Category: खेलकुद

  • फिफा विश्वकपमा पोर्चुगल र पोल्यान्ड छनोट

    फिफा विश्वकपमा पोर्चुगल र पोल्यान्ड छनोट

    कतारमा हुने फिफा विश्वकपमा मंगलबार पोर्चुगल र पोल्यान्ड छनोट भएका छन् । युरोपेली प्ले अफमा पोल्यान्डले स्विडेनलाई र पोर्चुगलले नर्थ मेसेडोनियालाई २–० ले पराजित गरी छनोट भएका हुन् ।

    ब्रुनो फर्नान्डेसले दुइ गोल गरी पोर्चुगल लाई जित हासिल गराए भने रोबर्ट लेवनडोस्कीले पेनाल्टीबाट एक गोल र पिटर जिलिन्स्कीले अर्को गोल थपि पोल्यान्डलाई जित हासिल गराएका हुन् ।

  • शारीरीक ब्यामको फाइदाहरु

    शारीरीक ब्यामको फाइदाहरु

    शरीरलाई स्वस्थ, फुर्तिलो, र तन्दुरुस्त राख्न नियमित शारीरीक ब्याम गर्नु अत्ति आबश्यक हुन्छ । शारीरीक ब्यामलाई शारीरीक कसरत पनि भनिन्छ ।

    शारीरीक ब्याम मानब स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । नियमित शारीरीक ब्याम गर्नाले बिभिन्न किसिमका रोगहरुबाट बच्न सकिन्छ ।

    शारीरीक ब्यामले बालबालिकाको स्मरण शक्ति बृद्धि गर्ने, ध्यान केन्द्रित गर्ने, तनाब तथा संबेग ब्यबस्थापन गर्ने, ब्यक्तिलाई आनन्दित अनुभूति गराउने, रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने, आदि गर्दछ ।

    बिभिन्न अध्ययन अनुसन्धानका अनुसार शारीरीक ब्यामले मस्तिष्कमा रगत प्रवाह गर्न गर्न समेत सहयोग गर्छ भनिएको छ ।

    शारीरीक ब्याम जुनसुकै उमेर समुहका ब्यक्तिहरुले गर्न सक्छन् । बिरामी तथा गर्बवती महिलाहरुले समेत ब्याम गर्नु फाइदाजनक हुन्छ चिकित्सकहरुले भन्ने
    गर्दछन् ।

    त्यसैगरी शारीरीक ब्याम मोटोपन भएका ब्यक्तिको लागि पनि अत्यन्त फाइदाजनक छ । यसले मोटपन घटाउन मदत गर्दछ ।

    कोलेस्ट्रोल र उच्च रक्तचाप घटाउन मदत गर्छ । तसर्थ मानब स्वास्थ्यको लागि शारीरीक ब्यामको अत्यन्त महत्व रहेको छ ।

  • आजबाट प्रधानमन्त्री कप महिला भलिबल सुरु हुँदै

    आजबाट प्रधानमन्त्री कप महिला भलिबल सुरु हुँदै

    आजबाट आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता नेपालगन्ज रंगशालास्थित कभर्डहलमा सुरु हुँदै छ ।

    कोरोना महामारीका कारण केही समय ढिला हुन गए पनि प्रतियोगिताको लागि आबश्यक तयारी भने पूरा भएको पीएम कपका संस्थापक अध्यक्ष टीएस ठकुरी को भनाई छ ।

    यस प्रतियोगितामा विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार, तेस्रो हुनेले एक लाख र चौथो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

  • स्वास्थ्यको लागि खेलकुद

    स्वास्थ्यको लागि खेलकुद

    हिजोआज खेलकुदलाई मानब स्वास्थ्य सँग जोडेर हेर्ने गरिन्छ । खेलकुद मनोरञ्नको हिसाबले मात्र नभई शारीरी, मानसिक र मनेवैज्ञानिक हिसाबले पनि अत्यन्त फाइदाजनक मानिन्छ ।

    हाम्रो देशमा परम्परा देखी नै मौलिक तथा परम्परागत खेललाई जोड दिँदै आएको पाइन्छ । पहिले पहिले बाघचाल, डण्डीबियो, लक्कुढाल, रुमाल लुकाई जस्ता शारीरीक भन्दा मानसिक कसरत हुने खालको खेलहरु बढी प्रचलित थिए ।

