Blog

  • कंगोमा विद्रोहीको हमलामा नेपाली शान्ति सैनिकको मृत्यु

    कंगोमा विद्रोहीको हमलामा नेपाली शान्ति सैनिकको मृत्यु

    संयुक्त राष्ट्रसङ्घको आह्वानमा कङ्गोमा तैनाथ ‘नेप क्युआरएफ कम्पनी’ शान्ति सेनाको पहिलो डफफ्मा कार्यरत एक नेपाली शान्ति सैनिकको निधन भएको छ ।

    ‘अप्रेसन बाली’ का क्रममा मङ्गलबार घाइते हुनुभएका सुर्खेत घर भएका अनिल गुरुङको निधन भएको नेपाली सेनाका प्रवक्ता नारायण सिल्वालले जानकारी दिनुभयो ।

    प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा सञ्चालन गरिएको खोजतलास कारबाहीमा विद्रोहीको अब्जेक्टिभ कब्जा गरी जमिन होल्डपछि विद्रोहीबाट भएको फायर मिशनमा कार्यरत शान्ति सैनिक गुरुङ घाइते भएका थिए। घाइते गुरुङलाई हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि बुनियाँस्थित लेबल–२ अस्पतालमा भर्ना गरिएको थियो ।

    संयुक्त राष्ट्रसङ्घको महासचिवका सहायक प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै दिवङ्गत नेपाली सैनिकप्रति श्रद्धाञ्जलि तथा परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । शान्ति सैनिकमाथि गरिएको आक्रमणको संयुक्त राष्ट्रसङ्घले निन्दा गरेको छ ।

  • टाइफाइडविरुद्धको खोप चैत २५ गतेदेखि लगाइने

    टाइफाइडविरुद्धको खोप चैत २५ गतेदेखि लगाइने

    टाइफाइडविरुद्धको खोप अभियान चैत २५ गते देखि देशभर सुरु हुने भएको छ ।

    यो खोप स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा संगिता कौशल मिश्र का अनुसार १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लगाइने छ ।

    सरकारले यस बर्ष ९५ प्रतिशत बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने लक्ष्य लिएको छ। चैत २५ बाट सुरु भएको यस खोप अभियान आगमी बैशाख १८ गते सम्म चल्ने छ ।

  • राष्ट्रपति भण्डारीले पाँच वटा अध्यादेश जारी

    राष्ट्रपति भण्डारीले पाँच वटा अध्यादेश जारी

    राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा पाँचवटा अध्यादेश जारी गरेकी छन्।राष्ट्रपति भण्डारीले हिंसाका ऐनलाई संशोधन गर्ने अध्यादेश, सामाजिक सुरक्षा अध्यादेश, फौजदारी कसुरसंशोधन गर्ने अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश र नेपाल प्रहरी र प्रदेश प्रहरीकार्यसञ्चालन सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश जारी गरेकी हुन् ।

  • अन्तर्राष्ट्रिय खेलकुद दिबस

    अन्तर्राष्ट्रिय खेलकुद दिबस

    बिकास र शान्तिको लागि खेलकुद खेलकुद भन्ने मूल नाराको साथ हरेक बर्ष अप्रिल ६ तारिकको दिन बिश्व भर खेलकुद दिबस मनाइन्छ ।

    योे दिबस संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१४ देखी मनाउँदै आएको हो । खेलकुद दिबसले खेलकुदको माध्यमबाट समग्र देशको दिगो बिकास गर्ने उदेश्य लिएको छ ।

    यस दिबसको दिन प्रत्येक युवाहरुको पहलमा खेलकुद बिषेश कार्यक्रमहरु गर्दै आएको पाइन्छ । यस दिबसले देशको समृद्धिका लागि खेलकुदलाई जोड दिनुपर्छ भनि चेतना अभिबृद्धि गर्दै आएको छ ।

    खेलकुदले स्वस्थ, दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले स्वास्थ्यको दृष्टिकोणले पनि खेलकुद अत्यन्त आबश्यक देखिन्छ । त्यसैगरी सहकार्य, शान्ति र समृद्धिको लागि पनि खेलकुदको बिकास अनि बिस्तार हुनु जरुरी छ ।

    नेपालको सन्र्दभमा खेलकुदलाई बिकासमा अझै ध्यान दिनु पर्ने देखिन्छ । खेलकुदको बिकासमा खेलकुद दिबसले पनि भूमिका खेल्ने हुँदा खेलकुद दिबसलाइ भब्यताको साथ सफल पारौ ।

