हरेक बर्ष पुस महिनाको कृष्ण पक्षको दिन सफला एकादशी मनाइन्छ । हिन्दु सप्रादयमा एकादशीहरुको अत्यन्त महत्व रहेको छ । सफला एकादशी धन्ने पूर्णे पछि आउने गर्दछ । आजको दिन अन्न नखाई शुद्ध भएर व्रत बस्ने गरिन्छ । यस दिन पुण्य मन्त्र जपेर देवदेवेश्वर विष्णुको पूजा गरिन्छ । विष्णुलाइ फूलपाति, धुपदिप, गंगाजल आदि चढाएर खुसी पारिन्छ । व्रतालुले दिनभर भगवान विष्णुलाइ सम्झनुर्छ । रातभर नाचगान गरि जाग्राम बस्ने चलन छ । भोलिपल्ट बिहानै उठेर विष्णुको पूजा गरे पश्चात गुरुलाइ भोजन गराइ दक्षिणा दिएपछि मात्र व्रतालुले खानेकुरा खाने गर्दछ्र्रन् । यस दिन ब्राहमणलाइ दियो दान गर्नु उत्तम मानिन्छ । रातो कपडा वा अन्न दान गर्नु पनि सुभ मानिन्छ । पापबाट मुक्त भइ कल्याण प्राप्त गर्न सफला एकादशीको व्रत जोकोही व्यक्तिले लिन आवश्यक छ । यस दिन व्रत बसि बिधिपूर्वक पूजा गरेमा सफलता प्राप्त हुने, सुख प्राप्त हुने र सुभ फल प्राप्त हुने आदि धार्मिक विश्वास रहिआएको छ ।
हरेक बर्षमा आउने तिन वटा ल्होसार मध्य तोल ल्होसार सबैभन्दा पूरानो भएकाले यसलाइ अन्य ल्होसारको उदम मानिन्छ । ल्होसारलाइ ल्होछार, लोसार, र समयचक्र संवत्सर पनि भनिन्छ । लोसार लो र सार गरि दुई शब्द मिलेर बनेको छ । शेर्पाली, डोल्पाली, भोट, भुटानी, आदी भाषाको अनुसार लो शब्दको अर्थ बर्ष र सार शब्दको अर्थ नयाँ हो । तसर्थ नयाँ बर्षको स्वागतको लागि विषेस गरि हिमाली क्षेत्रका समुदायले धुमधामका साथ यो पर्ब मनाउने गर्दछन् । अन्य जिल्लाको तुलनामा नेपालको हिमाली जील्लाहरु मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला, मुगु, तिब्बत तथा भुटानका मानिसहरुले यो पर्ब मनाउदै आएका छन् । पौष शुक्ल प्रतिपदाको दिन मनाउदै आएको यो पर्व सोनाम ल्होसार जसरी नै मनाइन्छ । आफ्नै महत्व र दर्शन रहेको तोल ल्होसारको दिन दैत्यहरुको पराजित भइ देवताको विजय होस् भनि पूजा आरधना गरिन्छ । यस दिन नुहाएर शुद्ध भइ घर आँगन लिपपोत गरिन्छ । लामा पुरोहित वा घरमुलीबाट पूजा आरधना गरिन्छ । आफ्ना आफन्तजनहरुमा सुभकामना आदन प्रदान गर्नुका साथै मान्यजनबाट आर्शीबाद लिने गरिन्छ । पूजा पाठका सबै कार्यहरु सकिएपछि मिठा परिकार खाने चलन छ ।