    हाल शारीरीक कसरत हुने खालका खेलहरु जस्तै भलिवल, फुटबल, क्रिकेट, टेबल टेनिस, कराँते आदि लोकप्रिय हुन पुगेको छ । परम्परागत खेलहरु वातावरणमैत्री र आर्थिक हिसाबले सस्तो खालका भएपनि हाल प्रचलित खेलहरु आर्थिक हिसाबले बढी खर्चिलो देखिन्छ ।

    हाल नेपालमा सबैभन्दा बढी खेलिने खेलको रुपमा भलिबलाई लिइन्छ । यो खेलमा महिला र पुरुष दुबैको सक्रिय रुपमा सहभागि रहन्छ ।

    भलिबल खेल स्वास्थ्य तथा मनोरञ्नको हिसाबले अत्यन्त महत्वपूर्ण मानिन्छ । भलिबल खेल खेल्दा शारीरी अनि मानसिक दुबै कसरत हुने भएकाले यस खेल नेपालमा पनि सर्बाधिक खेलिने गरिन्छ ।

    खेलकुदले व्यक्तिलाई स्वस्थ, फुर्तिलो र जाँगरिलो बनाउन मदत गर्दछ । त्यति मात्र नभई खेलकुदले व्यक्तिलाई अनुसासित, सहनशील, बनाउँछ ।

    एक आपसमा सहयोगि भाबनाको बिकास गर्नुका साथै सहकार्य गर्न सक्षम बनाउँछ । खेलकुदको बिकासमा जोड दिएमा स्वस्थ, अनुशासित र कुशल नागरिकको उत्पादन हुन्छ । तसर्थ मानव बिकास लगायत समग्र देशको समृद्धिका लागि खेलकुद अपरिहार्य छ ।

  • मंगलबार भएको खेलमा नेपालको टी–२० विश्वकपमा पुग्ने सपना समाप्त

    मंगलबार भएको खेलमा नेपालको टी–२० विश्वकपमा पुग्ने सपना समाप्त

    मंगलबार ओमानस्थित अल अमेरत क्रिकेट मैदानमा भएको सेमिफाइनल खेलमा नेपाल यूएईसँग ६८ रनले पराजित भएको छ ।

    पराजित भए सँगै नेपालको यस वर्ष अस्ट्रेलियामा हुने टी–२० विश्वकपमा पुग्ने सपना समाप्त भएको छ । नेपालले १ सय ७६ रनको लक्ष्य लिएता पनि नेपाल १८.४ ओभरमा १ सय ७ रनमा अलआउट भएको हो ।

    यूएईका जुनैद सिद्धिकीले लोकेश बम, आसिफ शेख र कुशल भुर्तेललाई आउट गराएका हुन् । दीपेन्द्रसिंह ऐरीले नेपालबाट सर्वाधिक ३९ रन बनाउन सफल भए । दीपेन्द्रसिंह ऐरीले ३८ बल खेली ३ चौका प्रहार गरेका हुन् ।

    त्यसैगरी आरिफ शेखले ११ रन, ज्ञानेन्द्र मल्लले २० रन, जितेन्द्र मुखियाले पाँच रन सन्दीप लामिछानेले र कमल ऐरीले चार रन बनाउन सफल भएका हुन् । यूएईका कप्तान अहमद राजाले ५ विकेट लिएर नेपाललाइ पराजित गराएका हुन् । यूएईले सेमिफाइनलमा जित हात पारी टी–२० विश्वकपमा पुग्न सफल भएको छ ।

  • नेपाल क्यानडालाई पराजित गरी सेमिफाइनलमा

    नेपाल क्यानडालाई पराजित गरी सेमिफाइनलमा

    नेपालले क्यानडालाइ ८ विकेटले पराजित गरी ट्वान्टी–२० विश्वकप छनोट क्रिकेटको सेमिफाइनलमा पुगेको छ ।

    क्यानडाले दिएको ८१ रनको लक्ष्य नेपालले १४.१ ओभरमै पूरा गरेको छ।

    तेस्रो विकेटमा कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले ५८ रनको साझेदारी गरी नेपाललाई समूह विजेता बनाएका हुन्।

    कुशलले ३७ बल खेली ३ चौका प्रहार गर्दै ३४ र दीपेन्द्रले ३१ बल खेली ३ चौकासहित २७ रन बनाएका हुन्।

    नेपालले मंगलबार हुने सेमिफाइनलमा यूएईको सामना गर्नेछ ।

  • पूर्व कप्तान खड्काले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको ठहर

    नेपाली राष्ट्रिय फूटबल टीमका पूर्व कप्तान हरि खड्का नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन्।