  • जातीय बिभेद

    जातीय बिभेद

    जातीय बिभेद हाम्रो समाजमा बिद्यमान कुप्रथा वा कुसंस्कार हो । हाम्रो समाजमा अझै पनि जातीय बिभेद कायम नै रहेको देखिन्छ । जात जाति धर्म अनि संस्कृतिको आधारमा बिभेद गर्नु कानुन बिपरित कार्य भएता पनि समाजमा दलितलाइ हेर्ने नकरात्मक दृष्टिकोणमा परिवर्तन भने अझै आउन सकेको छैन । जातीय बिभेदलाइ नेपालको जटिल समस्याको रुपमा लिइन्छ । यसले कुनै दलित ब्यक्ति, सम्बन्धित परिवार र समाजलाइ मात्र नभई समग्र देशलाइ नकरात्मक प्रभाब पारिरहेको छ । जातीय बिभेदलाइ निर्मूल पार्नको लागि बिभिन्न प्रयासहरु भने नभएका होइनन् । नेपालको संबिधान २०७२ मा दलितको हक अधिकारको ब्यबस्था गरिएको छ । बिभिन्न सामाजिक संघ संस्थाहरु पनि सक्रिय रुपमा जातीय बिभेद बिरुद्ध आवाज उठाउँदै आएका छन् । सबै जात जातीका मानिसहरु एकै हुन् भनि चेतना बृद्धि गर्दै आएका छन् । तर पनि जातीय बिभेद पूर्ण रुपमा उन्मुलन हुन सकेको छैन । कतिपय शिक्षित भनिने ब्यक्तिबाट नै दलितहरु अपहेलित हुन पुगेका छन् ।फलस्वरुप समाजमा द्धन्द्ध अशान्ति सिर्जना भएको छ दलित भएकै कारण ठूला जाति सङ्ग सम्बन्ध बिस्तार गर्ने क्रममा हत्या हिंसा भइरहेको छ । समाजमा जात जाति बिच बिभेद हुनु देशलाई असर पर्नु हो जब सम्म जात जाति बिच हुने बिभेदको अन्त्य हुँदैन तब सम्म देशको आर्थिक, सामाजिक बिकास, एकता एबमं शान्ति कायम हुन सक्दैन तसर्थ जातजाती बिच हुने असमानता हटाउन प्रत्यक ब्यक्तिले आफ्नो ब्यबहार र चालचलनलाइ सभ्य बनाउनु जरुरी छ । अन्तर जातीय बिवाहलाई प्रोत्साहन गर्नु आबश्यक छ । संबिधानमा उल्लेख गरिएका दलितका हक अधिकारका लागि पहल गर्ने राज्यले जातीय बिभेद गर्नेलाई कानुन बमोजिम सजाएको ब्यबस्था गर्ने र संबिधानमा ब्यबस्था गरिएको हक अधिकारलाई कठोरता पूर्बक कार्यान्वयनमा ल्याउने गरेमा जातीय बिभेदलाई निर्मूल पार्न सकिन्छ ।

  • लेटाङ घटना प्रकरणमा  २० जनाविरुद्ध जिल्ला अदालतमा कर्तब्य ज्यान मुद्दा दायर

    लेटाङ घटना प्रकरणमा २० जनाविरुद्ध जिल्ला अदालतमा कर्तब्य ज्यान मुद्दा दायर

    मोरङको लेटाङ घटना प्रकरणमा संलग्न २० जनाविरुद्ध सोमबार प्रहरीले जिल्ला अदालतमा कर्तब्य ज्यान मुद्दा दायर गरेको छ ।
    चैत ६ गते लेटाङको शिक्षा माध्यामिक विद्यालयको कक्षा ६ मा अध्यनतर एक बालिका माथी सोही बिद्यालयको शिक्षक विजय पौडेलले यौन दुर्व्यवहार गरेपछि प्रहरी टोलीले शिक्षक पौडेललाई नियन्त्रण गर्ने क्रममा आक्रोसित भिडको आक्रमणबाट २६ वर्षीया महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । उक्त घटनामा संलग्न २० जना बिरुद्ध प्रहरीले कर्तब्य मुद्दा दायर गरेको हो ।

    पक्राउ परेका २० जना मध्य १०जना सोही बिद्यालयका बिद्यार्थीहरु रहेका छन् । साथै प्रहरीले अनुसन्धान कार्य तिव्र रुपले अघि बढिरहेको छ ।