इसाई अनुयायीहरुले हरेक बर्ष २५ डिसेम्बरका दिन (प्रवु येसु) जिसस क्राइस्टको जन्म भएको खुसियालिमा क्रिसमस डे मनाउने गर्दछन् । प्रवु येसुले मानब समुदायमा गरेका योगदानको सम्झनामा क्रिसमस डे नेपाल लगाएत बिश्वभर छरिएका इसायी अनुयायीले मनाउदै आएका छन् । यस पर्वलाई इसाइहरुले धार्मिक तथा सांस्कृतिक उत्सवको रुपमा पनि मनाउछन् । नेपालमा चार सय बर्ष अघि देखि क्रिसमस डे मनाउन थालिएको हो । प्रवु येसु समाजलाइ माया र मानवताको शीक्षा प्रधान गर्ने महान व्यक्ति हुनुहुन्थ्यो । प्रवु येसुको जन्म कुन मिति र कुन महिनामा भएको हो भन्ने कसैलाई थाहा छैन तर क्रिस्चियन चर्चले उनको जन्म डिसेम्बर २५ मा तोकेका हुन् । प्रवु येसुको प्राथना गरेमा वा उहाँ माथि बिश्वास गरेमा सबै पापबाट मुक्त हुने धार्मिक आस्था रहेको छ । इसाई धर्मावलम्बीहरु प्रवु येसु माथी बिश्वास गर्छन् । आजको दिन प्रभु येसुले दिएको शीक्षा र उपदेशको मनन गरी एक अर्कामा शुभकामना आदन प्रदान गर्छन् । देशभरका चर्चहरुमा प्रथना लगाएत बिभिन्न कार्यक्रमहरु गरिन्छ । इसाई धर्मावलम्बीहरुले सरसफाई गरि घरआगन सजाउछन् । आफन्त साथिभाइ संग भेटघाट गर्छन् । सरकारले क्रिसमस डे को दिन सार्वजानिक बिदा दिने गरेको छ ।
कलाकार केसब दुबाडीको २५औं स्मृति दिबस तथा कलाशिरोमणी केसब दुबाडी पुस्तक बिमोचन कार्यक्रम आज पुस १८ गते आइताबार मित्रपार्कमा रहेको आर . बी होममा आयोजन गरिएको थियो । यस कार्यक्रममा आसन ग्रहनका लागि सभापतिमा केसब दुबाडी र स्मृति पतिष्ठान नेपालका अध्यक्ष श्री प्रदिप कुमार दुबाडी, प्रमुख अतिथिमा वाङ्मय शताब्दी पूरुष श्री सत्यमोहन जोशी विशिष्ट अतिथिमा माननीय संचार तथा सुचनाप्रविधि मन्त्रि श्री ज्ञानेन्द्र बहादुर कार्की, पूर्व सभामुख श्री दमननाथ ढुङ्गाना, नेपाली काङ्ग्रेसका महामन्त्री माननीय श्री गगन कुमार थापा अतिथिहरुमा बागमति प्रदेश सदस्य श्री नरोत्तम बैद्य, नेपाल ललितका प्रज्ञा प्रतिष्ठान कुलपति श्री केके कर्मचार्य, पुूस्तक लेखक प्रा.डा. कृष्ण प्रसाद दाहाल, कामनपा ७ का अध्यक्ष श्री शुद्ध कुमार डंगोल, सम्मानित ब्यक्तिव्त बरिष्ट कलाकार श्री राधेश्याम मुल्मी रहेका छन् । उक्त कार्यक्रममा उपस्थित अतिथिहरुलाइ दोसल्ला र खादा लगाएर सम्मान गरि कार्यक्रमलाइ पुस्तक बिमोचन गरि अघि बढाएको थियो । पुस्तक बिमोचन कलाशिरोमोनि केसब दुवाडी नामका पुस्तक प्रमुख अतिथि तथा बिशिष्ट अतिथिहरुबाट संयुक्त रुपमा पुस्तकको बिमोचन गरिएको नेपाली काङ्गेसका नेता गनेश भट्टराई ज्यूले लिलाखबरलाइ बताउनु भएको थियो ।