    अख्तियारले नेपाल प्रहरीमा जागिरे रहँदा बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

    बिहीबार अदालतका न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले सो मुद्दामा सुनुवाई गर्दै शैक्षिक प्रमाणपत्र नक्कली रहेको ठहर गरेको हो।

    भ्रष्टाचार निवारण ऐन २०१७ अनुसार खड्का लाई दोषी ठहर गर्दै ५ हजार रुपैयाँ जरिवाना गरिएको हो ।

    खड्का नेपाली राष्ट्रिय महिला फुटबल टिमका पूर्वप्रशिक्षक तथा राष्ट्रिय खेलकुद परिषदको बोर्ड सदस्य समेत हुन् ।

  • अन्तर्राष्ट्रियमा सन्दीपको ५० विकेट पूरा

    अन्तर्राष्ट्रियमा सन्दीपको ५० विकेट पूरा

    नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेटको कोशेढुंगा पार गरेका छन् । उनी टी–२० मा ५० विकेट लिने पहिलो नेपाली बलरसमेत हुन् ।
    चारदेशीय श्रृङ्खलाअन्तर्गत आयरल्याण्डसँगको खेलमा १ विकेट लिएसँगै सन्दीपले ५० विकेट पूरा गरेका हुन् । उनले जर्ज डकरेललाई २८ रनको स्कोरमा आउट गरेर ५० विकेट पूरा गरेका हुन् ।
    सन् २०१८ मा विश्व ११ का लागि वेष्टइण्डिजविरुद्ध सन्दीपले पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । सन् २०१९ को जनवरी ३१ मा युएईसँगको श्रृङ्खलाका क्रममा उनले २ विकेट लिएका थिए । त्यसयता ३ वर्षको अन्तरमा उनले ५० विकेट पूरा गरेका छन् ।नेपाली खेलाडीका रुपमा विश्वभरका लगभग सबै फ्रेन्चाइज प्रतियोगिता खेलेका सन्दीपले टी–२० क्रिकेटमा १५४ विकेट लिइसकेका छन् भने एकदिवशीय अन्तर्राष्ट्रियमा ४१ विकेट लिइसकेका छन् ।

  • नेपाल पुलिस क्लबले च्यासल युथ क्लबलाई पराजित

    नेपाल पुलिस क्लबले च्यासल युथ क्लबलाई पराजित

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको नेपालको सर्वाधिक ठूलो र स्तरीय सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लबले च्यासल युथ क्लबलाई २–१ गोलले पराजित गरेको छ ।

    खेलको ३७औं मिनेटमा मिडफिल्डर पासवानले गोल गरी पुलिसलाई थप उर्जा प्रदान गरेका थिए । पहिलो हाफमा १–० गोलले च्यासल पछि परेको हो।

    मौसाले पेनाल्टीमा गोल गर्दै च्यासललाई १–१ गोलको बराबरीमा ल्याएका थिए। ७०औं मिनेटमा रवि पासवानले पुलिसलाई २–१ को जित दिलाए। ८७औं मिनेटमा च्यासलले गोलको अवसर गुमाएको थियो।

    पुलिसका रवि पासवानले प्लेयर अफ दी म्याच छनोट भई १० हजार पुरस्कार पाए। पुलिस लिगको १०औं स्थानमा उक्लिएको छ भने च्यासल १३औं स्थानमा रहेको छ ।

  • महिला राष्ट्रिय भलिबल टोली सरकार द्धारा सम्मानित

    महिला राष्ट्रिय भलिबल टोली सरकार द्धारा सम्मानित

    शुक्रबार एभीसी सेन्ट्रल जोन विजेता महिला राष्ट्रिय भलिबल टोलीलाई सरकारले सम्मान गरेको छ।

    बंगलादेशको राजधानी ढाकामा पुस ६ देखि १६ गतेसम्म सञ्चालन भएको भलिबल प्रतियोगितामा विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई प्रधानमन्त्री शेरबहादुर देउवाले नगदसहित सम्मान गरेका हुन्।

    उक्त प्रतियोगितामा विजेता १२ जना खेलाडीलाइ जनही ५ लाख, २ जना प्रशिक्षकलाइ जनही ३ लाख र १ जना अफिसियललाइ २ लाख रुपैयाँ प्रदान गरेको हो ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सम्मान कार्यक्रममा देउवाले खेलाडीहरुले भलिबलको माध्यमबाट नेपालको शिर उचो बनाएको भन्दै भबिष्यमा पनि यसलाई निरन्तरर्ता दिन सुझाब दिएका छन् ।