नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) पल्सर स्पोर्टस अवार्डको २१औं संस्करणको चार विधाको मनोनयन सार्वजनिक भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार कार्यक्रम गर्दै वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको हो ।
विस २०८० मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा गरेको प्रदर्शन र नतिजालाई आधार मानेर मनोनयन गरिएको मञ्चका महासचिव प्रज्वल ओलीले जानकारी दिए ।
चारवटै विधामा उत्कृष्ट पाँच/पाँच जना खेलाडी र प्रशिक्षक मनोनयनमा परेका छन् । मञ्चका महासचिव प्रज्वल ओलीको संयोजकत्वमा गठित सात सदस्यीय छनोट समितिले वर्ष खेलाडी र प्रशिक्षकको छनोट गरेको हो ।
कास्की : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत टेनिसमा विभागीय टोली नेपाली सेना चार स्वर्णसहित १० पदक जितेर टिम च्याम्पियन बनेको छ ।
यसैगरी गण्डकी प्रदेशले तीन स्वर्ण र दुई कास्य सहित पाँच पदक जितेर द्वितीय बन्न सफल भएको छ ।
बागमती प्रदेशले एक कास्य र चार रजत पदक जित्दा सशस्त्र प्रहरीले एक कास्य र तीन रजत पदक जितेको हो । नेपाल प्रहरीले एक रजत र तीन कास्य पदक जित्दा एनआरएनले भने एक रजतमा जित्यो ।
त्यस्तै आज सम्पन्न टेनिसको पुरुष एकलतर्फको प्रतिस्पर्धामा गण्डकीका प्रदीप खड्का र महिलातर्फ नेपाली सेनाका अभिलाषा विष्टले स्वर्ण पदक जिते ।
पोखरा रङ्गशालाको टेनिस कोर्टमा भएको अन्तिम चरणको प्रतिस्पर्धामा पुरुष एकलमा गण्डकीका खड्काले एनआरएनएका आरभ सम्राट् हाडालाई ७–६, ६–३ सेटमा जित निकाल्दै स्वर्ण पदक जितेका हुन् ।
यसैगरी महिला एकलतर्फको प्रतिस्पर्धामा सेनाका अभिलाषाले सेनाकै इरा रावतलाई ६–१, ६–६ सेटमा पराजित गर्दै स्वर्ण पदक जिते ।
पुरुष एकलतर्फ गण्डकीले स्वर्ण र एनआरएनले रजत पदक जित्दा सशस्त्र प्रहरीका सन्तोष खत्री र सेनाका प्रणव खनालले कास्य पदक जिते ।
महिला एकलतर्फ सेनाले स्वर्ण र रजत पदक जित्दा बागमतीका रायना शाह र प्रकृति श्रेष्ठले कास्य पदक जिते ।
पुरुष युगलतर्फ गण्डकी प्रदेशका प्रदीप खड्का र अनिल साइको जोडीले स्वर्ण पदक जित्दा सेनाका प्रणव र अकि जुवेन रावतको जोडीले रजत पदक जितेको छ ।
महिला युगल विधामा नेपाली सेनाका अभिलाषा र आइरा महर्निषा रावतको जोडीले स्वर्ण जित्दा बागमतीका प्रकृति श्रेष्ठ र रायना शाहको जोडीले रजत पदक जितेको छ ।
टेनिसको मिश्रित युगलको विधामा सेनाका प्रणव र अभिलाषाको जोडीले स्वर्ण पदक जित्दा नेपाल प्रहरीका आर्यन गिरी र आइसा डोल्कर गुरुङको जोडीले रजत पदक जित्यो ।
काठमाडौँ : भारतलाई हराउँदै नेपाल छैटौं महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ।
शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको सेमिफाइनल खेलमा नेपालले भारतलाई १.० गोलले पराजित गरेको हो।
नेपालले मध्यान्तर अघिको खेलमा गरेको गोल नै निर्णायक बनेको थियो । पहिलो हाफको इन्जुरी समयमा नेपालका लागि रश्मिकुमारी घिसिङले गोल गरेकी हुन् ।