मंसिर महिनाको शुक्ल पक्षका दिन मोक्षिका एकादशी मनाइन्छ । आजको दिन महाभारत युद्धमा अर्जुनले भगवान श्रीकृष्ण बाट गिता उपदेश प्राप्त गरेकाले मोक्षदा एकादशीलाइ गिता जयन्तीका रुपमा पनि मनाइन्छ । मोक्षदा एकादशीलाई मोहनशक एकादशी, शुद्ध एकादशी पनि भनिन्छ ।
आजको दिनमा बिशेष गरी धुप, दिप, नैवेद आदि चढाइ भगवान बिष्णु को पुजा गरिन्छ । साथै गिता उपदेशको पुस्तक सहित श्रीकृष्ण वेदव्यासको पनि भक्ति पुर्वक पुजा गरिन्छ ।
मोक्षदा एकादशीको व्रत पापबाट मोक्ष हुन र वैदिक ज्ञान भावी पुस्तालाई हस्तान्तरण गर्ने उदेश्यले लिइन्छ ।
आज शुद्ध भइ व्रत बस्नाले सबै पाप नष्ट हुने, पुर्वजहरुको स्वर्गमा बास हुने, मानसिक रोगहरु दुर हुने, ब्राह्रामनलाई भोजन गराइ दक्षिणा दिएमा धार्मिक फल प्राप्त हुने, आदि धार्मिक बिश्वास रहेको छ ।
भगवान राम सिताको आदर्श र अमर प्रेम कथाको दृष्टान्त बोकेको आजको दिन अत्यन्त विशेष दिन हो । त्रेतायुगमा मंसिर शुक्ल पञ्चमीका दिन अयोध्याबाट राम आएर मिथिला राज्यकी राजकुमारी सीता सँग विवाह भएपछि विवाह पञ्चमी मनाउन थालिएको पाइन्छ । जनकपुरमा जन्मीएकी सिता मिथिला राज्यका राजा जनककी जेठी छोरी हुन् ।
प्राचिनकालदेखि नै मिथिलावासीहरुले धुमधामका साथ मनाउदै आएको यस विवाह पञ्चमी अहिले पनि परम्परालाई अनुसरण गदै मनाएको पाइन्छ । आजको दिनमा भगवान राम र सीताको बैबाहिक सम्बन्धको चर्चा परिचर्चा गरिन्छ । विवाह पञ्चमीको अवसर पारेर जनकपुरमा ठूलो उत्सव लाग्नुका साथै रामजानकी मन्दिर भब्य रुपले सजाइन्छ ।
राजा जनकले संरक्षण गरेर राखेको शिव धनु ठुलाठुला वीरहरुले पनि उचाल्न सक्दैन थिए तर एक दिन सरसफाई गने क्रममा सिताले उक्त धनु उचालेको देखेर राजा आश्चर्य चकित परे । र जनकले त्यो शिव धनु उचाल्न सक्ने साहासी विर पुरुष सङ्ग आफ्नी छोरी सिताको बिवाह गरिदिने बाचा गरे ।
ठुलाठुला वीरहरुले उचाल्न नसकेको धनु भगवान रामले उचाल्नासाथ भाचिएर तिन टुक्रामा परिणत भएपश्चात राजा जनकले आफूले गरेको वाचाअनुसार रामसँग सीताको विवाह गराएका थिए । बिभिन्न धार्मिक ग्रन्थ अनुसार बिवाह पञ्चमीको सुरुवात भगवान राम सिताको विवाह पश्चात भएको हो ।
विवाह पञ्चमीको सुब अबसर पारेर आजको दिन रामजानकी मन्दिर लगाएतका ठाउँहरुमा बाजागाजा सहित भजनकीर्तन र नाचगान गरि भब्य र सभ्य ढङ्गले भगवान राम र सिताको स्मृतिमा मनाइन्छ ।
