Category: सूचना प्रविधि

  • सामाजिक सञ्जाल नियमन गर्ने कार्य सकारात्मकः क्यान महासङ्घ


    काठमाडौँ, २२ भदौः सूचना प्रविधिको क्षेत्रको अग्रणी संस्था कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ)ले सामाजिक सञ्जाललाई सूचीकरणमार्फत नियमन गर्ने सरकारको मूल उद्देश्यप्रति समर्थन जनाएको छ । महासङ्घले कानुनी दायरामा ल्याउने पहल सकारात्मक भए पनि निष्क्रिय बनाउने कार्यका कारण ल्याउन सक्ने असरप्रति सचेत रहन आग्रह गरेको छ ।

    नेपालमा सूचीकरण नभएकै कारण अपराध, गलत सूचना र व्यक्तिगत सुरक्षासम्बन्धी समस्यामा औपचारिक सम्पर्क कार्यालय नहुनु चुनौती भएको महासङ्घले जनाएको छ ।

    “सामाजिक सञ्जाल दर्ता प्रक्रियामा ल्याउने सरकारको निर्णयलाई हामी सकारात्मक रूपमा लिन्छौँ । यसले प्रयोगकर्ताको सुरक्षामा टेवा पुग्नेछ, साइबर अपराध नियन्त्रण र राजस्व वृद्धिमा योगदान गर्नेछ । तर फेसबुक, एक्स, युट्युबजस्ता महत्त्वपूर्ण प्लेटफर्महरू एकैपटक बन्द गर्दा शिक्षा, व्यवसाय, सञ्चार र आमनागरिकको दैनिकीमा गम्भीर असर पर्न सक्छ”, महासङ्घकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले भन्नुभयो । यो घटनाले नेपाल विश्वसँग डिजिटल रूपमा पछाडि पर्न सक्ने जोखिम पनि उत्तिकै रहेको भन्दै अध्यक्ष पाण्डेले यस्तो कदमलाई चरणबद्ध रूपमा अघि बढाउँदै सरोकारवालासँग पर्याप्त छलफल गरेर व्यावहारिक समाधान ल्याउनुपर्नेमा जोड दिनुभयो ।

    महासङ्घका अनुसार नेपालमा करिब ७० प्रतिशत साना तथा मझौला व्यवसाय सामाजिक सञ्जालमार्फत बजार विस्तार र ग्राहक सम्पर्कमा निर्भर छन् । त्यस्तै, सामाजिक सञ्जालमार्फत कन्टेन्ट राखेर आयआर्जन गर्ने ठूलो सङ्ख्यामा प्रयोगकर्ता रहेका कारण प्रतिबन्धले रोजगारी गुम्ने र व्यवसाय धरासायी हुने खतरा देखिएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले परिवारसँग सम्पर्क गर्ने प्रमुख माध्यम रोकिँदा सामाजिक सम्बन्ध र मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्ने पनि महासङ्घले जनाएको छ ।

    अध्यक्ष पाण्डेले सामाजिक सञ्जाल निष्क्रिय गराउने कार्यलाई अन्तिम समाधानका रूपमा नलिई नियमनलाई दीर्घकालीन रणनीति बनाउनुपर्नेमा जोड दिनुभयो । महासङ्घले स्पष्ट कानुनी ढाँचा तयार पार्दै नेपालमा सम्पर्क विन्दु अनिवार्य गर्ने र लगानीमैत्री वातावरण निर्माण गर्न सकेमात्र यो समस्याको दीर्घकालीन समाधान सम्भव हुने उल्लेख गरेको छ ।

    क्यान महासङ्घका महासचिव चन्द्रविलास भुर्तेलले सामाजिक सञ्जाल बन्द भएमा भिपीएन र ओपन डिएनएसको प्रयोग अत्यधिक बढ्ने र यसले साइबर सुरक्षामा गम्भीर जोखिम निम्त्याउने धारणा राख्नुभयो । महासङ्घले अन्तरराष्ट्रिय अभ्यासलाई आधार बनाउँदै नेपालले पनि व्यवस्थित र व्यावहारिक कानुनी संरचना बनाउनुपर्नेमा जोड दिएको छ ।

    सन्तुलित नियमनमार्फतमात्र सामाजिक सञ्जाललाई व्यवस्थित र सुरक्षित बनाउन सकिनेमा क्यान महासङ्घले जोड दिएको छ । यस विषयमा जिम्मेवार निजी क्षेत्रको हैसियतमा सरकारसँग प्राविधिक अध्ययनमा सहयोग गर्ने, अन्तरराष्ट्रिय अभ्यास साझा गर्ने र सरोकारवालासँग निरन्तर संवाद गर्ने प्रतिबद्धतासमेत महासङ्घले जनाएको छ ।

  • प्रविधि र जीवन

    प्रविधि र जीवन

    ई. कुमार भट्टराई

    ‘क्रायोजेनिक फ्रिजिङ’ भन्नाले कुनै पनि वस्तुलाई लगेर फ्रिजिङ गर्नु हो । यसमा तरल अवस्थाको नाइट्रोजन पनि उपयोग गरिन्छ । यो साधारणतया फ्रिजिङ गरिने प्रविधिभन्दा फरक छ । यसबाट बायोलोजिकल स्याम्पलहरू जस्तैः सेल, टिस्यु वा अर्गानहरूलाई लामो समयसम्म जस्ताको तस्तै स्वरूपमा जोगाएर राख्न सकिन्छ । यो प्रविधिको अनुसन्धान मानिसको शरीरलाई फ्रिजिङ गरेर राख्ने र भविष्यमा यसरी जोगाएर राखेको शरीरमा पुनः जीवन भर्न सकिन्छ कि भन्ने आशाका साथ जारी छ ।

