शब्दः ई. कुमार भट्टराई स्वरः कर्मा ग्याल्जेन बम्जन संगितकारः बिजु बज्र एल्बमः शिव लिला
शिव शिव सत्य
कहिले घाम कहिले पानी बिति जाने यो जिन्दगानी मोजै मोज र भोजै भोजको यो जवानी अध्यारोमा लाने साथी अनिकानि सत्य शिव शिव सत्य सत्य शिव शिव सत्य
सत्य युग शिव शिव सत्य मै बित्यो भूत प्रेत पिचास शिव मै भुल्यो त्रेता युग रावणले थिच्यो थिच्यो थिच्यो सिताको त्यो माया रामले नै रोज्यो रामले नै रोज्यो राम हरे हरे राम हरे राम हरे राम हरे हरे राम हरे राम हरे राम
युग युग जिवन राख्न कृष्ण जगायौ माया प्रेमको अवतारी कृष्ण भनायौं द्धापरमा कौरवले थिच्यो थिच्यो थिच्यो द्रोपतीको लाज कृष्णले नै छोप्यो कृष्णले नै छोप्यो कृष्ण हरे हरे कृष्ण हरे कृष्ण हरे कृष्ण हरे हरे कृष्ण हरे कृष्ण हरे कृष्ण
कलि युग निच कर्म पाप भित्रिए हाड छाला, माता पिता, संस्कार सिद्धिए कलि युग पृथ्वी नै आज हो कि भोली जीवनको आशा शिवलाई नै रोजि शिवलाई नै रोजीे शिव शिव शिव सत्य शिव शिव सत्य
ब्रम्ह मुहर्त भन्नाले सुर्य उदाउनु भन्दा केहि समय पूर्व लाई बुझिन्छ । ब्रम्ह मुहर्तलाई शुसुुप्ति पछिको मुहर्त पनि भनिन्छ । ‘The Creatour′s Hour’ को रुपमा पनि यस मुहर्तलाई चिनिन्छ । महर्षि मनु ले ब्रम्ह मुहर्तलाई दिमाग अवचेतन अवस्थामा हुने भएकाले वेद अध्ययन गर्ने समय भनेर लेखेका छन् । दिनभरको समयमा हामी कोलाहल, अशान्तमा रहन्छौ । कोलाहलका कारण हाम्रो शरीरमा रक्क्तचाप बढ्ने गर्दछ र दिमाग ठिक सँग ध्यान, मन लगाउन सक्दैन । ब्रम्ह मुहर्तमा उठ्ने बानि गर्नाले यस्तो समस्या बाट पार पाउन सकिन्छ ।
ब्रम्ह मुहर्तमा किन उठ्नु आवश्यक छ ? ब्रम्ह मुहर्तको समय हाम्रो Solar System याने कि सौर्य मण्डलको ग्रहहरुबाट पृथ्वीको महालंगुर हिम शृङ्खला लगायत नेपाल भुमिमा सकारात्मक उर्जा धेरै हुन्छ । साथै २८ नक्षत्र तथा ब्रम्हाण्डबाट प्राप्त हुने Cosmic उर्जाको सकारात्मक प्रभाव समेत बढि रहन्छ । ३ बजेर २० मिनेट देखि बिहान सूर्य उदाउने समय सम्मको समयलाई ब्रम्ह मुहर्त पनि मान्न सकिन्छ ।
यस मुहर्तमा पृथ्वीमा लगभग ४१ प्रतिशत अक्सीजन र ४ प्रतिशत कार्बोनडाइअक्साइड रहन्छ । वातावरणीय हिसाबले पनि यो समय स्वच्छ हुने भएकोले ब्रम्ह मुहर्तमा उठ्नाले तेज दिमाग र शक्ति प्रदान गर्दछ ।
दिनको समयमा सब जीवको दिमागले केहि न केहि सोचिरहेको हुन्छ । सबै मानिसले सोचेका सोच,विचार ब्रम्हाण्डमा पुग्छ भन्ने मान्यता छ । यस्तो बेलामा गरिएको सोच ययार्थमा बदलिने सम्भावना कम हुन्छ । यदि ब्रम्ह मुहर्तमा सबै निदाइरहेको हुन्छन् र ब्रम्हाण्डको Frequency level कम हुन्छ र सोचेको कुरा जीवनमा लागु हुने सम्भावना बढि रहन्छ ।
आर्युवेदका अनुसार बेलुका २ बजेदेखि ६ बजेसम्म र बिहान २ बजेदेखि ६ बजे बिच हाम्रो शरीरमा वाता ( वायु, अन्तरीक्ष) शक्ति रहन्छ । जसले गर्दा ध्यान दिन सक्ने क्षमता, सिर्जनशीलता, केन्द्रिकृत गर्ने क्षमता बढि हुने हुनाले दिमागि काम बढि गर्नु उत्तम हुन्छ ।
