।”

    –मैले केही पनि अवैध देखेको छैन–

     टाउन हलमा दुई घटनालाई स्वीकार गर्दै ७० वर्षीय बिल गेट्सले भन्नुभयो, “मेरो एक रूसी ब्रिज प्लेयरसँग सम्पर्क थियो, जसले मलाई ब्रिज कार्यक्रमहरूमा भेटेका थिए । त्यसैगरी अर्को रूसी परमाणु भौतिकशास्त्रीसँग मैले व्यापारिक गतिविधिहरूको माध्यमबाट भेटेको थिएँ ।”

    उहाँले एपस्टीनका पीडितहरूसँग कुनै संलग्नता अस्वीकार गर्नुभयो, जसको कम उमेरका केटीहरूको यौन तस्करीको मुद्दाको पर्खाइमा सन् २०१९ मा न्यूयोर्कको जेलको कोठरीमा मृत्यु भएको थियो ।

    “मैले कुनै अवैध काम गरेको थिइन । मैले केही पनि अवैध सम्बन्ध थाहा पाएकोे थिइन,” गेट्सले टाउन हलका सहभागीसँग भन्नुभयो ।

    विशाल प्रविधि उद्यमी गेट्सले भन्नुभयो, “एपस्टीनसँग मेरो सम्बन्ध उहाँले वेश्यावृत्तिको लागि एक नाबालिगलाई आग्रह गरेको तीन वर्ष पछि सन २०११ मा सुरु भएको थियो ।

    एपस्टीनको यात्रामा प्रतिबन्ध लगाउने ‘१८ महिनाको बिषय’ को बारेमा थाहा भएको तर उहाँको पृष्ठभूमि जाँच नगरेको गेट्सले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “उहाँकी तत्कालीन पत्नी मेलिन्डाले सन् २०१३ मा एपस्टीनको बारेमा चिन्ता व्यक्त गर्नुभएको थियो तर उहाँले कम्तिमा अर्को वर्षसम्म सम्बन्ध जारी राख्नुभयो।”

    गेट्सले संस्थाका कर्मचारीसँग भन्नुभयो, “मैले अहिले के थाहा पाएको छु भन्ने कुरा तपाइहरूलाई पनि थाहा छ, विगतमा उहाँको अपराधको सन्दर्भ अपराध मात्र नभएर सय गुणा खराब व्यवहार हो।”

    गेट्स फाउन्डेसनले भनेको छ, “गेट्सले एपस्टीन मुद्दा र अन्य मुद्दाहरूलाई संस्थाको अन्य बिषयमा यसको निर्धारित अर्धबार्षिक कार्यक्रममा सम्बोधन गर्नुभएको थियो ।”

    “बिल गेट्सले बैठकमा धेरै प्रश्नहरूको विस्तृत जवाफ दिँदै स्पष्ट रूपमा बोल्नुभएको थियो र आफ्नो कार्यको जिम्मेवारी लिनुभएको थियो,” संस्थाले एएफपीलाई दिइएको विज्ञप्तिमा भनिएको छ।

  • धार्मिक एकताको नमूना : मर्‍याङडाँडामा त्रि–धार्मिक संरचना निर्माण

    धार्मिक एकताको नमूना : मर्‍याङडाँडामा त्रि–धार्मिक संरचना निर्माण

    भोजपुर, १४ फागुनः धार्मिक विविधताबीच एकता, सहअस्तित्व र आपसी सद्भाव कायम गर्ने उद्देश्यले जिल्लाको अरुण गाउँपालिकास्थित मर्‍याङडाँडामा त्रि–धार्मिकस्थल निर्माण गरिएको छ । यहाँ एउटै परिसरमा हिन्दू, बौद्ध र किरात धर्मसँग सम्बन्धित संरचनाहरू निर्माण गरिएका हुन् । 

    धर्मका नाममा विभाजन होइन, एकता र सहिष्णुताको सन्देश प्रवाह गर्ने लक्ष्यसहित अरुण आध्यात्मिक प्रतिष्ठानले करिब ५० रोपनी क्षेत्रफलमा फैलिएको यस स्थानमा योजनाबद्ध रूपमा संरचना निर्माण गरेको हो । प्रतिष्ठानका सचिव सोमनाथ शर्माले तीन वटै धर्मावलम्बीले एकैस्थानमा आफ्ना धार्मिक परम्परा, संस्कार र अभ्यासलाई निरन्तरता दिन संरचना निर्माण गरिएको बताउनुभयो ।