    त्यस्तै अर्काे प्रविधि छ, जुन अति सूक्ष्म तहमा उपकरणले काम गर्न सक्ने गरी डिजाइन गरिएको छ । यसमा रोबोटिक्सको प्रविधि ए.आई.मार्फत सञ्चालनमा ल्याएर मानिसको शरीरभित्र पठाएर चाहेअनुसारको काम गराइन्छ । यस्तो प्रविधिलाई नानो बायो टेक्नोलोजी भनिन्छ । नानो बायो टेक्नोलोजी प्रविधि पनि मानव शरीरलाई अमर बनाउन सकिन्छ कि भनेर गरिरहेको अर्को अनुसन्धान हो । रे कुर्जवेलले भविष्यमा जैविक अमरता दिलाउन सकिन्छ भनेर नानो टेक्नोलोजी जेनेटिक्स र रोबोटिक्सको उपयोग गरेर मानिसलाई अमर गराउन ल्याएका अवधारणा हो । यसमा नानोबोट्स (अन्यन्तै सानो रोबट – रक्त कोसिकाभन्दा लगभग १० गुणा सानो रोबर्ट)लाई शरीरभित्र पठाएर उपचार गर्न सकिने प्रविधि हुन सक्छ । यस प्रविधिको मेसिनबाट शरीरभित्र रहेर शरीरलाई बुढ्यौली हुनबाट रोक्न सक्ने औषधिको सिफारिस गरिन्छ । शरीरलाई आवश्यक औषधि दिन कम्युटर इन्टरफेसमार्फत उपकरण मानव शरीरमा जडान गरिन्छ । कुन तत्वका कारण बुढ्यौली हुन्छ भन्ने पत्ता लगाएर ती ती तत्वहरूको ताजगी जोगाउन आवश्यक खानपान वा प्रत्यक्ष औषधि वा केमिकल पठाएर यथास्थितिमा वर्षाैंवर्ष राख्न सफल हुने सिद्धान्त हो, उपचार विधि हो । यसो हुँदा मानिसमा बुढ्यौली नै आउन नदिनेसम्म गराउने यो प्रविधिमा अनुसन्धान गरिरहेका वैज्ञानिकहरूको दाबी छ ।

    यसरी आलेखको पहिलो खण्डमा भूनिर भनिएको क्राइनोजेनेटिक ट्रिगिङ गरेर भविष्यमा अमर बनाउन प्रविधि खोज्नुभन्दा पनि नानो रोवर्टिक प्रविधिबाट नै मानिसलाई बुढ्यौलीतिर जान रोकेर अमर गर्न सक्ने अवधारणा ल्याएका हुन् रे कुर्जनिलले । उनका अनुसार अहिले गरिरहेको प्रविधि विकासको चरणमा केही अवरोध नआएमा सन् २०३० सम्म यो प्रविधि न्यानो रोबर्टमार्फत काम गर्ने नानो बायोटेक्नोलोजी विकास गर्न सकिनेछ ।

    यस्तो प्रविधि विकासमा सफलता हुन सक्ने आधार अहिले चीनमा विकास गरिएको ए.आई. अस्पतालले देखाएको छ । चिनियाँ अस्पतालमा कसरी यसप्रकारका रोबोटिक संरचनामा ए.आई. डाक्टरले उपचार गर्न सक्छन् भन्ने आधारमा काम सुरु गरिसकेका छन् भन्ने कुरा हालसालै ग्लेबल टाइम्समा दिइएको एक अन्तवार्तामा शोधकर्ताले प्रस्तुत गरेका छन् ।


    सिन्ह्वा युनिभर्सिटी चाइनाको बेइजिङ सहरमा रहेको विश्वविद्यालय हो । यसमा विज्ञान, इन्जिनियरिङ, कानुन, मानविकि, चिकित्सा विज्ञान, साहित्य, इतिहास, अर्थशास्त्र, व्यवस्थापन, शिक्षाजस्ता संकायमा अध्यापन गराइन्छ । यो विश्वविद्यालय स्वास्थ्य क्षेत्रको विकासमा ए.आई. प्रविधि उपयोग गर्ने विश्वकै पहिलो भच्र्युअल अस्पताल बनिसकेको छ । यस अस्पतालमा देखिएको ए.आई. प्रविधि उपयोगले गुगलका पूर्वइन्जिनियर रे कुर्ज वेलको आशा पूरा हुन सक्ने आधार विकास हुँदै गएको देखिन्छ ।

    Source: #https://deshantarnews.com/2025/06/185329/

  • पूर्वीय दर्शनमा सञ्चार

    पूर्वीय दर्शनमा सञ्चार

    आफूले आफूभित्र, एक व्यक्तिबाट अर्काे व्यक्तिसम्म, व्यक्तिबाट समूह, समूहबाट अझै ठूलो समूहसम्म भाव, सन्देश, सूचना पुर्‍याउनुलाई हामी सञ्चार भन्न सक्दछौँ । वा भनौँ, एक स्थानदेखि अन्य स्थानसम्म सन्देश प्रवाह गर्नु नै सञ्चार हो । पूर्वीय दर्शनमा पनि यसको चर्चा पाइन्छ ।

    गीतासार अनुसार इन्द्रियलाई वशमा राख्ने व्यक्तिलाई सर्वश्रेष्ठ प्राणी मानिएको छ । विवेकलाई मनन गरी आत्माका विषयमा चिन्तन गर्न क्षमता राख्ने व्यक्तिले फरक दृष्टि राख्न सक्ने बताइएको छ । स्वस्थानी व्रत कथामा ध्यान दृष्टि र चाल पाउनुजस्ता शब्दमार्फत सञ्चारका केही सन्देश दिइएको छ ।

    ऋग्वेद, डामरतन्त्र, महाभारत, गीता र स्वस्थानी व्रत कथाजस्ता ग्रन्थमा इन्ट्रा पर्सनल कम्युनिकेसन, इन्टरपर्सनल कम्युनिकेसनका साथै मास कम्युनिकेसनका बारे वर्णन भेटिन्छन् । यहाँ आफूले आफैँलाई वा कसैले पनि अरू कसैलाई भावना वा सन्देश बुझ्ने गरी पु¥याउनु नै सञ्चार हो भन्ने बुझ्न सकिन्छ ।

