Blog

  • निलम्बित गभर्नरले दायर गरेको रिटमाथि आज पहिलो सुनुवाइ हुँदै

    निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतविरुद्ध दिएको रिटमा न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा सुनुवाइ हुने भएको छ ।

    पदमुक्त गर्ने प्रयोजनले आफूविरुद्ध जाँचबुझ समिति बनाएको भन्दै अधिकारीले मन्त्रिपरिषद्को निर्णयलाई सर्वोच्च अदालतमा चुनौती दिएका थिए । अधिकारीको उक्त रिटमाथि सर्वोच्च अदालतमा आजदेखि सुनुवाइ हुन लागेको हो ।

    गत चैत २४ मा मन्त्रिपरिषद्ले गभर्नरविरुद्ध सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भणडारीको अध्यक्षतामा जाँचबुझ समिति गठन गरेसँगै उनी स्वतस् निलम्बनमा परेका छन् । आफ्नो निलम्बनविरुद्ध सर्वोच्च पुगेका अधिकारीले अन्तरिम आदेश मार्फत् जाँचबुझ समितिलाई कामकाज गर्न रोक लगाउन र आफूलाई नियमित काममा फर्काउन माग गरेका छन् ।

    अर्थमन्त्री जनार्दन शर्माले पूर्वाग्रहपूर्ण तरिकाले आफूलाई हटाउन जाँचबुझ समिति गठन गरेको, समितिको नेतृत्व आफ्नै नातेदारलाई दिएको र समिति सदस्यहरूमा पनि अर्थमन्त्री शर्मा आवद्ध नेकपा माओवादी केन्द्रका कार्यकर्तालाई राखेको भन्दै जाँचबुझ समितिकै वैधानिकतामा चुनौति दिएका छन् ।

  • प्रचण्डले भने पत्रकार सम्मेलनमा निर्वाचन कुनै हालतमा सर्दैन

    प्रचण्डले भने पत्रकार सम्मेलनमा निर्वाचन कुनै हालतमा सर्दैन

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन कुनै हालतमा पनि नसर्ने बताएका छन् ।अनुमानको भरमा निर्वाचन सर्छ कि भन्ने चर्चा चल्ने गरेको भएता पनि निर्वाचन कुनै हालतमा पनि नसर्ने बताएका हुन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै दाहालले सोमबार भने, ‘सरकार र गठबन्धनको निर्वाचन सार्ने कुनै मनसाय छैन ।’ उनले नेपालमा मतदानको दिनसमेत निर्वाचन सर्छ भन्ने चर्चा हुने गरेको भन्दै अहिले निर्वाचन सर्ने चर्चामा कुनै सत्यता नभएको बताए । दाहालले वैशाख ३० गतेको निर्वाचनका लागि सत्तारुढ गठबन्धन एकताबद्ध भएर जाने तयारीमा रहेको दाबी गरे । उनले सोमबार नै महानगर र उपमहानगरमा चुनाव तालमेलबारे निर्णय हुने बताए ।