    हिन्दू धर्मावलम्बीका लागि आकर्षक शैलीमा मन्दिर, किरात समुदायका लागि सांस्कृतिक पहिचान झल्कने मानखिम घर तथा बौद्ध धर्मावलम्बीका लागि शान्तिको प्रतीक स्तूपा निर्माण गर्नुका साथै धार्मिक ज्ञान आदान–प्रदानलाई संस्थागत बनाउन पाठशाला सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो । हाल उक्त पाठशालामा ७२ जना प्रशिक्षार्थी अध्ययनरत छन् । उनीहरूले तीनै धर्मसम्बन्धी आधारभूत तथा व्यावहारिक ज्ञान हासिल गरिरहेका छन् ।

     “यसका अतिरिक्त गौशाला, बहुउद्देश्यीय सभाहल, भोजनालय, अतिथि गृह, योगशालालगायतका संरचनाहरू निर्माण गरिएका छन् । यहाँ नियमित रूपमा ध्यान, योग, सत्सङ्ग, प्रवचन, भजन–कीर्तन तथा धार्मिक–सांस्कृतिक कार्यक्रम सञ्चालन हुँदै आएका छन्”, सचिव शर्माले बताउनुभयो,“विशेष पर्व–उत्सवका अवसरमा तीनै धर्मका अनुयायीहरू एकैस्थानमा भेला भएर कार्यक्रम आयोजना गर्ने परम्परा बसाल्ने प्रयास भइरहेको छ । यसले स्थानीयस्तरमा आध्यात्मिक चेतना अभिवृद्धि हुनाका साथै सामाजिक एकता अझ सुदृढ बन्ने हाम्रो विश्वास छ ।”

    विसं २०७७ देखि सुरु गरिएको निर्माण कार्यमा हालसम्म सङ्घीय र प्रदेश सरकार तथा जिल्लाका नौवटै स्थानीय तह तथा विभिन्न सङ्घ–संस्थाको सहयोगमा करिब रु आठ करोड बराबरको लगानी प्राप्त भएको प्रतिष्ठानले जनाएको छ । चरणबद्ध रूपमा संरचना विस्तार गर्ने योजनाअनुसार हाल भारतीय दूतावासको करिब रु चार करोड र गाउँपालिकाको रु एक करोड लागत साझेदारीमा विद्यालय भवन निर्माण भइरहेको छ ।

    समाजसेवी डा लोचन कार्कीले यस क्षेत्रलाई धार्मिक तथा ‘दिव्यभूमि’का रूपमा विकास गर्ने लक्ष्यसहित आफ्नो परिवारले करिब ३० रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको बताउनुभयो । “त्रि–धार्मिक स्थलको स्थापनाले धार्मिक पर्यटन प्रवर्द्धनमा समेत उल्लेखनीय टेवा पुग्ने अपेक्षा गरिएको छ । धार्मिक सहअस्तित्वको सन्देश दिने यस्तो संरचनाले देश–विदेशबाट पर्यटक भित्र्याउन मद्दत पुग्नेछ”, उहाँले भन्नुभयो ।

     बौद्ध धर्मका जानकार (लोचावा) पुण्यप्रसाद सुवेदीले आफ्नै पहल तथा विभिन्न दाताको सहयोगमा बौद्ध स्तूपा निर्माण गरिदिएको बताउनुभयो । हाल काठमाडौँमा बसोबास गर्दै आए पनि जन्मभूमिप्रति गहिरो माया राख्दै स्तूपा निर्माण गरिएको उहाँले उल्लेख गर्नुभयो । सुवेदीले धार्मिक संरचनाले स्थानीय युवापुस्तालाई आफ्नो मौलिक पहिचान र आध्यात्मिक मूल्यमान्यतासँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

    धर्मगुरु प्राडा गुरुप्रसाद सुवेदीले यस क्षेत्रलाई भविष्यमा धार्मिक अध्ययन तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्न सकिने बताउनुभयो । यहाँ धार्मिक ग्रन्थ अध्ययन, अन्तरधार्मिक संवाद, खोज, अनुसन्धान कार्यक्रम सञ्चालन गर्न सकिने उहाँको भनाइ छ ।