    उदाहरणका लागि कसैको मनको इच्छा जानेर उसको इच्छाअनुसार बुझिदिनु वा ध्यान दृष्टिले विचार गरेर को कहाँ छ के गर्दै छ बुझ्न सक्नु वा अन्यत्र के भइरहेको चाल पाएर बुझ्नु वा आँखाको भौतिक क्षमताले देख्नेभन्दा देख्न नसक्ने वस्तु वा केहीलाई दिव्यदृष्टिबाट देखेर बुझ्नु वा तीन आयामबाट बुझ्ने ब्रह्माण्डभन्दा माथि परको सापेक्ष वा निरपेक्ष बुझाइ यी सबै नै सञ्चार हो ।

    ऋग्वेदमा ‘तद्धिष्णौः परम पद सदा पश्यन्ति सूरयः । दिवीव चक्षुराततम् ।।’ भनेर दिव्यदृष्टिलाई सञ्चारको एक माध्यम बताइएको छ । जो पवित्र देह र कर्म हुँदा स्वयंमा हुन सक्ने भन्ने आशय भेटिन्छ ।

    त्यस्तैः डामरतन्त्रमा मास त्रयं प्रयोगेण रोग दुःख विनाशकम् ।

    पञ्चमासाभ्या सतोदपि दिव्यदृष्टि सातुरः 

    भनेर दिव्यदृष्टिलाई सञ्चारको एक माध्यम, जो पवित्र कर्ममा रहँदा स्वयंमा हुन सक्ने भन्ने आशय भेटिन्छ ।

    डामरतन्त्रमा स्वयं मानिसबाट उत्पादन हुने वस्तुको नियन्त्रण मानिसको आहार–विहारबाट निर्धारण हुने र स्वयं उत्पादित वस्तुको अनुशासित सेवनबाट दिव्यदृष्टि हासिल हुने भनी मानिस आफैँलाई ट्रान्स्मिटर र रिसिभर भएको भनिएको छ ।

    महाभारतको भीष्म पर्वमा महर्षि व्यासले सञ्जयलाई दिव्यदृष्टि प्रदान गरेको र सोही दृष्टिबाट सञ्जयले युद्धमा भएका सबै दृश्य र श्रवणहरू, ध्वनि, संवाद, अस्त्र प्रहार राजदरबारबाटै प्रत्यक्ष देख्न सुन्न पाएको उल्लेख छ ।

    त्यस्तै, श्रीस्वस्थानी व्रतकथामा कैलाश पर्वतमा रहेका महादेवले चाल पाएको, स्तुतिबाट प्रसन्न भएका देवताहरूको मनको इच्छा जानेको साथै पार्वतीले ध्यान दृष्टिले विचार गरेर हेर्दा महादेव श्लेष्मान्तकमा किरातको रूप धारण गरेको थाहा पाएका जस्ता स्वयंकेन्द्रित सञ्चारका कुराहरू भेट्न सकिन्छ । 

    यी त भए पूर्वीय दर्शनमा भेटिएका केही अंश, तर यसपछि आजको विज्ञानले प्रमाणित हुँदा मात्र र फेरि–फेरि आममानिसले उपयोग गर्न सक्ने सिद्धान्तमा वैज्ञानिक मान्ने र भेटिएका बुझिएका सुमेरियन, अकाडाम, इजिप्सियन सिभिलाइजेसन अनि ८६८ सि.ई.मै प्रिन्टेड किताब डायमन्ड सूत्र ।

    यहाँ प्रश्न के मात्र हो भने इतिहासदेखि आस्थाका आधारमा संरक्षित ज्ञान र वेदलाई नै श्रवणमार्फतको ज्ञान मानेर भए पनि ज्ञानकै संरक्षण गरेको नेपाल, साम्भाला र भारत वर्ष गुटेनबर्ग, निकोला टेस्ला, न्युटनदेखि स्टेफेन हकिन्ससम्मले विज्ञानमाथि पुर्‍याएको अतुलनीय देनमा अंशियार होला कि नाइँ ? भारत त धर्म निरपेक्षतालाई नै आफ्नो स्वाधीनताको वर्षगाँठ महोत्सव मानिरहेकै छ भने साम्भाला मेरो भन्नेले पनि धर्म निरपेक्षता विकासको बाटो हो र त्यसपछि मात्र सांस्कृतिक र परम्परागत खोज भनिरहेको छ, यस्तो परिस्थितिमा के नेपालले सदैव अस्थिरता र अस्पष्ट रहिरहनुपर्ने हो ? केही सय वर्षअगाडिदेखि विज्ञान कसरी सञ्चारलाई बुझिरहेको छ र केके प्रविधि बुनिरहेको छ।

    Source: #https://deshantarnews.com/2025/07/185760/

  • आधुनिक विज्ञान

    आधुनिक विज्ञान

    ई. कुमार भट्टराई

    यस अघिका आलेखहरूमा मैले सनातन सम्यतादेखि हाल अवशेषमा रहेका पुराना मठ, मन्दिर, सहरहरू साथै ढुंगे लेखनलगायत मानव इतिहासमा करिब दुई मिलियन पुरानो होमो हयाबिलिस (Homo habilis)ले बनाएको उपकरणसम्मको चर्चा गरेँ । त्यस्तै पुरानो सभ्यता, सप्तऋषि सम्यतादेखि सिन्धुघाटी सम्यता, मेसोपोटामिया, प्राचीन मिश्र, प्राचीन चीन, वैदिक सभ्यतालगायतको चर्चा गरेँ । तत्तत् अवस्थामा जे जति विकास भएका भए पनि आज हामी ती पुराना सम्यता र विकाससँग तार मिलाउन सक्ने अवस्थामा पुगेका छैनौँ । यद्यपि भेटिएका तथ्य र प्रमाणका आधारमा अध्ययन सामग्री भने बनेका छन् । ५०० बी.सी.को एबाकसदेखि अहिलेको ए.आई.सम्म भने हामीलाई केही जानकारी छ ।