  • कांग्रेसमा मन्त्रीसहित १८ जनाको आवेदन पोखराको मेयर बन्न

    कांग्रेसमा मन्त्रीसहित १८ जनाको आवेदन पोखराको मेयर बन्न

    पोखरा महानगरपालिकाको मेयर पदको उम्मेदवार बन्न नेपाली कांग्रेसबाट बहालवाला मन्त्रीसहित १८ जनाले आवेदन दिएका छन् । आइतबार कांग्रेसको पोखरा महानगर समितिमा गण्डकी प्रदेशका कानुनमन्त्री विन्दुकुमार थापासहित १८ जनाले आवेदन दिएका हुन् । मेयर पदको उम्मेदवारका आकांक्षीलाई आइतबार ४ बजेसम्म आवेदन दिन भनिएको थियो । महानगर कमिटी सचिव गणेशबहादुर थापाका अनुसार महानगर प्रमुखको उम्मेदवारका लागि आवेदन दिनेमा सुदीपमोहन भट्टराई, परमेश्वर पोखरेल, निर्मलप्रसाद कर्मचार्य, कृष्णबहादुर केसी, बाबुराम आचार्य, सरस्वती गुरुङ, नन्दप्रसाद तिवारी, गंगाधर पराजुली, वीरेन्द्र नारायण बिजुक्छे, विश्वशंकर पालिखे, किशोरदत्त बराल, बाबुराम गिरी, गणेश बहादुर भट्टराई, कोपिला रानाभाट, किरण केसी, विश्व घिमिरे र ऋषि सापकोटा छन् । महानगर उपप्रमुखको उम्मेदवारका लागि १० जनाले आवेदन दिएका छन् । सचिव थापाका अनुसार आवेदन दिनेमा माया बराल कार्की क्षेत्री, लक्ष्मी पाण्डे क्षेत्री, रंगिला आचार्य, आनन्दी राणा कार्की, टीकाकुमारी गुरुङ, दीपक महत, मिलन थापा, चिनु गुरुङ, शिव केसी र गोविन्द नेपाली छन् ।
    कांग्रेसबाट महानगर प्रमुख बन्न आकांक्षीले २५ हजार उपप्रमुख आकांक्षीले २० हजार रुपैयाँ तिरेर नाम दर्ता गरेका हुन् ।

  • कांग्रेसबाट ७ जनाको नाम सिफारिस ललितपुर महानगरको मेयरका लागि

    कांग्रेसबाट ७ जनाको नाम सिफारिस ललितपुर महानगरको मेयरका लागि

    नेपाली कांग्रेस ललितपुर महानगर समितिले मेयरका लागि सात जनाको नाम सिफारिस गरेको छ । समितिले वर्तमान मेयर चिरिबाबु महर्जनसहित अन्य ६ जनाको नाम केन्द्रमा पठाएको छ । महानगर कार्यसमितिले मेयर चिरिबाबुसहित शुभानन धाख्वा, भरतलाल न्याछ्यो, प्रेमकृष्ण महर्जन, राजेश महर्जन, गीता सत्याल र अनन्तप्रकाश श्रेष्ठको नाम सिफारिस गरेको हो ।धाख्वा ललितपुर महानगरका कांग्रेस सभापति हुन् भने न्याछ्यो कांग्रेसका पुराना पुस्ताका नेता हुन् । उनी अघिल्लोपटक पनि सिफारिसमा परेका थिए । यस्तै प्रेमकृष्ण महर्जनको नाम पनि अघिल्लो निर्वाचनमा नाम सिफारिस भएको थियो । प्रदेश सभा सदस्यमा उनी पराजित भएका थिए । सत्याल बहालवाला उपमेयर हुन् । सिफारिस परेका राजेश महर्जन महानगरका पूर्वसभापति हुन् भने श्रेष्ठ महाधिवेन प्रतिनिधि हुन् ।

  • युक्रेनलाई १२० वटा बख्तरबन्द गाडी र नयाँ एन्टी-शिप मिसाइल प्रणाली दिने बेलायतको घोषणा

    युक्रेनलाई १२० वटा बख्तरबन्द गाडी र नयाँ एन्टी-शिप मिसाइल प्रणाली दिने बेलायतको घोषणा

    बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई कीभ भ्रमणको क्रममा १२० वटा बख्तरबन्द गाडी र नयाँ एन्टी(शिप मिसाइल प्रणाली प्रदान गर्ने वाचा गरेका छन्।

    यस भ्रमणका क्रममा बोरिस जोनसनले युक्रेनलाई विश्व बैंकबाट ५० करोड डलर दिने ग्यारेन्टी बेलायतले वाचा गरेका छन् । तर, यसका लागि बेलायतको संसद्को अनुमोदन चाहिन्छ।

  • लाइसेन्सको लागी नयाँ आवेदन जेठदेखि

    लाइसेन्सको लागी नयाँ आवेदन जेठदेखि

    यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन आगामी जेठ १ गतेबाट खुला गर्ने तयारी गरेको छ ।

    लाइसेन्सका लागी नयाँ आवेदन दिनेको चाप बढेको र छाप्न बाँकी रहेको लाइसेन्सको काम सम्पन्न गर्न विभागले हाल नयाँ आवेदन बन्द गरेको छ ।