    प्रतिष्ठानले आगामी दिनमा प्राकृतिक चिकित्सा केन्द्र, सांस्कृतिक सङ्ग्रहालय तथा ध्यान–आश्रमसमेत स्थापना गर्ने लक्ष्य राखेको छ । यसले धार्मिक आस्था मात्र नभएर स्वास्थ्य, संस्कृति र पर्यटन क्षेत्रको विकासमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

    स्थानीयवासीका अनुसार त्रि–धार्मिकस्थलको निर्माणले अरुण क्षेत्रलाई नयाँ पहिचान दिएको छ । यो स्थान विविधतामा एकता र धार्मिक सहिष्णुताको ज्वलन्त उदाहरणका रूपमा स्थापित हुँदै गएको छ । यसलाई आगामी दिनमा राष्ट्रियस्तरमै नमूना परियोजनाका रूपमा चिनिने विश्वास गरिएको छ ।

  • हिस्तानमा वडा कार्यालय भवन निर्माण सुरु

    हिस्तानमा वडा कार्यालय भवन निर्माण सुरु

      म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा वडा कार्यालयको भवन निर्माण सुरु भएको छ । रु एक करोड आठ लाख आठ हजार ९९२ मा ठेक्का सम्झौता गरेको भण्डारी निर्माण सेवाले भवन निर्माणका लागि जग्गा व्यवस्थापनको काम थालेको हो । गाउँपालिकाका सवइञ्जिनियर मोहम्मद करिमुल्लाह मियाँका अनुसार रु एक करोड ४९ लाख ९१ हजार ४९९ लागत अनुमान गरिएको योजनाको ठेक्का प्रक्रियामा १० वटा कम्पनीले प्रस्ताव गरेका थिए ।

    सबैभन्दा कम रकम कबोलेको कम्पनीसँग ठेक्का सम्झौता भएको हो । चालु आर्थिक वर्षभित्रनै भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री दुईतले भवनमा दश वडा कोठा हुनेछन् ।

    भवनको बुधबार अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले शिलन्यास गर्नुभयो । उक्त भवन निर्माणका लागि स्थानीयवासीले चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकसँग जोडिएको पर्यटकीयस्थल महभिर झरना नजिकै रहेको रु एक करोडभन्दा बढी मूल्य पर्ने चार रोपनी क्षेत्रफलको जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।

    भक्तराज पुन, चतिमा गर्बुजा, भक्तबहादुर गर्बुजा, लोकबहादुर फगामी, लोकबहादुर पुन, भिममाया गर्बुजा, गौमाया गर्बुजा, सुनमति गर्बुजा, प्रितिम रन्तिजा, गौरी गर्बुजाले ११ कित्ता जग्गा निःशुल्क उपलब्ध गराउनुभएको अन्नपूर्ण गाउँपालिका–७ का वडाध्यक्ष मइलन गर्बुजा पुनले जानकारी दिनुभयो ।

    अघिल्लो कार्यकालमा गाउँसभाले महभिरमा वडा केन्द्र कायम गर्ने निर्णय गरेको थियो । साविक हिस्तान गाविसको केन्द्र टिकोटमा थियो । सङ्घीयतापछि पहिलो कार्यकालको सुरुदेखिनै हिस्तानको वडा कार्यालय महभिरमा भाडाको घरमा सञ्चालन हँुदै आएको छ ।

  • कर्णालीमा तीन सय ५९ वटा मतदानस्थल अति संवेदनशील

    कर्णालीमा तीन सय ५९ वटा मतदानस्थल अति संवेदनशील

    सुर्खेत । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुरक्षाका दृष्टिकोणले कर्णालीका ३५९ वटा मतदानस्थल अति संवेदनशील रहेको पाइएको छ ।

    कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले प्रदेशका १० जिल्लामा ३५९ वटा मतदानस्थल अति संमवेदनशील, ४२२ वटा संवेदनशील र १६० वटा सामान्य रहेको जानकारी दिनुभयो ।

    प्रदेशमा रहेका ९४१ वटा स्थायी र १८ वटा अस्थायी गरेर ९५९ वटा मतदानस्थल रहेका छन् । यहाँ एक हजार ४५५ वटा मतदान केन्द्रमध्ये सुरक्षाका हिसाबले ४४६ वटा मतदान केन्द्र अति संवेदशील रहेका छन् । संवेदशीलमा ६९७ र  सामान्य अवस्थाका २८४ वटा मतदान केन्द्र रहेका छन् ।