    १४४० सन गुटेनबर्गले बनाएको हाते प्रिन्टिङ प्रेसले ज्ञान आदानप्रदान र परिमार्जनका लागि धेरै सहयोग पुर्‍याएको थियो । कसैले भनेको पत्याइदिन पर्ने अवस्थाबाट विचार मन्थन गर्ने र आफ्ना भनाइ प्रकाशन गर्न सक्ने अवस्थामा पुर्‍याएको थियो । यद्यपि, सन् १५२० सम्म पानी जहाजहरूले झण्डा देखाउँदै सञ्चालन गर्नुपर्ने अवस्था थियो । डच प्रेसको विकास हुँदै धेरै ज्ञानका पुस्तकहरू सहज भेटिने सन् १५५० तिरको अभ्यासले आजको विज्ञानको सुरुवात गरायो भन्दा अतिशयोक्ति हुँदैन भन्ने लाग्छ । सन् १७९२तिर लाइन अफ साइटको अवधारणामा छावरहरू निर्माण हुन थालेका थिए । हुन त लाइटिङ रडको प्रयोगात्मक परीक्षण सन् १७५२ मा भए पनि सन् १८०० मा भोल्टाले डी.सी. करेन्ट उत्पादन गरे पछि सन् १८२१ मा मेकानिकल क्याल्कुलेटर विकास गरिन थाले । त्यसपछि पर–परसम्म सन्देश आदानप्रदान गर्ने आधार निर्माण भयो र टेलिग्राफ रिपिटरहरू बन्न थाले । विस्तारै देशभन्दा पारिसम्म सन्देश आदानप्रदानको अवस्थामा प्रविधि पुग्न सहयोग पुर्‍यायो ।

    अलेक्जेण्डर ग्रामवेलको पहिलो टेलिफोन निर्माणले रेकर्डिङ सिस्टमको आवश्यकता महसुस गरायो र यसै सिलसिलामा जब थोमस अल्वा अडिसनले विद्युत् सुरु गराए, त्यसको केही समयभित्र नै जर्मनीले वेच्च अटोमोबाइल विकासको काम थाल्यो । विस्तारै फ्लाट डिस्क रेकर्ड ग्रामोफोनजस्ता उपकरण विकास गरिए भने क्यामेरा, सिनेमेटोग्राफीजस्ता महत्वपूर्ण प्रविधि विकास हुन थाले । सन् १८९५मा पुग्दा निकोला टेस्लाले रेडियो वेभको बारेमा बताउन थाले भने मार्कोनीले सन १९०१ मा पुग्दा Transatlantic Signal पठाउन सफलता हासिल गरे । बीच सन् १९०२ मा एयर कन्डिसन, १९०३ का राइट ब्रदर्स्ले जहाजको परीक्षण सुरु गरिरहेका थिए । यसबाट सञ्चार मात्र नभएर मानिस द्रुत गतिमा फरक मौसम र फरक स्थानमा पुग्न सहजीकरण हुँदै थियो । भ्याकुम ट्वय AT&T, इमेज क्याप्चर गरेर ब्रोडकास्ट गर्ने प्रविधिलगायत टेलिभिजन प्रसारणसम्म विकास सन् १९२६ मै भइरहेको थियो । यसबाट Hearing loop, video tape Recorder, walkie talkie जस्ता उपकरण विकासमा आधुनिक विज्ञान पुग्न थाल्यो । सन् १९४६ सम्ममा त ENIAC हुँदै डिजिटल प्रविधि विकासको क्रम सुरु नै भइसकेको थियो । विस्तारै कम्प्युटर मात्र नभएर प्रिन्टर, कन्फरेन्स कल हुँदै स्याटलाइट कम्युनिकेसन र फाइबर अप्टिक्सको विकास हुन थाल्यो ।

    यसबाट सञ्चार सहज मात्र बन्दै थिएन, सञ्चारभित्र सुविधा थपिने क्रम बढ्दै थियो । स्लाइड सो गर्न प्रोजेक्टरजस्ता उपकरकण बन्दै थिए । झन् सन् १९६९मा पुग्दा DARPA/ARPANET जस्ता पकेट स्विचिङ र इन्टरनेटको विकासक्रमको सुरुवात नै भइसकेको थियो । इमेल पठाउने, बारकोड स्क्यान गर्ने पद्धति विकास हुँदै जापानले सन् १९५० को दशकमा मोबाइल कम्युनिकेसन नै विकास गर्‍यो । अनि जी.पी.एस स्याटलाईट, मोबाइल कम्युनिकेसन, टी.सी.पी.आई.पी हुँदै पावरप्वाइन्ट एच.टी. एम.एल. गर्दै अनलाइन ब्राउजिङमा हामी सन् १९९० मा पुग्यौँ । यसअघिका आलेखमा मैले इन्टरनेट विकासक्रमका बारेमा लेखिसकेको छु । इन्टरनेट विकासपश्चात् लाइभ स्ट्रिमिङ, भच्र्युअल टुर, थ्री.डी. जस्ता प्रविधि सन् २००० अगाडि नै विकास गरिए । त्यसपश्चात् सामाजिक सञ्जालको युग सुरु भयो ।

    सन १९९४ मा सर्वसाधारणका लागि इन्टरनेट खुल्ला गर्दा जीवनशैली सहज हुने गरी अनलाइन बुकिङ, प्लेटफर्म, स्मार्ट फोन, आइफोन र आइप्याडजस्ता उपकरणमार्फत इन्टरनेट चलाएर इन्ट्रिगेटेड इभेन्ट एप्स र फेस रिकग्नाइजेसनसम्म यति छिट्टै पुग्छौँ भन्ने सायद हामीमा अनुमान थिएन । तर सन् २०१७ मा फेस रिकग्नाइजेसनको प्रविधिको सुरुवातले हामीलाई एक वर्षभित्रै ए.आई, ओपन ए.आई. र जी.पी.टीसम्म पुर्‍याएको छ । अघिल्लो आलेखमा सन् २०१८ मा चलाउन पाइएको ए.आई र जीपीटीले सन् २०२५ सम्म पुग्दा कस्तो कस्तो विकासक्रममा पुर्‍यायो भन्ने चर्चा गर्नेछु ।

    Source: #https://deshantarnews.com/2025/08/187962/

  • ललितकलामा ‘एआई’को प्रयोग उपयोगी

    ललितकलामा ‘एआई’को प्रयोग उपयोगी

    नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कृत्रिम बौद्धिकता (एआई)को प्रयोग समयसापेक्ष रूपमा हुन जरुरी रहेको बताउनुभएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा बुधबार आयोजित ‘ललितकलामा एआई’ विषयक अन्तरक्रियामा उहाँले ‘एआई जेनेरेटेड’ कलाको पहिचान गर्ने मानक तयार गरी ललितकलामा पहिचान तथा स्थान दिन सकिने बताउनुभयो । 