आत्मा अपरिवर्तनशील, सर्वव्यापी, अजन्म, अव्यक्त, विकार रहित हुन्छ । सम्भवत ः आत्मा परमात्माको कुनै रुप हुनुपर्दछ । धर्मशास्त्र अनुसार आत्मालाई नास गर्न सकिदैन । आत्मा अमर सत्य हो भन्ने सिद्दान्त अनुरुप जस्तै कागज बाल्दा आगो र खरानि बन्दछ त्यस्तै शक्ति एकरुप बाट अर्को रुपमा परिवर्तन हुन्छ । आजका वैज्ञानिकहरु पनि आत्मा एक चेतना हो भन्ने विश्वास गर्दछन् । आत्माबाट नै शरीर चेतनशील अवस्थामा हुन सक्दछ ।
प्रत्येक मानिसमा यो कौतुहलता हन सक्दछ कि आत्मा शरीरको मृत्यु पश्चात कहाँ रहन्छ ? श्रीमदभागवत गीताका अनुसार आत्माले पुरानो शरीर छोडेपछि कुनै नयाँ शरीरमा चेतनाको रुपमा धारण गरेर बस्दछ । आत्मा अविनाशी परमात्माको अंश हो त्यसैले आत्मा भौतिक सिमा भन्दा बाहिर छ वा मोक्ष प्राप्त गरी ब्रम्हाण्डको अर्को कुनै ठाउँमा रहन्छ भन्ने व्याख्या भेटिन्छ । यस्तैमा हिन्दु धर्म ग्रन्थ ‘गरुड पुराण’ मा उल्लेखित भाव अनुसार एक शरीरको मृत्यु पश्चात आत्मालाई यमदुत लिन आउँछन् । जीवनकालमा गरेका कर्म अनुसार आत्मालाई केहि समय राख्दछन् र पछि आत्माले आफ्नो यात्रा शुरु गर्दछ ।
श्रीमदभागवत गीताको अनुसार सर्वश्रेष्ठ प्राणी भनेको त्यो मानव हो जसले आफ्ना ज्ञानेन्द्रीयलाई काबुमा राख्ने क्षमता राख्दछ । जस्तै की चिसो वा तातो वातावरणले छालामा खासै असर नहुने हिमालयमा तपस्या गरी रहेको योगी र सामान्य व्यक्तिमा भन्दा फरक क्षमताका हुन्छन् । तपाईले बाटोमा हिड्दै गर्दा पसलमा हिराको हार देख्नु भयो, तपाइँलाई चोर्न मन लाग्यो तर तपाईको बुद्धिले रोक्यो कि चोर्नु हुदैन । त्यसैले इन्द्रिय भन्दा ठूलो मन र मन भन्दा ठूलो बुद्धि हो । र बुद्धि भन्दा अत्यन्तै ठूलो र विशाल आत्मा हो ।
मानवको शरीर सुख, दुख, लोभ, मोह, सँग परिपुरक छ । अचम्मको कुरा के छ भने यस्ता मानविय समवेदनशीलता एक चेतन जीवमा मात्र लागु हुन्छ । किनकि सुख, दुख, प्रकृतिको नियम हो र शरीर प्रकृति अनुसार चल्दछ ।
हिन्दु धर्मावलम्बीहरुले हप्ताको साथै बार विभिन्न देवी देवताको पुजा गर्ने गर्दछन् । सोहि अनुरुप मंगलबार भगवान श्री गणेश को पुजा अराधाना गरिन्छ । हात्तीको शिर तथा मान्छेको जस्तो शरीर भएका ठूलो भूँडीवाल भगवान गणेशलाई विघ्न हर्ता तथा सिद्धि दिने सिद्धि विनायक भनेर पूजा गरिन्छ।
शिवमहापुराणमा गणेशको नामबाट परिचित भगवान गणेशको जांतहुने,पुजागर्ने तिथि ,मिति ,बिधि ,बिधानमा एकरुपता छ । गणेश शब्दको उत्पत्ति गणंईश मिलेर भएको हो । जसको अर्थ हुन्छ गण हरूका देवता । शिवगणका प्रमुख गण नन्दी मानिएका छन् । नन्दी सहित सवै गणहरूका देवता चाहीँ गणेश मानिन्छन् ।