    एउटा मात्र केन्द्र भएको स्थलको सङ्ख्या कर्णालीमा ५२५, दुई केन्द्र भए ३५३, तीन केन्द्र भएको स्थल ४९, चार केन्द्र भएको स्थलको सङ्ख्या १२, पाँच केन्द्र भएको स्थलको सङ्ख्या एक, छ केन्द्र भएको स्थल एक रहेको छ । एक केन्द्र भएको अस्थायी स्थलको सङ्ख्या १८, थप मतदान केन्द्रको सङ्ख्या ४९६ रहेका छन् ।

    कर्णालीमा १२ वटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेका छन् । सुर्खेत र दैलेखमा दुई-दुई वटा र अन्य आठ जिल्लामा एक÷एक वटा निर्वाचन क्षेत्र छन् । प्रदेशमा कुल मतदाना सङ्ख्या १० लाख ३७१८ वडा रहेको कर्णालीमा ५४ वटा गाउँपालिका र २५ वटा नगरपालिका रहेका छन् ।

  • यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर

    यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर


    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज(बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८२ पैसा तोकिएको छ ।

    यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ९५ पैसा र बिक्रीदर १७१ रुपैयाँ ६६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९६ रुपैयाँ ७५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ २२ पैसा र बिक्रीदर १८८ रुपैयाँ ०० पैसा कायम गरिएको छ ।

    त्यस्तै,अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १०३ रुपैयाँ ६१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १०६ रुपैयाँ ४० पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११५ रुपैयाँ १५ पैसा ,जापानी येन १० को खरिददर नौ रुपैयाँ २६ पैसा र बिक्रीदर नौ रुपैयाँ ३० पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ १४ पैसा र बिक्रीदर २१ रुपैयाँ २३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८७ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ४० रुपैयाँ ०१ पैसा तोकिएको छ ।

    यसैगरी, थाइ भाट एकको खरिददर चार रुपैयाँ ६७ पैसा र बिक्रीदर चार रुपैयाँ ६९ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४८ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १४ पैसा र बिक्रीदर १० रुपैयाँ १८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०० पैसा र बिक्रीदर १६ रुपैयाँ ०७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ८८ पैसा र बिक्रीदर २२ रुपैयाँ ९८ पैसा तोकिएको छ ।

    यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

  •  पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

     पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना


    काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षा भईरहेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

    आज दिउँसो तराई भूभागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू(भामामा साधरणतया बादल लाग्नेछ। बाँकी पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा र बाँकी प्रदेश को पहाडी र हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।

    यस्तै, आज राती तराई भूभागका थोरै स्थानहरूमा तुँवालो रहनेछ । देशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । पहाडी भू(भागमा आंशिक बादल लाग्नेछ र तराई भूभागमा मौसम मुख्यतया सफा रहने । कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षारहिमपातको सम्भावना रहेको छ।

  • श्रीलंका विश्वकपबाट आउट, न्यूजिल्यान्ड सेमिफाइनल नजिक

    श्रीलंका विश्वकपबाट आउट, न्यूजिल्यान्ड सेमिफाइनल नजिक

    आइसीसी टी- २० विश्वकप क्रिकेटमा न्यूजिल्याण्ड सेमिफाइनल नजिक पुग्दा आयोजक मध्ये एक राष्ट्र श्रीलंका भने आउट भएको छ ।

    कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा बुधबार राति भएको खेलमा न्युजिल्याण्डसँग ६१ रनको भारी अन्तरले पराजित हुँदै श्रीलंका प्रतियोगिताबाट बाहिरिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६८ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १०७ रन बनाउन सक्यो ।

    न्युजिल्याण्डको जितमा कप्तान मिचेल स्यान्टनर र कोल म्याकोन्ची बीचको ऐतिहासिक साझेदारी बन्यो । एक समय ८४ रनमा ६ विकेट गुमाएर संकटमा परेको न्युजिल्याण्डलाई यी दुईले अन्तिम चार ओभरमा ७० रन जोड्दै सम्मानजनक स्कोरमा पुर्‍याएका थिए । स्यान्टनरले ४७ र म्याकोन्चीले महत्वपूर्ण ३१ रनको योगदान दिएपछि सातौँ विकेटका लागि ८४ रनको साझेदारी भएको थियो, जुन टी-२० विश्वकप इतिहासकै सातौँ विकेटका लागि उच्च साझेदारी हो । श्रीलंकाका महिश थिक्सनाले सुरुवाती ओभरहरूमा उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए पनि अन्तिम ओभरमा उनी महँगो सावित भए ।