    कुलपति हार्तम्छालीले ललितकलामा एआईको समयसापेक्ष उपयोग अपरिहार्य भएको उल्लेख गर्नुभयो । 

    प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले एआईलगायतका प्रविधिलाई अनुकूल प्रयोग गरेमा त्यसले सकारात्मक परिणाम दिने बताउनुभयो । समयअनुसार प्रविधिको विकासलाई ग्रहण गर्दै जानुपर्ने र यसले सिर्जनशील कलाकारहरूलाई थप मद्दत गर्ने उहाँको धारणा थियो ।

    त्यस अवसरमा लेखक÷पत्रकार अजय शर्माले एआई सो विषयमाथि प्रस्तुति दिँदै एआईको पृष्ठभूमि, विकास, ललितकलामा यसको प्रयोग र प्रभावका बारेमा प्रकाश पार्नुभएको थियो । शर्माको प्रस्तुितमाथि नेपाल ललितकला पत्रकार समाज (सोफाज) का अध्यक्ष केशवराज खनालले टिप्पणी गर्नुभएको थियो । उहाँले एआईको व्यापक प्रयोगले भविष्यमा आउन सक्ने चुनौतीबारे पनि समयमै सचेत हुनपर्ने  र एआई जेनेरेटेड कलालाई वर्गीकृत गर्न आवश्यक रहेको बताउनुभयो ।

    प्रतिष्ठानका बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगङ्गा दर्शनधारीले एआईको प्रयोग सही निर्देशनविना अर्थपूर्ण नरहने र सोका लागि विस्तृत ज्ञान आवश्यक रहेको बताउँदै विषयवस्तुको स्रोतबारे सचेत रहन आवश्यक रहेको धारणा राख्नुभयो ।

    कार्यक्रममा प्राज्ञ नरेन्द्रप्रसाद भण्डारी, प्राज्ञ मुकेश मल्ल, कलाकार दिवेशमान सिंह प्रधान, प्राज्ञ कृष्णराज सर्वहरि, रमेश दाहाल, पत्रकार सुनील पौडेललगायतले प्रस्तुतिका विषयमा आफ्ना विचार तथा जिज्ञासा राख्नुभएको थियो । समारोहमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पदाधिकारी, कलाकार, पत्रकारलगायतको सहभागिता रहेको थियो ।

  • विदेशमा रहेका नेपालीको सूचना सङ्कलन गर्न ‘श्रम संसार एप’ सञ्चालनमा

    विदेशमा रहेका नेपालीको सूचना सङ्कलन गर्न ‘श्रम संसार एप’ सञ्चालनमा

    काठमाडौँ, १२ असारः श्रम गन्तव्य मुलुकमा रहेका नेपालीको सूचना र विवरण सङ्कलन गर्ने उद्देश्य राखी संसारभरिका नेपाली डायस्पोराकै विवरण सङ्कलन गर्न सक्ने गरी निर्माण गरिएको ‘श्रम संसार एप’ आजदेखि सञ्चालानमा ल्याइएको छ ।

    परराष्ट्र मन्त्री डा आरजु राणा देउवा र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सो एपको परराष्ट्र मन्त्रालयबाट आज शुभारम्भ गर्नुभएको हो । उक्त एपमा विदेशमा रहेका नेपालीले आफ्नो विवरण दर्ता गराएपछि यसमार्फत् कहाँ, कुन अवस्थामा र कति सङ्ख्यामा नेपाली रहेका छन् भन्ने बारेको सूचना प्राप्त गर्न सम्बद्ध देशका नेपाली मिसन तथा परराष्ट्र एवम् श्रम मन्त्रालयलाई गर्न सहज हुनेछ ।

    यो विवरण प्राप्त भएपछि नेपाली नागरिक रहेका देशमा आवश्यक पर्ने कन्सुलर सेवा प्रदान गर्न तथा समस्यामा परेकाको तत्कालै उद्धार गर्नसमेत सहज हुनेछ । परराष्ट्र मन्त्री डा राणाले वैदेशिक रोजगारीका क्षेत्रमा रहेका कैयौँ नेपाली सूचना कै अभावका कारण ठगिएका, दुःख पाएका र विभिन्न समस्यामा परेका गुनासा मन्त्रालयमा आउने गरेकाले अब यो एप सञ्चालनमा आएपछि यसबाट प्राप्त विवरणका आधारमा उहाँहरुलाई कन्सुलर सेवा प्रदान गर्न सजिलो हुने बताउनुभयो । 

    साथै श्रम स्वीकृति बेगर नै श्रम गन्तव्य देशमा पुगेर काम गरिरहेकालाई पनि सम्बद्ध देशको नेपाली दूताबासबाटै श्रम स्वीकृति दिनेगरी ‘वैधानिकीकरण श्रम स्वीकृति’ प्रदान गर्ने निर्णय भएकाले उहाँहरुलाई सहज हुने मन्त्री डा राणाले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “विशेषगरी श्रम स्वीकृति बिना नै विभिन्न देशमा पुगेका र हाल त्यहाँ काम गरिरहेकाका लागि उहाँहरुको संरक्षण, सुरक्षाका लागि यो ‘वैधानिकीकरण श्रम स्वीकृति’को व्यवस्था सम्बन्धित दूताबासबाटै दिनेगरी व्यवस्था मिलाइएको हो । यसको अर्थ अवैध रूपमा जानेलाई प्रोत्साहन गरेको भने होइन ।”     

    मन्त्री डा राणाले मन्त्रालयले नेपाली डायस्पोराका समस्याको समाधानका लागि यसअघि पनि एक कार्यदल गठन गरी काम सुरु गरिएको जानकारी दिँदै पछिल्लो समयमा विशेष गरी श्रम गन्तव्यमा रहेका नेपालीका समस्या धेरै आउन थालेकाले उहाँहरुको अवस्था र समस्या बुझ्नका लागि यो एप सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।  