    विभागले अहिले आवेदनको पालो कुरिरहेका परीक्षार्थीको परीक्षा लिइरहेको छ ।

    नयाँ लाइसेन्सका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाख ७२ हजार पुगेको थियो । फाराम भरेकाको परीक्षाको पालो दुई वर्षपछिसम्म परेको थियो । यी काम वैशाखसम्म सम्पन्न गरेर छिटो परीक्षा दिने व्यवस्थाको तयारीमा विभाग रहेको छ ।

    विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार बाँकी रहेका डेढ लाखप्रति लाइसेन्स छाप्ने काम पनि भइरहेको छ । जेठपछि आवेदन दिएको एक हप्तामै ट्रायल दिने प्रणाली निर्माण गर्न लागिएको छ ।

    कोरोना महामारीका कारण २०७६ चैतपछि २०७७ पुससम्म आवेदन बन्द थियो । करिब एक वर्षपछि खुला गर्दा आवेदन दिनेको चाप एक्कासि बढेको थियो । कोरोनाका कारण २०७८ वैशाखदेखि बन्द भएको आवेदन कात्तिकमा खुला गरिएको थियो ।

  • बागमती प्रदेशमा बढ्यो सार्वजनिक यातायातको भाडा, बैशाख १ गतेबाट लागु हुदै

    बागमती प्रदेशमा बढ्यो सार्वजनिक यातायातको भाडा, बैशाख १ गतेबाट लागु हुदै

    काठमाडौं उपत्यकामा सञ्चालन भइरहेका सार्वजनिक यातायातको भाडा वृद्धि भएको छ।

    बागमती प्रदेशको प्रदेश सरकारले आगामी बैशाख १ गतेदेखि उपत्यकासहित बागमती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको हो।

    जारी एक सुचनामा भनिएको छ ,‘ २०७९ /१/ १  देखि लागू हुने गरी बागमती प्रदेश भित्र स‌ञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडादर देहाय अनुसार हुने गरी यस मन्त्रालयको २४  (माननीय मन्त्रीस्तर)  को निर्णयानुसार समायोजन गरिएको छ।’

    बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकामा किलोमिटरको आधारमा भाडा बढाएको हो। उपत्यकाभित्र सार्वजनिक सवारी साधनमा शून्य किलोमिटरदेखि पाँच किलोमिटरसम्म २० रुपैयाँ, १० किलोमिटरसम्म २५ रुपैयाँ, १५ किलोमिटरसम्म ३० रुपैयाँ, २० किलोमिटसम्म ३३ रुपैयाँ र २० किलोमिटरभन्दा माथि रु ३८ भाडादर कायम गरेको छ।

    यसैगरी उपत्यका बाहिरका स्थानमा चल्ने सवारी साधनमा भने २०७८ कार्तिक १ देखि यात्रुबाहक सवारीसाधनमा लागु भएको भाडामा १० प्रतिशत वृद्धि गरेको छ।

    प्रदेशमा पेट्रोलियम पदार्थबाट सञ्चालन हुने ट्याक्सीले सुरुमा ५० र प्रति २०० मिटरको भाडादर १० रुपैयाँ, विद्युतीय ट्याक्सी सेवाको हकमा प्रति २०० मिटरको भाडादर ९ रुपैयाँ कायम गरिएको छ ।

  • निर्वाचन आचारसंहिता शुक्रबार मध्यरातदेखि लागु हुदै

    निर्वाचन आचारसंहिता शुक्रबार मध्यरातदेखि लागु हुदै

    निर्वाचन आयोगले आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि शुक्रबार मध्यरातदेखि आचारसंहिता लागु गर्ने भएको छ ।

    निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता पत्रमा राजनीतिक दलको हस्ताक्षर गराइसकेको आयोगले, मतदानको दिनसम्म आचारसंहिता कार्यान्वयन गर्न लागेको हो ।