मध्यान्तरपछिको खेलमा नेपाल र भारतका तर्फबाट गोल गर्ने प्रयास भएका थिए । दुवै टोलीले गोल गर्न नसक्दा पहिलो हाफमा गरेको एक मात्र गोलको मद्दतमा नेपाल फाइनलमा पुग्न सफल भयो ।
नेपालले फाइनल खेल बङ्गलादेशसँग खेल्ने छ । यसअघि आजै सम्पन्न पहिलो सेमिफाइनल खेलमा भुटानलाई ८–० गोलअन्तरले हराउँदै बङ्गलादेश फाइनलमा प्रवेश गरेको हो ।
यही जुलाई ११ तारिखबाट स्कटल्यान्डमा आयोजना हुने विश्वकप लिग–२ र सो प्रतियोगिताअघि क्यानडाको राष्ट्रिय टोलीसँगको एकदिवसीय खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ ९क्यान० ले आइतबार सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।
नेपाली टोलीको उपकप्तानमा रोहित पौडेल छन् । अधिकांश खेलाडी अमेरिकामा भएको त्रिकोणात्मक एकदिवसीय शृंखलामा सहभागी छन् । पवन सर्राफले राष्ट्रिय टोलीमा पुनरागमन गर्दा बसिर अहमदले एकदिवसीय टोलीमा पहिलो पटक मौका पाएका छन् ।
सागर ढकाल र सुसन भारी यस पटक टोलीबाट बाहिरिएका छन् । नेपाली टोलीमा सन्दीप र रोहितसँगै कुशल भुर्तेल, आरिफ शेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमत, किशोर महतो, पवन सर्राफ र विनोद भण्डारी छन् ।
नेपालले स्कटल्यान्डमा घरेलु टोलीसँगै नामिबियासँग पनि खेल्नेछ । स्कटल्यान्डमा नेपालले पहिलो खेल नामिबियाविरुद्ध खेल्नेछ । जुन खेल जुलाई ११ मा हुनेछ । यस्तै नेपालले दोस्रो खेल स्कटल्यान्डविरुद्ध जुलाई १३ मा खेल्नेछ । जुलाई १६ मा नामिबियाको सामना गर्दा अन्तिम खेलमा नेपालले जुलाई १७ मा स्कटल्यान्डविरुद्ध खेल्नेछ ।
स्कटल्यान्ड भ्रमण अघि नेपालले क्यानडामा मैत्रीपूर्ण खेल खेल्नेछ । नेपालले जुलाई १ मा स्थानीय क्लब ओन्टारियासँग वामअर्प खेल खेल्नेछ । त्यसपछि जुलाई ४ र ५ मा क्यानडाको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेल्नेछ । नेपाली टोली मंगरबार बिहान क्यानडा प्रस्थान गर्नेछ ।
काठमाडौं – मलेसियामा आयोजना हुने एसियाली क्रिकेट काउन्सिल ९एसीसी० महिला टीट्वेन्टी च्याम्पियनसिपमा सहभागी हुने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ ९क्यान० ले मंगलबार महिला टोलीलाई बिदाइ गरेको हो। राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ, क्यानका कार्यबहाक सचिव प्रशान्तविक्रम मल्ल, व्यवस्थापक बृत्तान्त खनाललगायतले महिला टोलीलाई बिदाइ गरेका हुन्। च्याम्पियनसिपका लागि क्यानले सोमबार रुबिना क्षत्रीको कप्तानीमा १५ सदस्यीय महिला टोलीको घोषणा गरेको थियो। प्रारम्भिक चरणबाट छनोट भएका १९ खेलाडीबाट क्यानले अन्तिम चरणमा १५ सदस्यीय टोली घोषणा गरेको हो। नेपाली टोलीमा रुबिना क्षत्री, इन्दु बर्मा, सीता रानामगर, ज्योति पाण्डे, काजल श्रेष्ठ, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, डोली भट्ट, सबनम राई, संगीता राई, अस्मिना कर्माचार्य, मनिषा उपाध्याय, बिन्दु रावल र ममता चौधरी छन्। एसीसी टीट्वेन्टी महिला च्याम्पियनसिप असार ३ गतेबाट मलेसियामा सुरु हुँदैछ। च्याम्पियनसिपमा नेपाल समूह ‘बी’मा