    श्रममन्त्री भण्डारीले आज सञ्चालनमा ल्याइएको एप र वैधानिकीकरण श्रम स्वीकृतिको यस व्यवस्थाले वैदेशिक रोजगारीका क्षेत्रमा ठूलो राहात प्रदान गर्ने बताउनुभयो । उहाँले नेपाली को कहाँ र कति छन् भन्ने जानकारी मात्र नभएर कागजबिहीन भएर बसेका, सम्बन्धित श्रम गन्तव्यमा जाँदा श्रम स्वीकृति नलिएका तथा अन्य विविध कारणले समस्यामा परेर आफूले पाउने आधारभूत सेवा सुविधाबाट पनि बञ्चित भएका नेपाली श्रमिकलाई यसले ठूलो सहायता प्रदान गर्ने उहाँको भनाइ थियो ।  

    परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा सञ्चालनमा ल्याइएको उक्त एज्ञपलाई सम्बद्ध देशका नेपाली राजदूताबासबाट अद्यावधिक गर्ने गरी व्यवस्था मिलाइएको छ । सो एपमा ती देशमा रहेका नेपालीले आफ्नो विवरण भने भर्नुपर्नेछ ।

  • गुगलको जेमिनी एआई आईफोनमा आउने भयो पक्का

    गुगलको जेमिनी एआई आईफोनमा आउने भयो पक्का

     गुगलका सीईओ सुन्दर पिचाईले गुगलको शक्तिशाली जेमिनी एआई आगामी दिनमा आइफोनमा पनि देख्न सकिने बताएका छन् ।

    उनीहरुले यस सम्बन्धमा एप्पलका सीईओ टिम कुकसँग वार्ता गरिरहेका छन् र सन् २०२५ को मध्यसम्ममा यो सम्झौता हुन सक्ने विश्वास गरिएको छ।

    यदि यसो भयो भने जेमिनी एआईको एकीकरण आईफोन, आईओएस १६ को अर्को सफ्टवेयर अपडेटमा हुन सक्छ। सुन्दर पिचाईले गुगल र अमेरिकी न्याय विभागबीच चलिरहेको सर्च एकाधिकार ट्रायलको क्रममा अदालतमा यो जानकारी दिएका हुन् ।

    यो सम्झौतापछि आइफोन प्रयोगकर्ताहरूले सिरीसँगै जेमिनी एआईको विकल्प पाउन सक्नेछन्। जसरी आईओएस १८.२ पछि सिरीमा च्याटजीपीटी सपोर्ट गरिएको छ, त्यसैगरी प्रयोगकर्ताले चाहेमा सिरीसँग कुरा गर्दा जेमिनी एआईबाट पनि जवाफ पाउन सक्नेछन् ।

    हाल, सिरीले आफैंले केही प्रश्नहरूको जवाफ दिन्छिन्, तर जब उनले जानकारी प्राप्त गर्दिनन्, उनले च्याट जिपिटीबाट मद्दत लिने गरेकी छिन् । जेमिनीको सुरुवात पछि प्रयोगकर्ताहरूसँग दुई विकल्पहरू हुनेछन् । च्याट जिपीटी र जेमिनी विशेष गरी लेखन उपकरण जस्ता सुविधाहरूका लागि उत्कृष्ट रहेका छन् ।

    हाल आईफोन प्रयोगकर्ताहरूले जेमिनी एप डाउनलोड गरेर मात्र गुगल एआई प्रयोग गर्न सक्छन् तर यो सम्झौता पछि जेमिनी सीधै आईफोनमा इनबिल्ट हुनेछ। यसको मतलब प्रयोगकर्ताहरूले एप डाउनलोड नगरी सिरी वा एप्पलका अन्य सुविधाहरूको साथ जेमिनी प्रयोग गर्न सक्षम हुनेछन्। एप्पलले पहिले नै भनेको छ कि यो एआई च्याटबटहरूको लागि बहु विकल्पहरू प्रदान गर्न चाहेको छ । 

    एप्पलले पनि सिरीलाई स्मार्ट बनाउने काम गरिरहेको छ। एक रिपोर्टका अनुसार सिरीलाई छिटो र राम्रो बनाउनको लागि भिजन प्रो हेडसेटको एआई टोलीमा सिरी इन्जिनियरहरूलाई स्थानान्तरण गरिएको छ। रिपोर्टहरू भन्छन् कि एप्पलले नयाँ एआई संस्करण सिरी २.० मा काम गरिरहेको छ तर यसको लन्च अहिलेको लागि स्थगित गरिएको छ।

    किनभने यदि गुगल र एप्पलबीच सम्झौता भयो भने सिरीमा जेमिनीको एकीकरणले एप्पलको यो प्रयासलाई अझ बलियो बनाउन सक्छ।
     

  • अन्तरिक्ष इन्टरनेटमा मस्कसँग टक्कर दिँदै अमेजन

    अन्तरिक्ष इन्टरनेटमा मस्कसँग टक्कर दिँदै अमेजन

    एलन मस्कको स्पेस एक्सलाई टक्कर दिँदै जेफ बेजोस नेतृत्वको अमेजनको इन्टरनेट स्याटलाइट पृथ्वीको कक्षबाट अन्तरिक्षमा गएको छ ।

    जसले अहिले तहल्का मच्चाएको छ । जसअनुसार अमेजनको पहिलो समूह भू उपग्रह सोमबार अन्तरिक्षको कक्षामा प्रवेश गरे पछि अहिले हलचल मच्चिएको छ। अमेजन अन्तरिक्ष सम्बन्धी बजारमा नयाँ नाम हो ।

    तर, अन्तरिक्षमा सोही परियोजनाका लागि ‘स्पेसएक्स’ का हजारौँ ‘स्टार लिङ्क’ हरू घुमिरहेका छन् ।

    युनाइटेड लन्च एलायन्सको एटलस बि रकेटले अमेजनको ‘प्रोजेक्ट कुइपर’ उपग्रह मध्ये २७ वटा अन्तरिक्षमा पुर्‍याइ सकेको छ। अन्तरिक्षको कक्षामा प्रक्षेपण गरेपछि उपग्रहहरू अन्ततः लगभग ६३० किलोमिटरको उचाइमा पुगेर बस्नेछन् । एटलस बि आफैँले पनि सन २०२३ मा दुई वटा परीक्षण उपग्रह प्रक्षेपण गरेको थियो।