युक्तहारा वितारस्यः युक्त चेस्टस्यः कर्मसु । युक्तः स्वप्नभा बोदस्य योगा भवतिः सुख ।। आहार विहार, रहनसहन, दैनिक गतिविधि उत्तम छ, राति राम्रो निन्द्रा लिन्छ र बिहान सबेर उठ्छ भने त्यो मानिस दुखबाट मुक्त हुन्छ , गरिबी घट्दै जान्छ ।
ब्रम्ह मुहर्तमा उठेर फेरि सुत्न हुन्छ कि हुदैन ? हाम्रो शरीर पञ्च तत्वले बनेको हुन्छ – पृथ्वी, जल, अग्नी, वायु र आकास । यी पाचँ तत्व मिलेर हाम्रो शरीरको तिन मुख्य शक्ति बन्दछ । वाता – वायु , अन्तरीक्ष पिता – अग्नि कपा – पृथ्वी र पानी आर्युवेदका अनुसार बिहान चाडै उठेर फेरी सुतेमा शरीरको वाता , पिता र कपा को सन्तुलन बिग्रन सक्छ । शरीरमा वाताको मात्रा बढेर शरीर र दिमाग दिनभर निश्त्रिय रहन्छ ।
अन्तिम प्रहर अर्थात ब्रम्ह मुहर्तमा देखिएका सपना पुरा हुन्छन् कि हुदैनन् ? अन्तिम प्रहरमा हाम्रो मन अनियन्त्रीत हुदैन । चेतनाले नुहाएका कारणले चेतनाको चैतन्यताको प्रभाव मनमा पर्छ । मन नियन्त्रीत हुन्छ र देखिएका सपनाहरु भविष्यमुखी हुन्छ । ति सपनाहरुले भविष्यमा घट्न सक्ने घटनाको बारेमा सङ्केत गर्दछ ।
पूर्विय सभ्यताको शास्त्रहरुमा आफ्नो दर्शन यो हिमवत खण्डलाई आधार मानेर निमार्ण गरिएको विज्ञान हो । जस्तैः हामी नेपाल भूमीमा रहदा उत्तर दिशामा सिरानि पारेर शयन गर्नु हुदैन । पृथ्वीको चुम्वकीय धारका अनुरुप मानवको पनि चुम्बकीय धार मिलाउनु पर्ने भएकोले नेपाल भूमीमा उत्तर सिरानी पारेर सुत्न मिल्दैन । तर यदि तपाई अष्ट्रेलियामा हुनुहुन्छ भने उत्तर दिशामा सिरानी बनाएर सुत्न सक्नु हुन्छ । यस्तै ब्रम्ह मुहर्त पनि भुगोल अनुसार फरकफरक हुन सक्दछ । पृथ्वीको चुम्बकिय धारका बारेमा हामी फेरी अर्को कुराकानीमा व्याख्या गर्ने छौ ।
सांखु एउटा पुरानो सहर हो । यो काठमाडौं देखि १७ कि.मी उतर पूर्वमा रहेको छ । ऐतिहासिक सहर सांखु आज भन्दा करिब ३३ सय वर्ष पहिले पूर्वीय सभ्यता अनुसार आजकालको स्माट्र सिटी भनेर बुझिने शैलिमै ९ वटा प्रवेश ढोका समेत निर्माण गरी बनाएको सहर हो । ईतिहासको उताब चडाबसंगै ९ वटा ढोका मध्ये ४ वटा ढोका हाल पनि सुरक्षित भेटिन्छ । अन्य ढोकाहरु अनुसन्धनकै क्रमा छन् । यी ४ ढोकाहरु हाल पनि सास्कृतीक परम्पराका रुपमा रहनुको कारण यहांको नेवार समुदायले संरक्षण गर्नुनै हो । पहिलो ढोका बिभिन्न रथ , भगवानका मुतिहरु तथा दैवि सास्कृतीक परम्परालाई निरन्तरता दिन प्रयोग हुन्छ , दोस्रो ढोका छोरीको विवाह गर्दा दुलही विदाई गर्ने , तेस्रो ढोका बुहारी भित्राउने र चौथो ढोका मानिसहरुको मृत्यु हुदा दाहा संस्कारका लागि सहर बाहिर लैजाने क्रममा प्रयोग हुन्छ । माथि उल्लेखित कुराहरुको आधिकारिक र वैज्ञानिक खोजअझै पनि जारि रहेको विज्ञहरु बताउछन् । हामी केहि पश्चात सांखु सहरको थप सूचना प्रकासित गर्ने छौ । आजभोलि सांखुलाई शंखरापुर नगरपलिका भनेर नाम राखिएको छ।