  • आगलागी त्रिभुवन विश्वविद्यालय परिसरको जंगलमा

    आगलागी त्रिभुवन विश्वविद्यालय परिसरको जंगलमा

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको जंगलमा आगलागी भएको छ। केहीबेर अघिबाट आगलागी सुरु भएको कीर्तिपुर प्रहरीले जनाएको छ। प्रहरीका अनुसार काठमाडौं उपत्यकामा रहेका दमकलहरु बोलाइएको छ। आगो नियन्त्रणका लागि स्थानीय र सुरक्षाकर्मीहरु परिचालन गरिएको छ।

  • जीवन शैलीमा परिवर्तन ल्याएमा स्वस्थ जीवन जिउन सकिने

    जीवन शैलीमा परिवर्तन ल्याएमा स्वस्थ जीवन जिउन सकिने

    प्रत्येक ब्यक्तिले स्वस्थ जीबन जिउनको लागि जीवन शैलीमा ध्यान दिनुपर्छ । बिश्वब्यापी महामारी कोभिड १९ का कारणले केही मात्रामा अधिकांश मानिसको जीवन शैलीमा परिवर्तन आएको देखिन्छ ।

    हाल कतिपय ब्यक्तिले आफ्ना खराब जीवन शैलीलाई सुधार गरी स्वस्थ र सुरक्षित जीवन शैलीको सुरुवात गर्दै आएका छन् । कोभिडको कारण ब्यक्तिमा डर त्रास बढे सङ्गै जीबन शैलीमा पनि सकारात्मक परिवर्तन आएको अनुमान गर्न सकिन्छ ।

    हाल हरेक ब्यक्तिले स्वास्थ्य मापदण्डको पालना गर्न थालेका छन् । ब्यक्तिगत तथा बातावरणीय सरसफाइ तथा खापानमा पनि ध्यान दिन थालेका छन् । ब्यक्तिमा स्वास्थ्य सम्बन्धि सचेतना तिव्र रुपमा बृद्धि भए सङ्गै स्वास्थ्य शिक्षामा जोड दिन थालेका छन् ।

    स्वस्थ जीवन शैली स्वस्थ जीबनको मूल आधार पनि हो । खराब जीबन शैलीको कारण करिब ९० प्रतिशत रोगहरु लाग्ने गर्दछ । यी रोगहरुबाट टाढा रहन स्वस्थ जीवन शैली अबलम्बन गर्नु आबश्यक छ ।

    मधुमेह, मुटु सम्बन्धी रोगहरु, उच्च रक्तचाप, लगाएतका जटिल प्रकृतिका रोगहरु खराब जीवन शैलीको कारण लाग्ने बिज्ञहरुले गरेका अध्ययन अनुसन्धानले देखाउँछ ।

    स्वस्थ जीबन शैली र स्वस्थ रहनका लागि खानपानमा ध्यान दिनुपर्छ जस्तै जङ्फुडको प्रयोगमा कमी ल्याउने, पोषणयुक्त खानेकुरा खाने गनुपर्छ । बाताबरणीय सरसफाइमा ध्यान दिनुपर्छ । यसो गरेका जीबन शैलीमा परिवर्तन हुनुका साथै स्वस्थ जीबन जीउन सकिन्छ ।

  • १५ प्रतिशतले बढ्यो लामो दुरीको यातायात भाडा

    १५ प्रतिशतले बढ्यो लामो दुरीको यातायात भाडा

    सरकारले लामा दूरीको यातायात भाडा १५ प्रतिशले बृद्धि गरेको छ । यातायात व्यवस्था विभागका अनुसार पहाडमा मालबाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाएको छ ।

    यातायात व्यवसायीहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै यातायात भाडा पनि बढाउनुपर्ने गुनासो ब्यक्त गर्दै आएका थिए ।

    उपत्यकामा चल्ने सार्वजनिक सवारी साधन को भाडा पनि बढाउन यातायात ब्यबसायिले प्रदेश सरकारलाई माग गर्दै आएका छन् ।

  • आइतबार प्रधानमन्त्री  देउवा स्वदेश फर्किए

    आइतबार प्रधानमन्त्री देउवा स्वदेश फर्किए

    आइतबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमण सकाएर नेपाल एयरलाईन्सको विमान मार्फत स्वदेश फर्किएका छन् ।

    देउवा लाई विमानस्थलमा कार्यावाहक प्रधानमन्त्री बालकृष्ण खाँण, सभामुख अग्निप्रसाद सापकोटा लगाएत नेपाल सरकार उच्च पदस्थ कर्मचारीहरु तथा नेपली सेनाहरुले स्वागत गरेका थिए ।

    प्रधानमन्त्री शेरबहादुर देउवा गत शुक्रबार भारत भ्रमणका लागि गएका थिए