    पछिल्लो संस्करणमा ठूला परिवर्तनहरू गरिएको आयोजना अधिकारीहरूले बताएका छन् । नवीनतम उपग्रहहरू खगोलविद्हरूको सुविधाको लागि सूर्यबाट परावर्तित प्रकाश छिराउन डिजाइन गरिएको ‘मिरर फिल्म’ सँग फिट गरिएका छन् ।

    ‘स्टारगेजर’ हरू भने अन्तरिक्षको कक्षमा उपग्रहहरूको द्रुत रूपमा बढ्दो सङ्ख्याको विरोध गरिरहेका छन् । तिनीहरू तर्क गरिरहेका छन् कि यी उपग्रहहरूले अवलोकनहरू बिगार्छन् र त्यहाँ उपग्रह टक्कर हुने सम्भावनाको ठूलो डर छ।

    जेफ बेजोसद्वारा स्थापना गरिएको अमेजनले विश्वभर छिटो किफायती ब्रोडब्यान्ड सेवा प्रदान गर्न कम्तीमा ३ हजार २०० भन्दा बढी उपग्रहहरूलाई कक्षमा राख्ने लक्ष्य राखेको छ। यद्यपि, बेजोस अहिले आफ्नै रकेट कम्पनी ‘ब्लु ओरिजिन’ सञ्चालन गरिरहेका छन्। 

    उता, एलन मस्कको ‘स्पेसएक्स’ ले सन् २०१९ देखि अहिलेसम्म ८,००० भन्दा बढी ‘स्टार लिङ्क’ लन्च गरिसकेको छ।  कम्पनीले गत आइतबार राति पनि आफ्नो २५० औँ स्टार लिङ्क सार्वजनिक गरेको थियो । समाचार अनुसार मस्कले ७००० भन्दा बढी स्टार लिङ्क अझै पनि पृथ्वी माथि लगभग ५५० किलोमिटर कक्षामा राखिरहेका छन् ।

    तर, अमेजनले भने उनको भन्दा एक सय किलोमिटर माथि राखेको हो। उनले चाँडै ३२ सय वटा भू उपग्रह अन्तरिक्षमा राख्नेछन् । जसले विश्वलाई इन्टरनेट सुविधा थप सहज बनाउने विश्वास गरिएको छ।

  • वालनट कोडिङ र सिङ्ह्वा विश्वविद्यालयबीच युवा कोडिङ शिक्षा प्रवर्द्धन गर्न साझेदारी

    वालनट कोडिङ र सिङ्ह्वा विश्वविद्यालयबीच युवा कोडिङ शिक्षा प्रवर्द्धन गर्न साझेदारी

    बेइजिङ ।  वालनट कोडिङ (Walnut Coding), युवा सिकाइका लागि अग्रणी अनलाइन कोडिङ शिक्षा प्रदायक, र सिङ्ह्वा विश्वविद्यालयको कम्प्युटर विज्ञान तथा प्रविधि विभागबीच युवा कोडिङ शिक्षा प्रवर्द्धन गर्न सहकार्य सम्झौता भएको छ।

    यस साझेदारीले कम्पनीको पाठ्यक्रम गुणस्तर सुधार गर्ने र नवीनतालाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ, जसले विद्यार्थीहरूलाई भविष्यका विज्ञान तथा प्रविधिका नेताहरूका रूपमा विकसित हुन आवश्यक सीप प्रदान गर्नेछ।

    यस साझेदारीमार्फत, सिङ्ह्वा विश्वविद्यालयको कम्प्युटर विज्ञान तथा प्रविधि विभागले वालनट कोडिङसँग मिलेर यसको पाठ्यक्रमको स्तरवृद्धि गर्नेछ। यस पहलले पाठ्यक्रम योजना, सामग्री विकास, र नवीन शिक्षण पद्धतिहरू समेट्नेछ, जसले विद्यार्थीहरूलाई केवल सैद्धान्तिक ज्ञान मात्र होइन, व्यावहारिक प्रयोग तथा समस्या समाधान क्षमतासमेत प्रदान गर्नेछ।

    नयाँ पाठ्यक्रमले समस्या समाधान क्षमताको अभिवृद्धि र सैद्धान्तिक ज्ञानलाई व्यवहारिकतासँग जोड्न विशेष जोड दिनेछ। सिङ्ह्वा विश्वविद्यालयको कम्प्युटर विज्ञानमा रहेको विशाल अनुभव र वालनट कोडिङको युवा कार्यक्रम सिकाइमा रहेको दक्षतालाई संयोजन गरेर, यस साझेदारीले कोडिङ पाठ्यक्रमलाई वैज्ञानिक दृष्टिकोण, व्यवस्थित संरचना, र व्यवहारिक प्रयोगका लागि उपयुक्त बनाउन मद्दत गर्नेछ। कार्यक्रम उद्योग मापदण्डहरूसँग मेल खाने गरी निर्माण गरिएको छ र विभिन्न उमेर समूहका विद्यार्थीहरूको सिकाइ आवश्यकताहरू पूरा गर्न अनुकूल बनाइएको छ।

    वालनट कोडिङका सह-संस्थापक वाङ युहाङले भने, “वालनट कोडिङ सधैं प्रविधिमार्फत शिक्षालाई प्रवर्द्धन गर्न प्रतिबद्ध छ। सिङ्ह्वासँगको हाम्रो सहकार्यले युवा कोडिङ शिक्षामा नवीनता ल्याउनेछ र प्रविधि विकासलाई निरन्तर सहयोग प्रदान गर्नेछ। हामी विश्वास गर्छौं कि यो साझेदारीले भविष्यका विज्ञान तथा प्रविधि नवाचारका नेताहरूलाई विकास गर्न मद्दत गर्नेछ।”

    यस साझेदारीले सरकारले हालै प्रस्तुत गरेको शिक्षा सुधारसम्बन्धी नयाँ रूपरेखासँग पनि मेल खान्छ। उक्त रूपरेखाले प्राथमिक तथा माध्यमिक विद्यालयमा वैज्ञानिक शिक्षा सुदृढ गर्ने, नवाचार प्रवर्द्धन गर्ने, र विज्ञान तथा कृत्रिम बुद्धिमत्ता (AI) शिक्षाका लागि नयाँ संरचना निर्माण गर्ने आवश्यकतामा जोड दिन्छ।