एक पटक देवताहरूमा कसको पूजा पहिले गरिनु पर्छ भन्ने विषयमा छलफल चल्यो । देवताहरूका परम पिताम्मह ब्रह्माजीले जो पुरा ब्रह्माण्डको परिक्रमा गरेर पहिले स्वर्गमा पुग्छ त्यसको पूजा पहिले हुनेछ भन्ने निर्णय सुनाए । ब्रह्माजीको निर्णय सुनेर इन्द्र, वरुण, कुबेर आदी देवताहरू आफ्नो आफ्नो बाहनहरूमा बसेर ब्रह्माण्ड परिक्रमाको लागि निस्किए । भारी जिउ र त्यसमाथी मुसा बाहन भएका गणेश नत दौडेर देवताहरूलाई जित्न सक्थे नत मुसाले नै बोकेर गणेशलाई परिक्रमाको वाजी जिताउन सक्थ्यो । गणेश निकै चलाख र ज्ञानी देवता मानिन्छन् । त्यो वाजी जित्ने गणेशले एक दृढ विचार बनाए । उनी ब्रह्माण्ड परिक्रमामा नगएर कैलाश पर्वत आफ्नी माता पार्वती भएको ठाउँमा गए । माता पार्वतीलाई बाबु शिव भएको ठाउँमा गएर बस्न आग्रह गर्न थाले । गणेशको कुरा सुनेर पार्वतीजी शिवको छेउमा गएर बसिन् । यसरी आमा बाबु दुवैलाई एकै ठाउँमा राखेर सात पटक परिक्रमा गरेर ब्रह्माजी भएको ठाउँमा गए । ब्रह्माजीले गणेशले के गर्छन् भन्ने कुरा सबै हेरेका थिए । आमा बाबु भन्दा ठुलो यो ब्रमाण्ड छैन । ब्रह्माणड भन्दा पनि ठुला आमा बाबु हुन् भन्ने कुरा सिद्ध गरेर देखाएकाले ब्रह्माजी गणेशबाट निकै खुसी भएर उनलाई देवताहरूमा सबै भन्दा पहिले पूजिने देवता भनेर छनौट गरे । त्यसै कारण त्यस दिन देखि श्री गणेशको पुजा अराधाना सबै देवी देवताहरु भन्दा अगाडी गरिन्छ ।
प्राणीको अस्तित्व स्वास हो । यहि स्वाससँग विप्यश्यना ध्यान विधि जोडिएको छ । यस ध्यान विधिमा एक योगीको आसनमा बसेर आफ्नो स्वासमा ध्यान दिनु पर्दछ । विप्यश्यनामा वि’ को अर्थ विशेष र प्याश्यना’ को अर्थ देख्नु अर्थात बिशेष प्रकारले देख्नु । मानिसको दिमाग बिभिन्न विचारहरुले भरिएको हुन्छ र स्वास र विचार एक आपसमा जोडिएको हुन्छ । यस ध्यान विधिले स्वासलाई नियन्त्रण नगरी घटेका कुनैपनि घटनामा कुनै पनि मूल्याङ्कन, विचार, अभिव्यक्ति नदिई अवलोकन गरिरहनु भन्दछ । सामान्य जीवनमा जस्तो स्वास फेरिन्छ, त्यस्तै स्वासलाई शरीर भित्र गएको ध्यान दिने फेरी त्यहि स्वासलाई शरीर बाहिर आएको ध्यान दिनु पर्दछ । विप्यश्यना ध्यान स्वासको उपयोग मात्र हो जहा स्वासलाई बुझ्ने प्रयास गरिन्छ ।