    उक्त आचारसंहिता सरकार, निजी क्षेत्र, संवैधानिक निकाय, राजनीतिक दल, सार्वजनिक पद धारण गरेका व्यक्ति, सञ्चार माध्यम, गैरसरकारी संस्था, विद्यालय, विश्वविद्यालय, शिक्षक, कर्मचारी तथा मतदातालाई लागू हुने आयोगले जनाएको छ ।

    आचारसंहिता लागु भएपछि कुनै पनि दल वा उम्मेदवारको पक्षमा भड्किलो प्रचार प्रसार गर्न पाइँदैन । कुनै पनि योजनाको शिलान्यास, उद्घाटन, सर्वेक्षण लगायतका काम गर्न पाइँदैन ।

    यसै गरी कुनै कर्मचारी नियुक्ति, सरुवा, पदस्थापन लगायतका काम गर्न पनि पाइँदैन, गर्नै परे निर्वाचन आयोगको अनुमति लिनुपर्छ । निर्वाचन प्रचारप्रसारको काम बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न पाइन्छ ।

  • बायु प्रदूणको कारण र असर

    बायु प्रदूणको कारण र असर

    केही बर्ष यता बायु प्रदूणको समस्या बढ्दै गएको देखिन्छ । बिषेश गरि बायु प्रदूण मानवीय क्रियाकलापबाट बढ्दै गएको बिभिन्न अध्ययन अनुसन्धानले देखाउँछ । बायु प्रदूषणको समस्या ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा तीव्र रुपले बृद्धि भएको छ ।

    सहरी क्षेत्रमा उद्योग धन्दा, कलकारखाना, पूराना सवारी साधनको प्रयोगमा बृद्धि लगायत अब्यबस्थित फोहोर मैला, र बढ्दो किटनाशक बिषादीको प्रयोगले बायु प्रदूण बढ्दै गएको हो । त्यसैगरी ग्रामिण क्षेत्रहरुमा आगोेलागी वा डँडेलोको कारण निस्काने धुँवा धुलोले गर्दा बायु प्रदूषण बढ्ने साथै कृषकले बिषादीको अत्याधिक प्रयोग गर्नाले पनि बायु प्रदूषण भएको पाइन्छ ।

    कार्बन मोनोअक्साइड, कार्बनडाइअक्साइड, क्लोरोफ्लोरो कार्बन, नाइट्रोजन अक्साइड, सल्फर डाइअक्साइड लगायतका हानिकारक तत्वहरुको मात्रा बृद्धि भएमा बायु प्रदूण बढ्ने गर्दछ । बायु प्रदूषणले मानब स्वास्थ्यलाई तत्कालीन रुपमा मात्र नभई दीर्घकाल सम्म नकरात्मक असर पार्दछ ।

    तत्कालीन रुपमा रुघाखोकी लाग्ने, उच्च ज्वरो आउने, निमोनिया हुने, आँखा पोल्ने आदी समस्याहरु देखिन्छ भने बिस्तारै दीर्घकालीन रुपमा फोक्सोको क्यान्सर हुने, उच्च रक्तचाप, मृगौलाको समस्या, रक्त क्यान्सर, जस्ता जटिल स्वास्थ्य समस्या देखा पर्न सक्छ । गर्भवती आमा र शिशु दुबैलाइ असर गर्दछ । त्यति मात्र नभर बायुमण्डलमा रहेको ओजोन तह पातलो पार्दछ । तसर्थ स्वस्थ जीबन जीउनको लागि मानबीय क्रियाकलापमा सुधार ल्याउनु पर्दछ ।

  • सर्लाहीको  मलंगवामा गोली प्रहारबाट भारतीय नागरिकको मृत्यु

    सर्लाहीको मलंगवामा गोली प्रहारबाट भारतीय नागरिकको मृत्यु

    सर्लाहीको सदरमुकाम मलंगवा ९ मा गोली प्रहारबाट एक जना भारतीय नागरिकको मृत्यु भएको छ।

    प्रहरीका अनुसार मृत्यु हुनेमा इन्दल महतो रहेकका छन् ।

    मृतक ब्यक्ति विहारस्थित सितामढीको कन्हौली थानाका स्थायी बासिन्दा रहेको अनुसन्धान पश्चात पत्ता लागेको हो ।