छ। नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन छन्। समूह ‘ए’मा मलेसिया, संयुक्त अरब इमिरेट्स ९यूएई०, ओमान, कतार र सिंगापुर छन्। नेपालले असार ३ गते भुटानसँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ। नेपालले असार ४ गते कुवेतसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै असार ६ गते बहराइन र असार ७ गते हङकङको सामना गर्नेछ। समूह चरणको खेलपछि दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोली महिला टीट्वेन्टी एसिया कप क्रिकेटमा छनोट हुनेछन्।
आजदेखि सुरु भएको ट्राइ नेसन सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्सले घरेलु टोली नेपाललाई १३७ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १३६ रनको योगफल तयार गरेको हो । जिम्बावेलाई १३६ रनमा रोक्नका लागि कप्तानसन्दिप लामिछानेले २ विकेट, सोमपाल कामी र बशिर अहमदले समान १र१ विकेट लिए। यस्तै जिम्बावेसँगको एकदिवसीय खेल वैशाख २३, २४ र २५ गते हुनेछ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्ग्सले साविक विजेता चेन्नई सुपर किङ्ग्सलाई ११ रनले हराएको छ ।गएराति मुम्बईमा भएको खेलमा पञ्जाबले दिएको एक सय ८८ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर एक सय ७६ रन मात्र बनाउन सक्यो । चेन्नईका लागि अम्बाती रायडुले ७८ रनको अर्धशतकीय इनिङ खेले । पञ्जाबका कागिसो राबडा र ऋषि धवनले २–२ विकेट लिए । पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ४ विकेट गुमाएर एक सय ८७ रन जोडेको थियो । पञ्जाबका लागि शिखर धवनले अविजित ८८ रनको अर्धशतकीय इनिङ खेले । चेन्नईका ड्वाने ब्राभोले २ विकेट लिए। आठ खेलमा चार वटामा जित निकालेको पञ्जाब आठ अङ्कसहित छैटौँ स्थानमा उक्लिएको छ। आठ खेलमध्ये ६ मा हार बेहोरेको चेन्नई चार अङ्कसहित नवौँ स्थानमा रहेको छ । आईपीएल क्रिकेट अन्तर्गत आज बेलुकी पौने आठ बजे रोयल च्यालेञ्जर्स बेङ्ग्लोर र राजस्थान रोयल्स खेल्दैछन् ।
बिकास र शान्तिको लागि खेलकुद खेलकुद भन्ने मूल नाराको साथ हरेक बर्ष अप्रिल ६ तारिकको दिन बिश्व भर खेलकुद दिबस मनाइन्छ ।
योे दिबस संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१४ देखी मनाउँदै आएको हो । खेलकुद दिबसले खेलकुदको माध्यमबाट समग्र देशको दिगो बिकास गर्ने उदेश्य लिएको छ ।
यस दिबसको दिन प्रत्येक युवाहरुको पहलमा खेलकुद बिषेश कार्यक्रमहरु गर्दै आएको पाइन्छ । यस दिबसले देशको समृद्धिका लागि खेलकुदलाई जोड दिनुपर्छ भनि चेतना अभिबृद्धि गर्दै आएको छ ।
खेलकुदले स्वस्थ, दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले स्वास्थ्यको दृष्टिकोणले पनि खेलकुद अत्यन्त आबश्यक देखिन्छ । त्यसैगरी सहकार्य, शान्ति र समृद्धिको लागि पनि खेलकुदको बिकास अनि बिस्तार हुनु जरुरी छ ।
नेपालको सन्र्दभमा खेलकुदलाई बिकासमा अझै ध्यान दिनु पर्ने देखिन्छ । खेलकुदको बिकासमा खेलकुद दिबसले पनि भूमिका खेल्ने हुँदा खेलकुद दिबसलाइ भब्यताको साथ सफल पारौ ।