विप्यश्यना चार प्रकारका छन् । १. कायानुप्यासन– शरीरलाई विशेष प्रकारले देख्नु २. वेदानुप्यासना– वेदना÷भावनालाई विशेष प्रकारले देख्नु ३. चित्तानुप्यासना– मनलाई विशेष प्रकारले देख्नु ४. धम्बानुप्यासना– धर्मलाई विशेष प्रकारले देख्नु भगवान गौतम बुद्दले ६ वर्षको कठिन तपस्याले पनि विषेश उपलब्धि प्राप्त नभएपछि विप्यश्यना ध्यान विधिबाट बुद्दत्व प्राप्त गर्नु भएको हो । विप्यश्यना ध्यान विधि बुद्दबाट सुरुवात भएको पनि हामीले सुन्न सक्छौ ।
काठमाडौंको व्यस्त बजार नयाँ सडकको छेउमै संकटा भगवतीको मन्दिर छ । जसको तल्लो तलामा करुणामय र माथ्लो तलामा संकटाको मूर्ति राखिएको छ । संकटा र करुणामयको मन्दिर एउटै हो । मस्त्येन्द्रनाथलाई करुणामय पनि भनिन्छ । संकटालाई समस्या र संकट हटाउने देवीका रूपमा पूजा गरिन्छ । संकटा देविलाई पूरान अनुसार विकत मातृका पनि भनिन्छ । जसको पूजाआजा ज्यादा मात्रामा वज्राचार्यले गर्ने गरेका छन् । यस मन्दिरमा विशेष गरी शनिवार तथा दशैको बेला भक्तजनहरुको ठूलो भिड लाग्ने गर्छ ।
किंवदन्ती अनुसार, लिच्छविराजा नरेन्द्र देवका समयमा काठमाडौं उपत्यकामा १२ वर्षसम्म खडेरी परेछ । खडेरीको कारण खोजी गर्दा त्यसको मुख्य कारण गोरखनाथ रहेको थाहा भयो । उनी उपत्यकाका सबै नागहरूलाई आफ्नो अधीनमा लिई स्वयम्भूस्थित गुफामा दिव्य साधनामा बसेका रहेछन् । गोरखनाथको अधीनमा परेका नागहरूले वर्षा गराउन पाएनछन् । यता नागहरूलाई गोरखनाथको अधीनबाट मुक्त गराई उपत्यकामा वर्षा गराउनका लागि उनलाई साधनाबाट ब्यूँताउन आवश्यक थियो । यो कुरा उनका गुरु मत्स्येन्द्रनाथबाट मात्र सम्भव रहेछ । तसर्थ भारतको असममा रहेका मत्स्येन्द्रनाथलाई उपत्यका ल्याउने तयारी गरिएछ । काठमाडौं आउँदा बाटामा उनलाई विघ्नबाधा नपरोस् भनी संकटाको कलश उनीसाथै ल्याइएछ । मत्स्येन्द्रनाथ उपत्यका आइपुग्नासाथ आफ्ना गुरु आएको थाहा पाएर गोरखनाथ साधनाबाट ब्यूँतिएर गुरुको स्वागत गर्न आएछन् । अनि उनको नियन्त्रणमा रहेका नागहरू स्वतन्त्र भएछन् र उपत्यकामा वर्षा गराएछन् । यता मत्स्येन्द्रनाथका लागि काठमाडौंमा करुणामयको मन्दिर बनाइएको थाहा पाएपछि संकटाले पनि यही मन्दिरमा बस्ने मनसाय राखिछन् । त्यसपछि उनको मूर्ति करुणामयको मन्दिरको माथ्लो तलामा राखिएछ । मन्दिर अगाडि बन्धुदत्त वज्राचार्यको मूर्ति छ, जसले करुणामयलाई काठमाडौंमा ल्याएको मानिन्छ ।
नवरात्रीको आठौं दिनमा मानिसहरु देवी संकटाको मन्दिर गई पूजाआजा गर्दछन् । शनिबार संकटा देवीको दर्शन गरेमा सबै संकटहरु टाढा भाग्ने जनविश्वास रहेको छ ।