    १६९ रनको लक्ष्य पछ्याएको श्रीलंकाको सुरुवात निकै खराब रह्यो । म्याट हेनरीले इनिङ्सको पहिलो बलमै ओपनर पथुम निसंकालाई बोल्ड गर्दै घरेलु दर्शकलाई स्तब्ध पारे । त्यसपछि चरिथ असलङ्का पनि सस्तैमा आउट भएपछि श्रीलंका दबाबमा आयो । न्युजिल्याण्डका स्पिनरहरूले श्रीलंकाली ब्याटरहरूलाई खुलेर खेल्न दिएनन् । रचिन रविन्द्रले घातक बलिङ गर्दै ४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए, जुन उनको टी-२० करियरकै उत्कृष्ट प्रदर्शन बनेको छ । श्रीलंकाका लागि कामिन्दु मेन्डिसले ३१ र वेलालागेले २९ रन बनाए पनि अन्य ब्याटर चल्न नसक्दा टोली लक्ष्यभन्दा धेरै पछाडि रह्यो ।

    हारसँगै श्रीलंका आफ्नै देशमा आयोजित विश्वकपको दौडबाट बाहिरिएको छ । कोलम्बोको पिच स्पिनमैत्री हुने अनुमान गरिए अनुसार न्युजिल्याण्डका स्पिनरहरूले त्यसको भरपुर फाइदा उठाए । न्युजिल्याण्डले यस खेलमा मात्र तीन ओभर मध्यम गति (सीमर) बलिङ प्रयोग गरेको थियो । जुन उसको क्रिकेट इतिहासकै दुर्लभ रणनीति थियो ।  

  • कांग्रेसलाई ११८ एनआरएन पेशाकर्मीको समर्थन

    कांग्रेसलाई ११८ एनआरएन पेशाकर्मीको समर्थन


    काठमाडौँ । अमेरिका लगायतका विभिन्न मुलुकमा बसोबास गर्दै आएका विभिन्न पेशामा आबद्ध गैरआवासीय नेपालीले आगामी प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसलाई मतदान गर्न अपील गरेका छन् । विभिन्न मुलुकमा बस्दै आएका ११८ जना डाक्टर, इन्जिनियर, प्राध्यापकलगायत विभिन्न पेशाकर्मी गैरआवासीय नेपालीले निर्वाचनमा कांग्रेसलाई समर्थन गर्न अपील गरेका हुन् ।

    एक संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले नेपाली कांग्रेसलाई समर्थन गर्न अपील गरेका हुन् । नेपाली कांग्रेसभित्र सुधारको प्रक्रिया शुरू भएको जनाउँदै “बदलियो कांग्रेस, बदल्छौँ देश” भन्ने नारासहित पार्टी निर्वाचनमा होमिएको उल्लेख गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

    विविध भाषाभाषी, जातजाति र सांस्कृतिक पृष्ठभूमि भएको मुलुकमा समावेशी राजनीतिक शक्तिका रूपमा नेपाली कांग्रेसले नै देशलाई एकताबद्ध र समृद्धिको मार्गमा डोहोर्याउन सक्ने उल्लेख छ ।

    गैरआवासीय नेपालीहरूले नेपालको लोकतान्त्रिक आन्दोलन, शान्ति प्रक्रिया तथा संविधान निर्माणमा कांग्रेसको नेतृत्वदायी भूमिकालाई स्मरण गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको प्रभावकारी कार्यान्वयनका लागि अनुभवी र लोकतन्त्रप्रति प्रतिबद्ध नेतृत्व आवश्यक रहेको जनाएका छन् ।

    अमेरिकास्थित प्राध्यापक डा यादव पण्डितले नेपाली कांग्रेसले आफ्नो प्रतिज्ञापत्रमा मुलुकको रूपान्तरणकारी र स्पष्ट मार्गदर्शन सहितको भिजन र कार्ययोजना ल्याएकाले यो आम चुनावमा कांग्रेस नै एकमात्र भरपर्दो विकल्पको रुपमा उपस्थित भएको जानकारी दिए ।

    वंशजको नेपाली नागरिकताको निरन्तरता तथा गैर आवासीय नेपाली नागरिकताको कार्यान्वयन लगायतका मुद्दामा नेपाली कांग्रेसले स्पष्ट प्रतिबद्धता ल्याएको र अरु दलहरूको लोकतन्त्र प्रतिको आस्थाको अझै परीक्षण हुन बाँकी रहेकाले नेपाली कांग्रेसको विकल्प मुलुकमा अझै स्थापित भैनसकेको उनको भनाइ छ ।