    यस सहयोगमार्फत, दुबै पक्षले आफ्ना स्रोतसाधन तथा विशेषज्ञता मिलाएर युवा कोडिङ शिक्षालाई अझ व्यवस्थित, प्रभावकारी, र प्रविधिमैत्री बनाउने प्रयास गर्नेछन्। यसले सम्पूर्ण युवा कोडिङ शिक्षाको स्तरवृद्धि गर्न योगदान दिनेछ।

    सिङ्ह्वा विश्वविद्यालयको कम्प्युटर विज्ञान तथा प्रविधि विभागबारे

    सिङ्ह्वा विश्वविद्यालयको कम्प्युटर विज्ञान तथा प्रविधि विभाग सन् १९५८ मा स्थापना गरिएको थियो। ६० भन्दा बढी वर्षको विकासपछि, यो विभाग विश्वभर कम्प्युटर विज्ञानका क्षेत्रमा अत्यधिक प्रभावशाली बनेको छ। यसले चीनको कम्प्युटर उद्योगको विकास र राष्ट्रिय अर्थतन्त्र निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको छ।

    वालनट कोडिङबारे

    वालनट कोडिङ चीनमा कोडिङ शिक्षाको अग्रणी कम्पनी हो। सन् २०१७ मा स्थापना भएको यस कम्पनीले Scratch, Python, र C++ जस्ता विभिन्न विषय समेट्ने रोचक तथा अन्तरक्रियात्मक कोडिङ सिकाइ पाठ्यक्रमहरू प्रदान गर्दछ। वालनट कोडिङका पाठ्यक्रमहरूले अनुकूलन योग्य सफ्टवेयर, स्पष्ट सिकाइ लक्ष्य, र व्यक्तिगत मार्गदर्शन प्रदान गर्छन्। फेब्रुअरी २०२४ सम्म, वालनट कोडिङसँग ७.२ मिलियन भुक्तानी गर्ने प्रयोगकर्ताहरू थिए।

  • चन्द्रयानः३ को नयाँ खोज, चन्द्रमाको उमेर ३.७ अर्ब वर्ष

    चन्द्रयानः३ को नयाँ खोज, चन्द्रमाको उमेर ३.७ अर्ब वर्ष

    काठमाडौं, २९ माघ । भारतले भर्खरै अर्को इतिहास रचेको थियो, जो चन्द्रयान–३ को सफल अवतरण भएको थियो ।

    यसपछि भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का वैज्ञानिकहरूले गरेको अनुसन्धानले चन्द्रयान–३ अवतरण गरेको चन्द्रमाको उमेर ३.७ अर्ब वर्ष रहेको खुलासा गरेको छ ।

    इशोरोको भौतिक अनुसन्धान प्रयोगशाला, अहमदाबादका वैज्ञानिकहरूको टोलीले चन्द्रयानः३ अवतरण साइट पत्ता लगाए, जसलाई अब शिव शक्ति बिन्दु 
    नामाकरण गरिएको छ । यस साइटमा एक रूपात्मक र टोपोग्राफिक विश्लेषण गरिएको थियो।

    भारतले अगस्ट २३, २०२३ मा इतिहास रचेको हो । भारत चन्द्रमाको दक्षिणी ध्रुवमा सफ्ट ल्याण्डिङ गर्ने विश्वको पहिलो देश बनेको छ । चन्द्रयान–३ मा विक्रम ल्यान्डर भित्र बोकेको प्रज्ञान रोभरले प्राप्त गरेको डाटाको सहयोगमा भारतीय वैज्ञानिकहरूले चन्द्रमाको विकासको बारेमा नयाँ खुलासा गरि रहेका नै छन् ।

    पिआरएल वैज्ञानिकहरूले शिव शक्ति नजिकै चन्द्र सतहबाट क्रेटर र चट्टान वितरण डेटा सङ्कलन गर्न लुनार रिकोनेसन्स अर्बिटर वाइड एंगल क्यामेरा र टेरेन क्यामेराजस्ता इमेजिङ प्रविधिहरू प्रयोग गरेका थिए । यसपछि पनि यस्तै अनुसन्धान भइरहेको छ ।

    यस अनुसन्धानमा लुनार रिकनसेन्स अर्बिटर (एलआरओ) को वाइड एंगल क्यामेरा र टेरेन क्यामेरा प्रयोग गरी क्रेटर र चट्टानहरूको अध्ययन गरिएको थियो।  जसमध्ये ५० क्रेटरहरू (५००–११५०) मिटर व्यास) को विश्लेषण गरेर अवतरण भएको क्षेत्रको उमेर ३.७ बिलियन वर्ष मापन गरिएको हो । नजिकैको असहज भूभाग र उच्च राहत मिल्ने चिल्लो मैदानमा २३ र ५ क्रेटरको अध्ययनले पनि सोही उमेरको पुष्टि गरेको इशरोले जनाएको छ ।

    इसरोका वैज्ञानिकहरूका अनुसार माइक्रो– मेटियोराइट बमबारी र थर्मल उतार चढावका कारण चन्द्रमाको सतह परिवर्तन भइरहन्छ। लाखौं वर्षमा यी चट्टानहरू भत्केका छन् र रेगोलिथमा परिणत भएका छन्।

    यस क्षेत्रमा ‘स्पेस वेदरिङ’ को प्रभाव अपेक्षित भन्दा कम थियो, यसले यो क्रेटर अपेक्षाकृत जवान हुन सक्छ भनेर संकेत गर्दछ। ९.१ प्रतिशत (५७६४ मध्ये ५६५) चट्टानहरू ५ मिटर भन्दा लामो थिए र यी ४२८ वटा चट्टानहरू यस ताजा क्रेटरको नजिक फेला परेका थिए। साथै, अवतरण क्षेत्रका दुई ठूला चट्टानहरू १७ मिटरभन्दा लामो रहेको यस ताजा क्रेटरको नजिक देखिएका थिए।