    संयुक्त विज्ञप्तिमा अहिले मुख्य चुनौतीका रूपमा रोजगारी अभाव, उद्योगधन्दाको कमजोर अवस्था, पूर्वाधार आयोजनामा ढिलाइ, शिक्षा र सीपबीचको अन्तर, तथा सरकारी तहमा देखिएको भ्रष्टाचार र सेवा प्रवाहको सुस्ततालाई रहेको उल्लेख गर्दै छिमेकी मुलुकहरू तीव्र आर्थिक वृद्धि र प्रविधि विकासतर्फ अघि बढिरहेको अवस्थामा नेपालले समयमै निर्णय लिन नसके श्रम निर्यातमुखी अर्थतन्त्रमै सीमित हुने खतरा बढ्ने चेतावनीसमेत दिइएको छ ।

    नेपाल लामो समयदेखिको राजनीतिक संक्रमण, बारम्बार सरकार परिवर्तन, नीतिगत निरन्तरताको अभाव तथा कार्यान्वयन कमजोर हुँदा थकित बनेको जनाउँदै यसले जनताको धैर्य क्षीण बनाएको र विशेषगरी युवाहरू परिणाममुखी नेतृत्वको खोजीमा रहेको जनाइएको छ।

    संसार भरिरहेका लोकतन्त्रवादी बुद्धिजीवीहरूले आगामी संसद् संख्यात्मक समीकरणभन्दा पनि प्रभावकारी, जिम्मेवार र जनभावनाको प्रतिनिधित्व गर्ने हुनुपर्ने बताउँदै सुशासन, पारदर्शिता, रोजगारी सिर्जना र युवाहरूको सुरक्षित भविष्य सुनिश्चित गर्न कांग्रेसलाई नै जिम्मा दिनु पर्ने जनाएका छन् ।

    विज्ञप्तिमा सम्पूर्ण नेपाली मतदातालाई आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई समर्थन गर्न आग्रह गर्दै मुलुकलाई स्थायित्व, सुशासन र दिगो विकासतर्फको यात्रामा अगाडि बढाउन नयाँ नेतृत्वसहित अगाडि बढेको कांग्रेसलाई नै अवसर दिनु पर्ने जिकिर गरिएको छ ।

  • टी २० विश्वकप : पाकिस्तानलाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा

    टी २० विश्वकप : पाकिस्तानलाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा


    काठमाडौं । आइसीसी टी २० विश्वकपमा पाकिस्तानलाई पराजित गर्दै इङ्ल्यान्ड सेमिफाइनल प्रवेश गरेको छ । श्रीलङ्काको पालेकेले स्टेडियममा भएको सुपर ८ अन्तर्गतको खेलमा इङ्ल्यान्डले पाकिस्तानलाई २ विकेटले पराजित गर्दै इङ्ल्यान्ड सेमिफाइनल प्रवेश गरेको हो ।

    टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रन बनाएको थियो । पाकिस्तानले दिएको १६५ रनको विजयी लक्ष्य पछाएको इङ्ल्यान्डले १९.१ ओभरमा ८ विकेट गुमाउँदै १६६ रनसहित लक्ष्य पूरा गरेको हो ।

    इङ्ल्यान्डको जितमा कप्तान ह्यारी ब्रोकले शतकीय पारी खेले । उनले ५१ बलमा १० चौका र चार छक्का सहित १०० रन बनाएका हुन् । ओपनरद्वय फिल साल्ट र जोश बट्लर सस्तैमा पेभेलियन फर्किदा ह्यारी ब्रुकको शतकीय पारीले इङ्ल्यान्डको जिततर्फ उन्मुख गरेको हो । साम करनले १६ र विल ज्याक्सले २८ रन बनाए . लियम डुवासन १ रन र जोफ्रा आर्चर ५ रनमा अविजित रहे ।

    पाकिस्तानका लागि बलिङ तर्फ शाहिंन शाह अफ्रिदीले सर्वाधिक ४ विकेट लिए मोहम्मद नवाज र उस्मान तारिकले समान २/२ विकेट लिए ।
    इङ्ल्यान्डले लगातार दुई खेल जित्दै ४ अङ्क जोड्दै सेमिफाइनल पुगेको हो ।